कसमस डेभलपमेन्ट बैंकको साधारणसभा पुस २७ गते, १५ गतेदेखि बुक क्लोज
काठमाडौं, ७ पुस । कसमस डेभलपमेन्ट बैंकले आगामी पुस २७ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि पुस १५ गतेदेखि पुस २७ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ११ दशमलब ८ प्रतिशत बोनस सेयर दिने बैठकको निर्णयलाई पारित गर्न साधारणसभा बोलाएको छ । सभाले बैंकको निर्णयलाई पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
अरुण कावेलीको साधारण सेयर बाँडफाँड, ३५ हजारसम्मको आवेदन दिनेलाई गोलाप्रथाबाट
काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर बाँडफाड गरेको छ । मंगलबार दिउसो सेयर विक्रि प्रबन्धक रहेको सिद्धार्थ क्यापिटलले कम्पनीको थापाथलीस्थित कार्यालयमा बसेर सारधारण सेयर बाँडफाड गरेको हो । ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ ।गोलाप्रथाबाट पाएका व्यक्तिहरुले १३ कित्ता पाएका छन् । र ५० हजारसम्मको सेयर आवेदन दिनेलाई २.६७ प्रतिशतले सेयर बाँडफाँड गरिएको छ । त्यस्तै ५० हजार भन्दा माथिको सेयर आवेदन भर्नेलाई १.९७ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक ९ गते ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण शेयर निस्कासन गरेको थियो । १२ अर्ब ६३ करोड रुपैंया बराबरको सेयर आवेदन परेको थियो । ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
नेप्से परिसूचक १४ सयमा झर्यो, ६८ करोडको सेयर कारोबार
काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १११.३५ अंकले घटेको छ । अन्य समूहको २.६ अंकले बढेको छ भने बाँकीको दोहोरो अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको २८ करोड रुपैयाँको सेयर काराृेबार भएको छ । उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार १९० रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।