स्टान्डर्ड चार्टर्ड बैंकको ३३.३३ प्रतिशत बोनस र ३ अर्व ३० करोडको एफपीओ पास
काठमाडौं, १ पुस । स्टान्डर्ड चार्टड बैंकले ३ अर्व ३० करोड बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । बैंकको विहीबार सम्पन्न ३० औ बार्षिक साधारणसभाले सो रकम बराबरको एफपीओ जारी गर्ने निर्णय गरेको हो । बैंकले ८ अर्व चुक्ता पुँजी पुर्याउनका लागि प्रिमियम मूल्य एफपीओ जारी गर्ने निर्णय गरेको हो । सो साधारणसभाले एफपीओ जारी गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । यस्तै साधारणसभाले गत आवको नाफाबाट ३३.३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७५ प्रतिशत नगद लाभांस बाड्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर र एफिपिओपछि बैंकको पुँजी ८ अर्वभन्दा बढी हुने बताइएको छ । बैंकमा ७५ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड ग्रुपकाे र २५ प्रतिशत सर्वसाधारणको रहेको छ । एफपीओ जारी पछि साधारण सेयर स्वामित्व पनि बढ्ने बैंकले जनाएको छ ।
बिहीबार मात्रै एक करोड ६१ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत
काठमाडौं, ३० मंसिर । बिहीबार मात्रै एक करोड ६१ लाख ९६ हजार ५५८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सेञ्चुरी कमर्सियल बैंकको ८४ लाख ८२ हजार २ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सोही दिन मेगा बैंक नेपालको ७७ लाख १४ हजार ५५६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । यी दुई संस्थाको गरि सो मात्रामा सेयर सूचिकृत भएको छ ।
कञ्चन डेभलपमेन्टको नौ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासन, पुस १८ देखि माग २३ सम्म आवेदन दिन पाइने
काठमाडौं ३०, मंसिर । कञ्चन डेभलपमेन्ट बैंकले प्रति सेयर एक सय रुपैयाँ अंकित नौ लाख ९० हजार कित्ता हकप्रद शेयरको निष्कासन गरेको छ । यो बैंकले २ कित्ता सेयर बराबर १ कित्ता सयेर दिने गरी अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । १९ करोड ८० लाखको चुक्ता पूँजीमा नौ करोड ९० लाख रुपैयाँ थप गर्ने गरी बैंकले हकप्रद जारी गरेको हो । यो बैंकको हकप्रद सेयर खरिद गर्न आवेदन दिने सयम आगामी पुस १८ गतेबाट माग २३ गतेसम्म निर्धारण गरेको छ । मंसिर २९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा अन्तिम कारोबार भएको सेयर धनीले पनि हकप्रद खरिद गर्ने सक्ने भएका छन् । कन्चनपुरमा केन्द्रीय कार्यालय रहेको यो बैंक नेपाल राष्ट्र बैंक ख वर्गको इजाजत प्राप्त बैंक हो । यो बैंकले सेयर निष्कासन बैंकको रूपमा माछापुच्छ्रे बैंक लिमिटेड बबरमहल, सिटिजन्स बैंक इन्टरनेशनल कमलादी र ग्लोबल आइएमई बैंक कमलादीलाई नियुक्त गरेको छ । यो बैंकको सेयर आवेदन दिन ग्लोवल आइएमई बैंक जमल यसका काठमाडौं बाहिरका सात शाखा तथा कन्चन डेभलपमेन्ट बैंकका सबै शाखाबाट दिन सकिने छ । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आईएमएई क्यापिटल लिमिटेड हो ।