सलहेश फूलबारीमा सुनाखरीको चमक (तस्बिरहरू)

काठमाडौं । वैशाख १ गते केवल एउटा मिति मात्र नभएर यो एउटा विश्वव्यापी पर्वको प्रतिक हो जसले मानव जाति र प्रकृतिबीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ । सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई मेष संक्रान्ति पनि भनिन्छ । नेपालमा वैशाख १ लाई नयाँ वर्षको रूपमा हर्षोल्लासका साथ मनाइन्छ । सिरहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ को सीमानामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारीमा यस वर्ष पनि वैशाख १ गते भव्य मेला लागेको छ ।

जडीबुटी र आस्थाको केन्द्र मानिने यस फूलबारीमा वर्षमा एक पटक मात्र फुल्ने ‘सुनाखरी’ (हारम) फूल मुख्य आकर्षणको रूपमा रहेको छ । किंवदंतीअनुसार राजा सलहेश र उनकी प्रेमिका मालिनको प्रेमको प्रतीकको रूपमा यो फूल हरेक वर्ष वैशाख १ गतेका दिन मात्र फुल्ने गर्दछ । यस अनौठो प्राकृतिक चमत्कारलाई हेर्न र सलहेश तथा मालिनको पूजा अर्चना गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौँ दर्शनार्थीहरूको घुइँचो लागेको छ । प्रकृति र मानव सभ्यता बीचको अटुट सम्बन्धलाई उजागर गर्ने यो मेलाले स्थानीय पर्यटन र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाएको छ । फूलबारी भित्रका जडीबुटीहरूको संरक्षण र धार्मिक आस्थाको जगेर्ना गर्न स्थानीय निकायहरूले विशेष पहल गर्दै आएका छन् । 

तस्वीरहरू : सञ्जुकुमारी दास

nullnullnullnullnullnullnullnull

 

Share News