नेप्से ६ अंकले बढ्दा नेपाल बैंकको ८ करोड बढीको सेयर कारोबार

काठमाडौं । बजारमा नेप्से परिसूचक ६.६७ अंकले उकालो लागेर ११७७.४६ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सोमबारको बजारमा कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । सो दिन १४८ कम्पनीको ३० करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको छ । त्यस्तै, एनसीसी बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको एक करोड बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जीवन बीमा समूहकोे सूचक ९२ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ८२, होटल १७ र माइक्रोफाइनान्स ११ अंकले बढेका छन् भने बाँकी समूह सामान्य एकल अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूह क्रमशः १२ र ०.०४ अंकले घटेका छन् ।

जोशी हाइड्रोपावरको ३७ लाख कित्ता आईपीओ सूचिकृत

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

आइतबारको सेयर बजार ७ अंकले घट्यो, अन्य बाहेक सबै समूह राताम्मे

काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ । बजारमा कुल १० समूह करोबारमा आएका छन् । जसमध्ये अन्य समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७९ अंकले घटेको छ । अन्य समूह भने ९.५४ अंकले उकालो लागेको छ । सो दिन कुल १५६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा एनसीसी बैंकको ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।