पूर्ण अनलाईनमा जाँदै नेप्से, लगानीकर्तालाई दियाे यस्ताे निर्देशन
काठमाडौं । नेप्सेले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालन गर्ने तयारी गरेको छ। नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई मंगलबार एक सूचना जारी गर्दै धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ। धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि लगानीकर्ताहरुले नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपिएस, तोकिएको क्लियरिङ्ग बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सक्ने नेप्सेले जनाएको छ। [pdf id=222514]
सेयर बजार सुधारको लागि अघि बढ्यो धितोपत्र बोर्ड, राष्ट्र बैंक समक्ष राख्यो ४ बुँदे माग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न ४ बुँदे माग पेश गरेको छ । विकासन्युजसँग कुरा गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बजारमा राहतको लागि यी काम गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको बताएका हुन् । यस्ता छन् मागः बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार ब्रोकरको मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन माग गरिएकाे छ । सिलिङ भित्रको कर्जा/सेयर धिताे कर्जाको स्वतः नविकरण गरिदिन बाेर्डकाे माग रहेकाे छ । त्यस्तै, विद्युतीय कारोबारमा १० लाख रुपैयाँको सीमा रहेको छ । जुन सीमा हटाउन राष्ट्र बैंकलाई पत्राचार गरेकाे छ । साथै, ब्रोकरलाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कम व्याजदर हुने व्यवस्था गराउन माग गरेको अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् ।
हिमालयन क्यापिटलकाे अनलाइनबाटै डिम्याट र मेरो शेयर खाता
काठमाडाैं । हिमालयन क्यापिटल ले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ । शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा साथै २०७७ असारमसान्त सम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएकाे छ । हिमालयन क्यापिटलले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवामार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुँजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आइरहेको छ । नेपाल धितोपत्र बोर्डको २०७७ साल बैशाख २६ गतेको निर्देशानुसार २०७७ श्रावण देखि अनिवार्य रुपमा विद्युुतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने निर्णय गरेअनुसार हिमालयन क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयर कारोबार गर्न अनलाइनमार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको हो । डिम्याट तथा मेरो शेयर खातासँगै हिमालयन क्यापिटलले पुँजी बजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूती र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको छ ।