नेपाल व्यवस्थापन संघको अध्यक्षमा सुशील भट्ट निर्वाचित, मोहन ओझा महासचिव

काठमाडौं । नेपाल व्यवस्थापन संघको नयाँ कार्यसमितिले पदाधिकारीहरु चयन गरेको छ । बुधबार भएको निर्वाचनबाट अध्यक्षमा सुशील भट्टले १२ मत पाएर विजय भएको थिए । प्रतिस्पर्धी सुशील कुमार अर्यालले ६ मत पाएका थिए । प्रथम उपाध्यक्षमा विजयी राष्ट्र बैंकका निर्देश राजेन्द्र पण्डितले १३ मत पाए भने उनीसँग प्रतिस्पर्धा गर्ने डा विष्णु खनालले ५ मत पाएका थिए ।  दृतिय उपाध्यक्षमा कर्मचारी सञ्चय कोषका धुर्ब भट्टराई ११ मत पाएर विजयी भए । उनीसँग प्रतिष्पर्धा गरेका जेनिशा भट्टराईले ७ मत पाईन् । महासचिवमा ग्रोथ सेलर कम्पनीका प्रबन्ध निर्देशक मोहन ओझाले १० मत पाएर विजयी भए । महासचिवका अर्का प्रतिस्पर्धी राजन थापाले ८ मत पाएका थिए । कोषाध्यक्षमा दिलिपराज पौडेल सर्वसहमतिमा निर्वाचित भएका छन् । उनी पनि कर्मचार संचयकोषमा आवद्ध छन् । गत शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको थियो । १७ जना कार्यसमिति सदस्य र निवर्तमान अध्यक्षकोसहित १८ मत खसेको थियो । सम्बन्धीत समाचार नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई

नेपाल प्रहरीको कमाण्ड चन्दलाई, शसस्त्रमा श्रेष्ठ

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए । रासस

कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश, बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार नियुक्त

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुशकुमार जोशी नयाँ शक्तिमा प्रवेश गरेका छन् । जोशीलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टारईले आफ्नो अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । भट्टराईले जोशीलाई निजी क्षेत्रका तर्फबाट अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. भट्टराई र जोशीको पहिले देखिनै राम्रो सम्बन्ध रहेको थियो । भट्टराई प्रधानमन्त्री हुँदै नै नेपाल पुर्वाधार विकास कम्पनीले काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्ग निर्माणको अनुमति पाएको थियो । त्यतिबेला जोशी सुरुङ मार्ग बनाउने नेपाल पुर्वाधार विकास कम्पनीको अध्यक्ष थिए । पछिल्लो समय व्यवसायीक संकटका बेलामा संरक्षणका लागि राजनीतिक पार्टी प्रवेश गर्ने लहर चलेको छ । त्यसकै एक ज्वलन्त उदाहरणका रुपमा जोशीले नयाँ शक्ति पार्टी रोजेका हुन् ।