बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

काठमाडौं ।  नियमित तीन बजे बन्द हुने सेयर बजार बुधबार भने तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ । सो दिन ब्रोकरहरुले कारोबार गर्न लगइन गर्ने ब्रोकर प्रणाली(टीएमएस)मा समस्या देखिएकाले उक्त समस्या देखिएको हो । बुधबार पौने २ बजेदेखि ब्रोकर प्रणालीमा समस्या देखिएको हो । टीएमएस होस्टिंग भएको डाटा सेन्टरको राउटर/फाइरवालमा समस्या आएको जसले गर्दा ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले नेप्सेमा कारोबार नभएको नेप्सेले जनाएको छ । उक्त समस्या देखिएको करिब एक घण्टापछि केही छिन अपडेट भएकाे बजार पुनः २ बजेर ५३ मिनेटपछिकाे काराेबारमा समस्या देखिएकाे छ । उक्त समस्याले गर्दा नियमित तीन बजे बन्द हुने बजार बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै देखिएको छ ।

बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्सको बोनस सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा थपिएको हो । सो मध्ये बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हनार २७० कित्ता बोनस नेप्सेम थपिएको हो ।

नयाँ लगानीकर्तालाई डुबायो शिवम् र यूनिभर्सलले

शिवम् र यूनिभर्सलको आइतबारदेखि मंगलबारसम्मको चार्ट काठमाडौं । शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनीका नयाँ लगानीकर्ताले तीन दिनमै उच्च रकम गुमाएका छन् । दोश्रो बजारमा कारोबार शुरु भएको लगातार तेस्रो दिन  अर्थात मंगलबारसम्म शिवमका लगानीकर्ताले प्रतिकित्ता १२४ रुपैयाँ र यूनिभर्सलका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ गुमाएका छन् । गत आईतबार प्रतिकित्ता ४६४ रुपैयाँदेखि कारोबार शुरु भएको शिवमकाे सेयर मूल्य मंगलबारसम्म घटेर ३४० रुपैयाँमा झरेको छ । त्यस्तै, यूनिभर्सलको पनि प्रतिकित्ता ३०० रुपैयाँदेखि कारोबार भएको थियो । मंगलबार घटेर प्रतिकित्ता २१९ रुपैयाँमा झरेको छ । लगातार तीन दिनकै कारोबारमा दुबै कम्पनीको सेयर बेच्नेको चाप देखिएको थियो तर सेयर किन्न इच्छुक लगानीकर्ता कोही थिएनन् । जसले आगामी दिनमा यी दुबै कम्पनीको सेयर मूल्य अझ घट्ने संकेत देखाएको छ । आइतबारदेखि मंगबारसम्म शिवमको कुल १९ लाख ४५ हजार ३७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्मको कुल ५७ वटा कारोबारमा ४ हजार ५१० कित्ता सेयर बिक्री भएको छ । त्यस्तै, यूनिभर्सल पावरको पनि तीनदिनमा कूल एक लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कुल २७ पटक भएको कारोबारमा ७६० कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा हालै मात्र सूचिकृत यी दुबै यस्ता कम्पनी हुन् जसको आईपीओमा लगानीकर्ताले जति आवेदन दिएका थिए त्यतिनै पाएका थिए । सेयर मूल्यमा उच्च रकमको गिरावट देखिएपनि आजको दिनसम्म यी दुबै कम्पनीका लगानीकर्ता घाटामा छैनन् । यद्दपी अझैपनि कम्पनीको सेयर मूल्य आईपीओको मूल्यभन्दा घट्ने हो की भन्ने त्रास चै नयाँ लगानीकर्तामा देखिएको छ । नयाँ लगानीकर्ता जसले आईपीओमा लगानी गर्दा डुब्दैन भन्ने विश्वासले लगानी गरेका थिए तिनीहरुको लगानी डुब्नेवालामा छ ।