चौध देशमा राजदूत नियुक्तिका लागि सिफारिस, कुन देशकाे लागि काे सिफारिस ?
काठमाडौँ, ९ फागुन । सरकारले १४ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय आज गरेको छ । सिंहदरबारमा आज दोस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले युनाइटेड अरब इमिरेट्सका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युवनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास र अस्ट्रेलियाका लागि लक्की शेर्पालाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । त्यस्तै कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमाका लागि भीम उदास, श्रीलङ्काका लागि विश्वम्भर प्याकुर्याल, ओमनका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, बङ्गलादेशका लागि चोपलाल भुसाल र इजरायलका लागि निरञ्जन थापालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । साथै सरकारले स्पेनमा राजदूतावास खोली त्यहाँ भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले बताए । रासस
नेपाल व्यवस्थापन संघको अध्यक्षमा सुशील भट्ट निर्वाचित, मोहन ओझा महासचिव
काठमाडौं । नेपाल व्यवस्थापन संघको नयाँ कार्यसमितिले पदाधिकारीहरु चयन गरेको छ । बुधबार भएको निर्वाचनबाट अध्यक्षमा सुशील भट्टले १२ मत पाएर विजय भएको थिए । प्रतिस्पर्धी सुशील कुमार अर्यालले ६ मत पाएका थिए । प्रथम उपाध्यक्षमा विजयी राष्ट्र बैंकका निर्देश राजेन्द्र पण्डितले १३ मत पाए भने उनीसँग प्रतिस्पर्धा गर्ने डा विष्णु खनालले ५ मत पाएका थिए । दृतिय उपाध्यक्षमा कर्मचारी सञ्चय कोषका धुर्ब भट्टराई ११ मत पाएर विजयी भए । उनीसँग प्रतिष्पर्धा गरेका जेनिशा भट्टराईले ७ मत पाईन् । महासचिवमा ग्रोथ सेलर कम्पनीका प्रबन्ध निर्देशक मोहन ओझाले १० मत पाएर विजयी भए । महासचिवका अर्का प्रतिस्पर्धी राजन थापाले ८ मत पाएका थिए । कोषाध्यक्षमा दिलिपराज पौडेल सर्वसहमतिमा निर्वाचित भएका छन् । उनी पनि कर्मचार संचयकोषमा आवद्ध छन् । गत शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको थियो । १७ जना कार्यसमिति सदस्य र निवर्तमान अध्यक्षकोसहित १८ मत खसेको थियो । सम्बन्धीत समाचार नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व, मेनेजर अफ दि एयर २०१६’ सम्मान एनएमबी बैंकका सिइओ पौडेललाई
नेपाल प्रहरीको कमाण्ड चन्दलाई, शसस्त्रमा श्रेष्ठ
काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए । रासस