काठमाडौंका ६२ चोकमा हाइ मास्ट बत्ती जडान, १० करोड लागत

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडाैंका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरले सहरको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै सुरु गरेको यस परियोजना तिहारअघि नै पूरा हुने भएको हो । महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीका अनुसार सहरका ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाडी बत्ती जडानको काम भइरहेको छ । उनले भने, '६२ चोकमध्ये २१ चोकमा १२.५ मिटरका पोल र ४१ चोकमा १६ मिटर अग्ला पोल जडान भइरहेका छन् । यी पोलहरूमा क्रमशः ६ र ८ वटा बत्तीहरू जडान गरिँदैछ ।' करीब ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यो सम्झौता २०८१ पुस २३ गते निर्माण पक्षसँग भएको र काम २०८२ पुस ३० गते भित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ । तर, तिहार पर्वलाई लक्षित गर्दै महानगरले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न लागेको हो। महाशाखा प्रमुख नेपालीले भने, 'तिहारको उल्लासमा सहर झन् उज्यालो बनोस् भन्ने उद्देश्यले कामलाई तीव्र बनाइएको छ।' यी हाइ मास्ट बत्तीहरू १ हजार वाट क्षमताका छन् र सेफ्टवेयर प्रणालीमा आधारित छन् । आवश्यकताअनुसार यी बत्तीहरूलाई चर्को वा मधुरो प्रकाशमा नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।

तिहार : सजिँदै बजार, बढ्दै चहलपहल (फोटो फिचर)

काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ । तिहारमा टीका लाउन/लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।    

डुबान, बाढी पहिरोको वितण्डा, हेर्नुहोस् तस्विरहरु

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाले देशभर मानवीय र भौतिक क्षति पुर्याएको छ । मधेश प्रदेश डुबानमा परेकाे छ । इलाममा पहिराे खस्दा मानवीय क्षति हुँदा कोशी प्रदेश सोकमा छ ।  अविरल वर्षाका कारण आएको बाढीले पूर्वतर्फ व्यापक क्षति पुर्याएको देखिन्छ ।  हेर्नुहोस् तस्वीरहरु फोटो स्रोत: रासस