काठमाडौं । नेपाल चिकित्सक संघले गोविन्द केसीको जीवन रक्षाका लागि संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ ।
संघल डा. केसीले उठाएका जायज मागहरूको शीघ्र सम्बोधन गर्दै संवादमार्फत समाधान खोज्न आग्रह गरेको हो ।
संघका अनुसार अनशनका क्रममा डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।
उनको उमेर, हालै गरिएको शल्यक्रिया तथा समग्र स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जीवन रक्षाका लागि सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल सरकारसहित सम्बन्धित सबै सरोकारवालालाई डा. केसीका जायज मागहरूप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र सहमतिमार्फत समस्या समाधान गर्न भनेको हो ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाइएका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई आह्वान गरिएको छ