नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । बिहीबारको सेयर बजार पनि दोहोरो अंकले उकालो लागेको छ । साताको शुरुवाती चरणदेखि नै निरन्तर उकालो लागेको बजार आज अन्तिम दिन पनि १३ अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढी हो । बुधबारको तुलनामा बिहीबारको बजारमा परिसूचकमा सुधार देखिए पनि कारोेबार रकम भने घटेको छ । बुधबार ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने जम्मा ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार २२२ कम्पनीका कारोबारमा आएका थिए । जसको कूल ९२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका कम्पनीमध्ये नेशनल हाइड्रोपावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन २९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४३४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६.३७ प्रतिशत अर्थात २६ रुपैयाँले बढी हो । त्यस्तै, बुधबार उच्च कारोबारको अग्रस्थानमा रहेको नबिल बैंक आज दोश्रो स्थानमा झरेको छ । बैंकको कूल २२ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता १५९८ रुपैयाँमा झरेको छ । बिहीबार रिडी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७९७.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.५० रुपैयाँले बढी हो । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.२४, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८.५७ र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२५ प्रतिशतले बढेको छ । बजारमा एनएमबी हाईब्रिड फण्ड एल वानको इकाई मूल्य सबैभन्दा बढी अर्थात ३.१८ प्रतिशतले घटेर प्रतिइकाई ११.५६ रुपैयाँ पुगेको छ । बजारमा केही समूह बढेका छन् भने केही घटेका छन् । बढ्नेमा माइक्रोफाइनान्स समूह सबैभन्दा बढी अर्थात १३० अंकले बढेको छ भने घट्नेमा जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ८७ अंकले घटेको छ ।

साहस उर्जा र तेह्रथुम पावरको आईपीओ सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । साहस उर्जा र तेह्रथुम पावर कम्पनीको सेयर एकैदिन सूचीकृत भएको छ । दुबैले साधारण सेयर सूचीकरण गर्ने सम्झौता गरेसँगै दुबै कम्पनीको सेयर कार्त्तिक ११ गते नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । जसमध्ये साहस उर्जाको कूल ३ करोड ५० लाख कित्ता र तेह्रथुम पावरको कूल ४० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । यससँगै, दुबै कम्पनीको सेयर कार्त्तिक १४ गते आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । यससँगै, दुबै कम्पनीको सेयर कार्त्तिक १४ गते आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले दुबै कम्पनीको रेञ्ज तोकिदिएको छ । जसमध्ये साहस उर्जाको पहिलो कारोबार न्यूनतम १३५.११ र अधिकतम ४०५.३३ रुपैयाँसम्ममा गर्न पाइने छ । दोश्रो बजारमा कारोबारको लागि नेप्सेले साहस उर्जाको स्टक सिम्बोल ‘एसएएचएएस’ तोकिदिएको छ । त्यस्तै, तेह्रथुम पावरको ओपनिङ्ग रेञ्ज न्यूनतम ८४.७४ रुपैयाँ र अधिकतम २५४.२२ रुपैयाँ तोकिएको छ । यससँगै लगानीकर्ताले उक्त रेञ्ज भित्र रहेर कम्पनीको स्टक सिम्बोल ‘टीपीसी’बाट पहिलो कारोबार गर्न पाउने छन् । तेह्रथुम पावरको सेयर सूचीकरण सम्बन्धी सम्झौता पत्रमा तेह्थुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल स्टक एक्स्चेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार तेह्थुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भइ कारोबार योग्य भएको छ । कम्पनीले सर्वसाधारणको लागी २०७८ भदौ ९ गते देखी १३ गतेसम्म सर्वसाधारणको लागी सेयर जारी गरेको थियो । उक्त कम्पनीको सेयर रजिष्ट्रारको रुपमा कम्पनीले नेपाल बंगलादेश क्यापिटल रहेको छ । नेपाल बंगलादेश क्यापिटलले तेह्थुम पावर कम्पनीको सेयरहरु धितोपत्र बजार मार्फत खरिद विक्री, विनिमय, दाखील खारेज नामसारी रोक्का फुकुवा लगायत सेयर रजिष्ट्रेसन सम्वन्धी सम्पूर्ण सेवा प्रदान गर्ने छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त नेपाल बंगलादेश क्यापिटलले सेयर रजिष्ट्रार लगायत सेयर प्रत्याभूति, संस्थागत परामर्स सेवा, लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्धक तथा डिम्याट सम्बन्धी सम्पूर्ण सेवा दिने गरेको छ । यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने यो नेपाल बंगलादेश बैकको शतप्रतिशत लगानी स्थापित भएको संस्था हो ।

लाभांश पारित गर्न गुराँस लाइफले डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई कूल ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५००६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्त्तिक २२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने