सार्वजनिक लेखासमितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित, निर्वाचनमा राप्रपा विभाजित

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन । सभापति पदको निर्वाचनमा ३९ मत खसेकोमा उपाध्ययले २३ मत ल्याएर विजय भएको छन् । उनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । सभापति पदको लागि उम्मेदवारी दिएका एमाले सभासद पशुपति चौलागाईले १६ मत पाएका छन् । यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पाटी विभाजित भएको छ । राप्रपाका दुई सांसदहरुले भने  चौलागाईको पक्षमा मतदान गरेका छन् । यसअघि माओवादीका सभासद् जनार्दन शर्मा सार्वजनिक लेखासमितिको सभापति थिए । उनी मन्त्री भएपछि करिब करिव ६ महिना सो पद खाली थियो । सत्तारुढ राप्रपाका दुई सांसदले विपक्षी उम्मेदवारलाई मतदान गरेसँगै संबिधान संसोधन प्रस्ताव समेत फेल हुने सम्भावना बढेको छ ।

प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन

काठमाडौं, १६ माघ । प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ चयन भएका छन् । माघ १५ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । श्रेष्ठ विगत ९ वर्षदेखि बैंकमा सञ्चालकको रुपमा रहदैँ आएका छन् । बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा दिए पश्चात उदयमोहन श्रेष्ठ चयन भएका हुन् । साथै, उक्त बैठकले बैंकको सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियुक्ति गरेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओमा पवन ढकाल नियुक्त

काठमाडौं, १४ माघ । सिद्धार्थ डेभलपमेन्ट बैंकले डेपुटी सिईओमा पवन ढकाललाई नियुक्त गरेको छ । बैंकले यसै साता ढकाललाई डेपुटी सिईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । ढकाल यसअघि कैलाश विकास बैंकको असिष्टेन्ट जेनरल म्यानेजर थिए । ढकालले करिब २५ वर्ष बैंकिङ् क्षेत्रमा बिताएका छन् । स्ट्याण्डार्ड चाटर्ड बैंकबाट बैंकिङ् करिअर शुरु गरेका ढकालले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । उनले माछापुच्छ्रे बैंकमा १४ वर्ष काम गरेका थिए भने कैलाश विकास बैंकमा साढे ३ वर्ष सेकेन्ड म्यानको भूमिका निर्वाह गरेका थिए । ढकालले कैलाश विकास बैंकबाट राजीनामा दिइसकेका छन् । करिब एक महिनापछि उनले सिद्धार्थ डेभलपमेन्ट बैंकको डेपुटी सिईओको जिम्मेवारी सम्हाल्ने छन् ।