कलर्सको पि५० बजारमा, मुल्य ७४९५ रुपैंयाँ
काठमाडौं, २८ जेठ । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि५० स्मार्टफोन बजारमा भित्र्याएको छ । नयाँ मोबाइलमा अन्य एण्ड्रोइड फोनमा भन्दा अहिले सम्म कै नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो रहेको कम्पनीले जनाएको छ । यो फोन हालसम्मकै ठुलो फोन भएको पनि कम्पनीले दावी गरेको छ । ५० प्रतिशत कम इन्टरनेट डाटा खर्च हुने कलर्स लाइट यसमा रहेको छ । कलर्स एक्स फ्याक्टर प्राइड पि५० मा ५ इन्चको ठुलो एचडि आइपिएस स्क्रिनका साथ २२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस ८ जिबी रोम, ३२ जिबीसम्म बढाउन सकिने मेमोरो कार्ड रहेको छ । १ दशमलब ३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा रहेका छन् । नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो ललिपप ६ दशमलब शुन्य संचालन प्रणाली, दुई वटा सिम र ओटिएले चल्ने खालको छ । पि ५० को बजार मुल्य मात्र भने सात हजार ४ सय ९५ रुपैंयाँ पर्छ । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले नयाँ मोबाइलले उपभोक्ताको मन जित्ने अपेक्षा व्यत्त गरे । टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्जय अग्रवालले पनि पि५० ले स्मार्ट फोनका पारखीहरुलाई नयापनको अभाष दिने बताए । नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।
चैधरीलाई सामसङको जे१ नेक्स्ट
काठमाडौं, २८ जेठ । आइएमएस स्मार्ट अन्तर्गतको सामसङ्को नारायणघाट स्थित ब्राण्डशप सामसङ स्मार्टफोन क्याफेले आफ्नो स्किम अन्तर्गत पहिलो हप्ताको विजेताको घोषणा गरेको छ । स्किम अन्तर्गत लहानका बिनय चौधरीले ७ हजार नौ सय ९० रुपैंयाँ बराबरको लक्की कुपन प्राप्त गरेका छन् । उक्त स्किम अन्तर्गत सामसङ स्मार्टफोन क्याफे नारायणघाटमा सामसङ स्मार्टफोनहरुको खरिद कर्ताहरुले एउटा कुपन पाउनेछन् । सो कुपनमा आफ्नो नाम, सम्पर्क तथा फोनको आइएमइआई नम्बर भरेपछि लक्की ड्रमा सामेल गराइनेछ । लक्की ड्र मार्फत एक जनाले सामसङ ग्याालेक्सी जे१ नेक्स्ट पाउनेछन् । साथै हरेक ग्राहकहरुलाई स्मार्टफोनहरु तथा अन्य एक्सेसोरिजको खरिदमा ५० प्रतिशतसमको छुट सुबिधा रहेको छ ।
ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नेवानीलाई नै, साढे तीन अर्ब आम्दानी जोगियो
काठमाडौं, २३ जेठ । नेपाल बायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन मन्त्री अध्यक्ष रहने नागरिक उड्डयन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको नविकरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको म्याद गत फेब्रुअरीमै सकिएको थियो । त्यस यता निगमले बिना लाइसेन्स ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको थियो । Bikashnews.com करिब तीन महिनापछि ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरण हुन लागेको हो ।‘लाइसेन्स नविकरणको सबै प्रक्रिया पुरा भैसकेको छ, अब हस्ताक्षरको चरणमा पुगेका छौं ।’ नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले विकासन्युजसँग भने । लाइसेन्स नविकरणसँगै नेपाल वायुसेवा निगमको साढे तीन अर्बको आम्दानी जोगिनेछ । निगमले ग्राउण्ड ह्याण्डलिङ सेवा वापत प्राप्त गर्ने करिब तीन अर्ब ५० करोड रुपैंयाँ रकमबाट कर्मचारीलाई तलब खुवाउँदै आएको छ । निगमको कर्मचारी संगठनले १५ दिन भित्र ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरण नगरे आन्दोलन गर्ने चेतावनीसहितको माग पत्र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बुझाएको थियो । ‘महाप्रबन्धकले बधाई छ, काम भयो अब हस्ताक्षर गर्न मात्रै बाँकी छ भन्नुभएको छ ।’ निगमका एक कर्मचारीले भने । निगमलाई पर्यटन मन्त्रालयले जहाज उडाएर बाँच्न सक्नुपर्ने बताउँदै आएको थियो । पर्यटन सचिव प्रेम कुुमार राईले ग्राउण्ड ह्याण्डलिङ गर्न नपाउँदा कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा निगम पुग्न दुःखद भएको बताउँदै आएका थिए । केहि दिन अघि सार्वजनिक संस्थान कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा सचिव राईले ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तरमा समेत प्रश्न गरेका थिए ।