ओ एस नेपालले संगितकारलाई म्युजिक अवार्ड दियो
काठमाडौं । ओएस नेपालले गित संगितका क्षेत्रमा उत्कृष्ट काम गर्ने श्रष्टालाई सम्मान गरको छ ।ओएस नेपालले शुक्रवार गीत संगीतको साधनामा लागेका ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । कम्पनीले शुक्रवार ओ एस नेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । सम्मानीत हुनेमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो । लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड प्राप्त गरेका छन् ।त्यसैगरी वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वोत्किस्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे । आधुनिक गितको नव गायकमा सुरेन गौतमलाई सम्मानित गरेको छ । पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पप गीत नव गायकमा रुदेश डंगोलले अवार्ड पाएका छन् । वेष्ट पप गीत फिमेल पूजा गुरुगं अगाडी आएकी छन् । जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल छानीए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारिन् । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् । लिरिक्स विधामा सम्मानित भएपछि लाइट नेपाललाई संक्षिप्त प्रतिकृया दिँदै उमेशले सांगीतिक क्षेत्रमा लागेपछिको यो आफ्नो पहिलो अवार्ड भएको बताए । “उनले भने संगित क्षेत्रमा लागिरहँदा कहीं कतैवाट त्यसको मुल्याकंन हुने रहेछ भन्ने मैले महशुष गरेँ ।”
चलचित्र ‘स्काउट’ भाद्र ८ गते देखि सिनेमा घरमा प्रदर्शन हुदै
काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्ब हरितालिका तिजको अवसर पारेर चलचित्र निर्माता मदुकुमार श्रेष्ठको चलचित्र स्काउट भाद्र ८ गतेदेखि रिलीजमा आउने भएको हो । चलचित्रमा नायक नबराज श्रेष्ठ, नायिका गरिमा पन्त, कुशल थापा, मदुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसंगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् । मदुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली,कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् । ‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिसेष सो समेत भैसकेको छ भने यस चलचित्रलाई दर्शक हरुले अत्याधिक मन पराएको र नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्तको जोडीलाई दर्शकहरुले बिशेष मन पारएको र उनीहरुको अभिनयले दर्शकहरुको मनमा छाप छोड्न सफल भएको कुरा निर्माता मदुकुमार श्रेष्ठ बताउछन् । समसामाहिक कथा बस्तुमा आधारित यस चलचित्र एकदम राम्रो बनेको र नेपाली चलचित्र प्रेमीहरुको बीच छुट्टै पहिचान बनाउन सफल हुने कुरामा नायक नबराज श्रेष्ठ बिस्वस्त छन । साथमा चलचित्र हल सम्म गएर चलचित्र हेरी प्रतिक्रिया दिन समेत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरु समक्ष उनले आग्रह गरेका छन ।
राजनीतिमा जम्न नसकेको नेपाली कलाकार, कलाकारित र राजनीति दुबैमा डुलमुले बन्दै
काठमाडौं । गणतन्त्र स्थापनासँगै कलाकारहरुमा राजनीतक मोह बढ्दै गइरहेको छ । पछिल्ला १० वर्षमा नेपाली कलामा जमेका कलाकार राजीनिमा किन जम्न सकेनन त ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु । -कोमल वली, गायिका तथा राप्रापा नेतृ कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ । -चेतन सापकोटा, संगीतकार दलहरूले प्रयोग मात्र गरे कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् । – बद्री पंगेनी, लोकदोहोरी गायक विकास र निकासका लागि हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । -राधिका हमाल, लोकगायिका स्थापित नेतृ बन्छु कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु । कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु । –रेखा थापा, नायिका तथा नेतृ, राप्रपा नयाँ पत्रिका दैनिकबाट ।