यसरी चिटिक्क पारियो नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्ष {फोटोफिचर}
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि सिंहदरबारमा कार्यकक्ष तयार गरिएको छ । शुक्रबार दिनभर नयाँ प्रधानमन्त्री बस्ने कार्यकक्षा तयार गरिएको हो । जेनजीको प्रदर्शनकारीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेपछि गृहमन्त्रालय रहेको भवनमा प्रधानमन्त्रीको कार्यकक्ष तयार गरिएको हो । प्रधानमन्त्रीको कार्यकक्षका लागि कुर्सी, सोफा र टेबलहरु चिटिक्क पारेर राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीहरुबीच शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उनी आजै राति प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन् । त्यस लगत्तै राष्ट्रपछि पौडेलले प्रतिनिधिसभा विघटन गर्दैछन् ।
बग्गीखाना ध्वस्त, सबै कागजात जले (फोटो फिचर)
काठमाडौं । जेनजी आन्दोलनको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना जलेर ध्वस्त भएको छ । मंगलबार प्रदर्शनका क्रममा बग्गीखानमा ट्राफिक प्रहरी कार्यालय भवनलगायत विभिन्न सवारीसाधनहरूमा आगजनी गरेसँगै ठूलो क्षति पुगेको छ । यस्तै, कार्यालयमा रहेका सबै कागजातहरु जलेर ध्वस्त भएका छन् । आन्दोलनमा प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुर्याएका छन् ।
दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए । नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन । ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।