भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रदको बिक्री आजदेखि खुला, कहाँबाट दिने आवेदन ?
काठमाडौं । भार्गव विकास बैंकको ८० प्रतिशत(१० बराबर ८ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले कात्तिक २४ गते(आज)देखि एक सय रुपैयाँ अंकित दरका २१ लाख १२ हजार कित्ता हकप्रदको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीले आवेदन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले आजदेखि मंसिर २८ गतेसम्म बैंकिङ समयभित्र सो मात्राको हकप्रदमा आवेदन दिन पाउनेछन् । हाल कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । कहाँबाट दिने आवेदन ?
शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो?
काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आरएसडीसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, देवः विकास बैंक र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले आरएसडीसीकाे समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १ हजार २९२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार १९ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले लक्ष्मी लघुवित्तको १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार २२७ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार २४५ रुपैयाँ रहेको थियो । त्यसैगरी, देवः विकास बैंकको पनि १७.१ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०२ रुपैयाँ रहेको छ । साथै, एनएमबी माइक्रोफाइनान्सको २० प्रतिशत बोनस सेयरपछिको सेयर मुल्य समायोज गरेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सो मात्राको बोनस पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८७६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १ हजार ४५६ रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको कहिलेदेखि बुक क्लोज ?
काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको बुक क्लोज हुँदै छ । यी दुबै बैंकले आ-आफ्नो साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेका हुन् । माछापुच्छ्रे बैंकको आगामी मंसिर १ गतेदेखि मंसिर १५ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी मंसिर १५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त साभामा बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश( ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लभांश) दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । त्यस्तै, लक्ष्मी बैंकको पनि मंसिर ११ गतेदेखि मंसिर २८ गतेसम्म बुक क्लोज हुन लागेको छ । यस बैंक मंसिर २८ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । यस बैंकले पनि साधारणसभामा गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने छ । असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रूपैयाँ छ । बोनस सेयर थप गर्दा पुँजी ८ अर्ब २२ रूपैयाँ हुनेछ ।