सिनर्जी पावरको साधारण सेयर आजबाट खुला, पुस १२ गतेसम्म आवदेन दिन पाइने
काठमाडौं, ८ पुस । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयर आजबाट बिक्री खुला भएको छ । यस कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्ब साधारणको लागि निश्काशन गरेको हो । उक्त सेयर पुस ८ गतेदेखि १२ गतेसम्म आवदेन दिन पाइने सो संस्थाले जनाएको छ । नक्सालमा कार्यालय रहेको यस कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
धितोपत्र बोर्डद्धारा ११ वटा बैंकलाई आस्वा प्रणालीमा सहभागी हुने अनुमति
काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् । बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । बोर्डले आगामी माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली आस्वा लागू गर्देछ ।
देव: विकास बैंकको वार्षिक साधारणसभा पुस २९ गते, १८ गतेदेखि बुक क्लोज
काठमाडौं, ८ पुस । देव: विकास बैंकको १०औं वार्षिक साधारणसभा यही पुस २९ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बैंकको बुक क्लोज रहने बैंकले जनाएको छ । बैंकको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो । सो दिन बैंकले सेयरधनीलाई हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजादैछ ।