सिटिजन्स बैंकको साधारण सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ९१ लाख ४८ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सिर्जना फाईनान्सलाई प्राप्ति पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । बैंकले सिर्जना फाइनान्सलाई १ बराबर ०.९५ को अनुपातमा प्राप्ति गरेको हो । प्राप्ति प्रश्चात हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर कार्त्तिक १२ गते नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर आगामी आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । यसअघि संस्थाको १३ करोड १६ लाख ७९ हजार ६०० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ ।

एनएमबि लघुवित्तले घोषणा गर्यो तीन वर्ष यताकै उच्च लाभांश

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २१.५० प्रतिशत बोनस र १.१३ प्रतिशत नगद गरी कूल २२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ । २१.५० प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ६५ करोड ६० लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित २२.६३ प्रतिशत लाभांश गत तीन वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७५/७६मा १२.६३ र आर्थिक वर्ष २०७४/७५ मा १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एनएमबि लघुवित्तको सेयर रजिष्टारमा एनएमबि क्यापिटल र सञ्चालकमा पाठक पुनः नियुक्त

काठमाडौं । एनएमबि लघुवित्तको सेयर रजिष्टारमा पुनः एनएमबि क्यापिटल नियुक्त भएको छ । कार्त्तिक ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सेयर रजिष्टारमा एनएमबि क्यापिटललाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । त्यस्तै, सोहि बैठकले संस्थाको सञ्चालकमा पुनः रोमणीप्रसाद पाठकलाई नियुक्त गरेको छ । पाठकले एनएमबि बैंकबाट यो लघुवित्तमा प्रतिनिधित्व गर्दै आएका छन् ।