पहाडकी रानी’ बन्दीपुर घुमौँ (तस्बिरहरू)
काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णयअनुसार भ्रमण वर्ष मनाइरहेको छ । बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्य विश्वमाझ पुर्याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भुमिका खेल्नेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेण्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उद्देश्य छ । तस्बिर : न्युज एजेन्सी नेपाल
फूलमालासहित गभर्नरको पर्खाइमा राष्ट्र बैंकका कर्मचारी {तस्बिरहरू}
काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको स्वागतको तयारी गरेको छ । राष्ट्र बैंकले कर्मचारीहरुलाई तयारका साथ फुलमालासहित प्रवेश द्वारमा तयार अवस्थामा राखेको छ । पौडेलले सर्वोच्च अदालतबाट सपथ लिएर राष्ट्र बैंक जाँदैछन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका थिए । अब उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जाँदैछन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।
पोखरादेखि पुनहिलसम्म पुग्दा बाटोमा जे-जे देखियो (फोटोफिचर)
काठमाडौं । पुनहिल नेपालकाे एक प्रसिद्ध पदयात्रा गन्तव्य हो, जुन पश्चिम नेपालकाे गण्डकी प्रदेशमा अवस्थित छ । यो स्थान मुख्यतया पर्वतीय दृश्यावलोकनका लागि प्रख्यात छ, विशेष गरी सूर्योदयको समयमा देखिने अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्छ । पुनहिल म्याग्दी जिल्लाको घोरेपानी गाउँ नजिक, समुद्र सतहदेखि करिब ३ हजार २१० मिटर उचाइमा रहेकाे छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे (फिशटेल), निलगिरी, र अन्य धेरै हिमशृङ्खलाको स्पष्ट दृश्य देख्न सकिन्छ । पोखराबाट पुनहिलसम्मको यात्राका क्रममा देखिएका दृश्यहरू क्यामेरामा कैद गर्ने प्रयास गरेका छाैं । तस्बिरहरू : दीक्षा अर्याल/विकासन्युज