कमाण्डो कौशल र विपद् व्यवस्थापनको विशेष अभ्यास प्रदर्शन (फोटो–फिचर)

काठमाडौं । । नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल (कपन) मा कमाण्डोहरूको विशेष रणकौशल तथा विपद् व्यवस्थापनको नमुना अभ्यास सम्पन्न भएको छ ।

कार्यदलमा कार्यरत तालिमप्राप्त कमाण्डोहरूले आफ्नो पेशागत दक्षता प्रदर्शन गर्ने क्रममा आइए ड्रिल, अत्याधुनिक हतियारहरूलाई तीव्र गतिमा खोल्ने र जोड्ने (वेपन एसेम्बल तथा डिसेम्बल) अभ्यासका साथै जटिल अवस्थामा रहेका बन्धकहरूको सुरक्षित उद्धार (होस्टेज रेस्क्यु) को सफल नमुना प्रस्तुत गरेका थिए ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको हो ।

त्यसैगरी, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीको समन्वयमा विपद् व्यवस्थापनको क्षेत्रमा प्रयोग हुने अत्याधुनिक सामग्रीहरूको प्रदर्शनीसमेत गरिएको थियो । 

सो अवसरमा अग्नि नियन्त्रकहरूले आगलागीका घटनालाई कसरी प्रभावकारी रूपमा नियन्त्रण गर्ने र उद्धार कार्यलाई कसरी तीव्र बनाउने भन्ने विषयमा विशेष प्रयोगात्मक अभ्यास प्रस्तुत गरेका थिए । 

प्रहरीको केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले विपद् व्यवस्थापनको नमुना अभ्यास निरन्तर गरिरहेको जानकारी दिए ।

उनले जुनसुकै मौसमजन्य विपद आउनसक्ने बताउँदै त्यसका लागि नेपाल प्रहरी २४ सै घन्टा तयारी अवस्थामा रहेको दावी गरे ।

त्यसैगरी, वेबसाइटमार्फत पनि नागरिकलाई सुसूचित गराइरहेको पनि उनले जानकारी दिए । 

तस्बिरहरू:

nullnullnullnullnullnullnullnullnullnull​​​​​​​

Share News