नेप्से १२ अंकले घट्दा माछापुच्छ्रे बैंकको सबैभन्दा बढी कारोबार, अधिकांश समूह राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक १२.०५ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से १.०६ प्रतिशतले घटेर ११२७.५३ अंकमा अडेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ रहेको छ । जुन पछिल्लो कारोबारको तुलनामा आइतबार प्रतिकित्ता २ रुपैयाँले बढेको हो । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः एक करोड ३९ लाख र एक करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६० कम्पनीको कारोबार भएको आइतबारको बजारमा २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका १० समूहहरु मध्ये अधिकांश समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६० अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ११०, हाइड्रोपावर २६, विकास बैंक १४ र अन्य बाँकी समूह एकल अंकले ओरालो लागेका छन् । होटल समूह भने ११.६८ अंकले उकालो लागेको छ ।

६५ प्रतिशत हकप्रद पछि नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको आइतबारको सेयर बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । आइतबार प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भएको छ ।

उन्नति माइक्रोफाइनान्सले फागुन १३ गतेदेखि हकप्रद बिक्री गर्दै, पुँजी साढे ६ करोड नाघ्ने

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि २० प्रतिशत(अर्थात ५ बराबर १ को अनुपातमा) हकप्रद सेयरको निष्काशन खुला गर्ने भएको छ । संस्थाले आगामी फागुन १३ गतेदेखि १०० अंकित दरको एक लाख १० हजार कित्ता सेयरको बिक्री खुला गर्दै छ । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी चैत १७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ । हाल संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । ५ करोड ५० लाख रहेको संस्थाको चुक्ता पुँजी हकप्रद पछि ६ करोड ६० लाख रुपैयाँ नाघ्ने छ ।