अब थाेरै पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्छन्: अर्थमन्त्री डा. खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सानो पुँजी भएकाहरु पनि लाखौं सम्पत्तिका मालिक बन्न सक्ने बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले नेपालीहरुसँग थोरै पुँजी भएपनि कुनै न कुनै माध्यमबाट सम्पत्तिको मालिक बन्न सक्ने व्यवस्था गरिएको बताएका हुन् । उक्त विधेयकमा साना लगानीकर्ता तथा पुँजी भएकाहरुलाई पनि उचित लगानीको प्रवन्द्द गरी र कुनै कुनै माध्यमको प्रयोग गरी मालिक बन्न सक्ने व्यवस्था गरेको बताएका हुन् । ‘केही समय अघिदेखि जलविद्युतका क्षेत्रमा हजारौको संख्यामा सेयर सहभागिता हुदैँ आएको छ’ त्यहाँ थोरै आयस्तर भएका व्यक्तिले पनि सेयर किन्ने व्यवस्था गरिएको छ,लघुवित्तसस्थाबाटै कर्जा लिएर भएपनि सेयर किन्न सकिने व्यवस्था गरिएको छ’, उनले भने । उनले आफैले ठुलो जोखिम लिन नसक्ने, उद्योग नै खोल्न नसक्ने तर जोखिममा कुनै न कुनै रुपमा सहभागी हुन्छु भन्ने चाहने साना मझौला बचतकर्ताहरुको लागि पनि पूँजी बजार उपयुक्त माध्यम भएको बताए । उनले जोखिम लिन नचाहनेको लागि सामुहिक लगानी कोष आएको भन्दै सेयरको सुनिश्चतता पनि यसै धितोपत्र ऐन र नियमावलीमा व्यवस्था गरिएको बताए । यस्तै, उनले सेयर बजार कोरोनाको कारण घटेको बताए । सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्ने उनके धारणा थियो । उनले नियमनलाई बजारको सिद्धान्त अनुसार, धितोपत्र बजारलाई प्रतिस्पर्धात्मक, पारदर्शी र कानून ल्याउदै नियामक निकायको भूमिकालाई बलियो बनाउने बताए ।
संसदमा सांसदका सवालः सेयर बजारमा कालोबजारी बढ्नेदेखि नेप्से बन्द गर्नेसम्म
काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको बताएका छन् । उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेको र यो उत्पादनमूलक पनि नभएकोले यसलाई बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायो, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, यो उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । यस्तै, धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिँदै सांसद गजेन्द्र महतले पनि सेयर बजारमा कालोबजारी बढेको बताए । उनले सेयर बजारमा कालोधन बढ्दै गएकोले पनि पछिल्लो समय घट्दै गएको बताए । ‘बजारमा कालोबजारीका कारण सेयर बजार बढ्न सकेन, यसमा धेरै चलखेल भएको छ, यो प्रवृतिलाई रोक्नु पर्छ’, उनले भने । बुधबार उकालो लागेको बजार बिहीबार काराेबार शुरू भएदेखि निरन्तर घटेको छ । १४२४ अंकदेखि कारोबार शुरु भएको बजार घटेर न्युनतम १३८४ अंक सम्ममा झरेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
सेयर बजार उत्पादनमूलक भएन, बन्द गरौंः सांसद सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायाे, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, याे उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै उनले साे कुरा बताएका हुन् ।