शुभलक्ष्मी सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा राजाराम खड्का, बैकिङ छाडेर उद्यमीको बाटोमा
काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा जाने निर्णय गरे’ खड्काले विकासन्युजसँग भने । ‘अन्ततः पूर्णकालिन जागिरको रुपमा मैले बैकिङ छाडेँ र सिमेन्ट क्षेत्रमा कार्यकारी प्रमुखको भूमिका सहित उद्यमीको काम थालेको छु’ उनले फेसबुक पेजमा लेखेका छन् । उनले २० वर्ष पहिला नबिल बैंकबाट जागिर शुरु गरेका थिए । पछि एभरेष्ट, एनआईसी एशिया, सनराईज हुँदै इन्टरनेशनल डेभपलमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी थोरै समय सो बैंकमा डेपुटी जनरल म्यानेजरको भूमिकामा थिए । एनसीसी बैंकबाट दुई महिना अघि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरिसकेको छ ।
बैंक अफ काठमाण्डूकाे अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् । गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ । साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।
केयुकेलको अध्यक्षमा घनश्याम भट्टराई
काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) का अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् । समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतरुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सो मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा समितिको बोर्डले स्वीकृत गर्दै रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो । रासस