ज्योति लाइफ इन्स्योरेन्सले साढे १० प्रतिशत लाभांश दिने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कार्त्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लागू हुने छ ।

नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३८०.१८ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३८०.१८ रुपैयाँबाटै शुरु भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४२५.८० रुपैयाँमा भएको थियो ।

सानिमा बैंकको १७ प्रतिशत लाभांश पारित, सञ्चालकमा तीन जना निर्वाचित

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १७.८९४७ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक १४ गते आइतबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने छन् । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । त्यस्तै, संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य १७औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जसमध्ये तुकप्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका छन् । बैंकले कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाइ सेयरधनीहरुको उपस्थितिमा सभा सम्पन्न गरेको हो । साथै, अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६० अर्ब ७५ करोड, कुल निक्षेप १३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १२३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।