‘छेक्यो डाडा’ बोलको गीत सार्वजनिक, १ हप्तामा २५ हजार पुग्न सफल (भिडियो सहित)

काठमाडौं । रेशमी पर्दाले गीतको सफलतापछी गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेका छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजार पुग्न सफल भएको छ । उक्त गीतमा भरत देउरालीको शब्द, संगीतलाई बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमले निर्देशन गरेका हुन् । साथै, उक्त गीतमा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका छन् । (भिडियो हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

दोर्जे डोल्मा गुरुङले हात पारिन मिसेस ग्लोबल २०१७को उपाधी

काठमाडौं । मिसेस ग्लोबल २०१७को उपाधी दोर्जे डोल्मा गुरुङले हात पारेकी छिन् । जमलकाे राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपालमा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधी हात पारेकी हुन् । मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भईन् । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको आयोजकको भनाइ छ । प्रतियोगिताको अन्य टाईटलहरुमा बेस्ट ट्यालेन्टमा रिना लामा, बेस्ट क्याटवाकमा सुजा राउत, बेस्ट पर्सानालिटीमा सुनिता थापा, बेस्ट फोटोजेनिकमा सोनिया लामिछाने, बेस्ट स्माईलमा अन्जना पौडेल, बेस्ट स्किनमा सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात पारेकी िथइन् । कार्यक्रमको निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य िथइन् । साथै, प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गरेकि थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेकाे जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बेलुराम धितालकाे “मखमली दशैं” बजारमा, पल्टने जीबनकाे कहानी

निकै वर्षदेखि आफ्नो घर परिवारसंगै दशैं मान्न नपाएका गायक बेलुराम धिताल यो साल भने आफ्नो घरपरिवारसंग दशैं मान्न आफ्नै गाउँ जाने भएका छन् । पल्टने जीबन अगाडी बढाई रहेका बेलुराम गत वर्षहरुमा आफुलाई देशले दिएको अविभाराको कारण यस्ता विभिन्न पर्व मान्न गाउँ जान पाएका थिएनन् । तर यो साल भने सबै तारतम्मे मिलाएर दशैं मान्न गाउँ जाने भएका हुन् । उनले यो कुरा एक सांगीतिक कोसेली मार्फत सार्बजनिक गरेका छन् । “मखमली दशैं” नामकरणको साथमा बजारमा आएको यस गीतमा गायक बेलुरामलाई गायिका जमुना सनमले साथ दिएकी छिन् । प्रस्तुत गीतमा लय शब्द पनि गायक स्वयम् बेलुरामको नै रहेको छ । सनम क्रिएसनले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत, आरुषी मगर, बिक्रम बजगाईं र बिष्णु बन्जाराको मन छुने अभिनय रहेको छ । भिडियोलाई निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन पवन सिम्खडाले गरेका छन् ।