सेयर बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार शुक्रबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

शुक्रबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै सिटी होटलको १९ करोड, १०.२५ प्रतिशत एनबीबीएल डिभेन्चर २०८५ को १८ करोड ८६ लाख, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख र रिडि पावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।        

Share News