फूलमालासहित गभर्नरको पर्खाइमा राष्ट्र बैंकका कर्मचारी {तस्बिरहरू}
काठमाडौं । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्व पौडेलको स्वागतको तयारी गरेको छ । राष्ट्र बैंकले कर्मचारीहरुलाई तयारका साथ फुलमालासहित प्रवेश द्वारमा तयार अवस्थामा राखेको छ । पौडेलले सर्वोच्च अदालतबाट सपथ लिएर राष्ट्र बैंक जाँदैछन् । उनले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ लिएका थिए । अब उनी पदभार ग्रहणका लागि राष्ट्र बैंक जाँदैछन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको थियो । उनीसँगै तीन जनाको नाम सिफारिस भएको थियो ।
पोखरादेखि पुनहिलसम्म पुग्दा बाटोमा जे-जे देखियो (फोटोफिचर)
काठमाडौं । पुनहिल नेपालकाे एक प्रसिद्ध पदयात्रा गन्तव्य हो, जुन पश्चिम नेपालकाे गण्डकी प्रदेशमा अवस्थित छ । यो स्थान मुख्यतया पर्वतीय दृश्यावलोकनका लागि प्रख्यात छ, विशेष गरी सूर्योदयको समयमा देखिने अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्छ । पुनहिल म्याग्दी जिल्लाको घोरेपानी गाउँ नजिक, समुद्र सतहदेखि करिब ३ हजार २१० मिटर उचाइमा रहेकाे छ । यहाँबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे (फिशटेल), निलगिरी, र अन्य धेरै हिमशृङ्खलाको स्पष्ट दृश्य देख्न सकिन्छ । पोखराबाट पुनहिलसम्मको यात्राका क्रममा देखिएका दृश्यहरू क्यामेरामा कैद गर्ने प्रयास गरेका छाैं । तस्बिरहरू : दीक्षा अर्याल/विकासन्युज
आजदेखि भृकुटीमण्डपमा दशौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु (फोटो-फिचर)
काठमाडौं । दशौं अन्तर्राष्ट्रिय व्यापार मेला २०८२ बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको मेलामा विभिन्न देशहरूहरुको सहभागी रहेको छ । व्यापार मेला समितिका सभापति उमेश डाल्मियाले मेलामा कृषि, ऊर्जा, भवन निर्माण, पर्यटन, सूचना प्रविधि, शिक्षा लगायतका विषयमा विशेष स्टलहरू राखिएको जानकारी दिए । यो मेलाबाट नेपाली सामग्रीको गुणस्तर र ब्रह्माण्डलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेल्ने उनको विश्वास छ। मेलामा चीनबाट पावर ट्रान्समिशन इक्विपमेन्ट, इलेक्ट्रिकल्स, अटोमोबाइल्स, खाद्य तथा पेय पदार्थ, गार्मेन्ट्स, स्मार्टवाच लगायतका स्टलहरू रहनेछन् भने पाकिस्तान र बंगलादेशबाट लेदर तथा गार्मेन्ट्स सामग्रीहरू पनि प्रदर्शन छन् । मेलामा चीनका ४० कम्पनीले सहभागी जनाएका छन् । चिनियाँ विद्युतीय सवारीसाधनका पार्टपूर्जा, हस्तकला, वस्तुगत उत्पादन र विभिन्न प्रविधि सम्बन्धी सामग्रीहरूको प्रदर्शनी छन् । मेला आईएमई पेको मुख्य प्रायोजनमा आयोजना गरिएको हो । यसैगरी, हेरिटेज कार्पेट सहप्रायोजकको रूपमा रहेको छ । मेलामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रको आधारमा ५० प्रतिशत छुट दिइएको छ । हेर्नूहोस् तस्बिरहरू : नरेश बोहोरा/विकासन्यूज