बजारमा दिनदिनै नयाँ रेकर्ड, परिसूचक १८०० विन्दुमा, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको छ । दिउँसो बजार खुल्ना साथ बढेर १८१३ अंकमा पुगेको परिसूचक १८०० अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन १३९ कम्पनीको २९ लाख २ हजार कित्ता सेयर करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको करिब ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकको करिब ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४० अंकले बढेको छ । बैंकिङ् र होटल समूहको परिसूचक बराबर ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः १५ र ८ अंकले वृद्धि भएको छ । इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह क्रमशः २४०, १७ र ९ अंकले घटेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

मनास्लु विकास बैंकको ९ लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला

काठमाडौं, ४ असार । मनास्लु विकास बैंकले दुई बराबर एक अनुपातमा हकप्रद सेयरका लागि आवेदन खुलाएको छ । बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजना अनुसार ९ करोड १७ लाख ६४ हजार ७ सय मुल्य बराबरको ९ लाख १७ हजार ६ सय ४७ कित्ता हकप्रद सेयर जारी गरेको हो । एक सय रुपैंयाँ सो मात्राको हकप्रद सेयरका लागि बैंकले साउन २३ गतेदेखि भदौं ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । मनास्लुको चुक्ता पुँजी १८ करोड ३५ लाख रहेको छ ।  मनास्लुले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

सोमबार नेप्से परिसूचक ४० अंकले बृद्धि, कारोबार रकम २ अर्ब नजिक

काठमाडौं, ३ साउन । सोमबार नेप्से परिसूचक ४० दशमलब ८३ अंकले बढेर उच्च अंक १७८६ मा पुगेको छ । सो दिन १३७ कम्पनीको २८ लाख ७० हजार कित्ता सेयर एक अर्ब ९५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ७ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, किसान माइक्रोफाइनान्स वित्तिय संस्था र नेको इन्स्योरेन्सका लागानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, अरु १४ वटा कम्पनीका लगानीकर्ताहरुले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । बजारमा नेपाल बङगलादेश बैंकको सबैभन्दा बढी १८ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको क्रमशः ८ र ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन अन्य समूह, विकास बैंक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६१८ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादनमलक, बैंकिङ्, हाइड्रोपावर र होटल समूहको परिसूचक क्रमशः ४४, ४०, १४ र १ अंकले बढेको छ । बजारमा अन्य समूह, विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ११, २ र ०.२८ अंकले आरालो लागेको छ ।