नेको इन्स्योरेन्सको विशेष साधारणसभा चैत २७ गते, बुक क्लोज कहिले?
काठमाडौं । नेको इन्स्योरेन्सले आगामी चैत २७ गते विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १३ गते कम्पनीको बुक क्लोज रहने छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भइरहेको छ ।
डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद खुला, कहाँ कहाँबाट दिने आवेदन?
काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले सर्वसाधारणको लागि शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित दरका २५ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले नारायणचौरको नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकका सम्पूर्ण कार्यालय तथा शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् । हाल कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा चैत २५ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी चैत २५ गते कम्पनीको विशेष साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ती(एक्विजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव लैजादैँ छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि चैत २५ गतेसम्म बैंकको बुक क्लोज हुने छ । कम्पनीले चैत २५ गते (शुक्रबार) बिहान १० बजे डिल्लीबजारको अमृतभोग क्याटरर्सका विशेष साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँमा कारोबार भइरहेको छ ।