मौद्रिक नीति अघिको बजार २४ अंकले बढ्यो

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजार २४.५७ अंक बढेको छ । सोमबार २६ अंकले घटेको बजार आज उकालो लागेको हो । यससँगै बजार २६५१.६८ विन्दुमा उक्लिएको छ ।

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

कारोबारतर्फ ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटकमा किनबेच भएको छ ।

कंलगा हाइड्रो, आरबीबी फोकस फन्ड, सनिगाड हाइड्रो, उपकार लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनी उच्च कमाउनेमा परेका छन् ।

धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट रहेका छन् ।

समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् ।

बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढे ।  त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढेका छन्  ।

आज राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । 

Share News