९ अर्ब अनियमतिता गरेको अरोपमा महानिर्देशक शर्मा अख्तियार फन्दामा, केके छन शर्मामाथिको आरोप ?
काठमाडौं । ३० अर्ब ५२ करोड रुपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रुपैंयामात्रै राज्यकोषमा दाखिला भई अरु रकम अनियमित ढंगले मिनाहा भएको घटनामा आन्तरि राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा मुछिएका हुन् । फस्यौंट भएकोबाट करिव ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ । कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनुपर्नेमा विनाकुनै कारण करदाताकै अटेरीले कर नउठ्ने जस्तो लापरवाहीयुक्त परिस्थितीमा समेत कर छुट दिइएको थियो । राजस्व उठाउन कठोर रुपमा प्रस्तुतु हुनुपर्नेमा शर्मा सहित संयोजक महत र सदस्य ढकाल आफैले ९ अर्ब ७२ करोड रुपैंयाको त्यस्तो कर निर्धारणमा ‘अनियमितता गरेको’ अख्तियारउच्चस्रोतले बतायो । अख्तियारस्रोतका अनुसार, २१ करोड ६४ लाख रुपैंयाको ‘भ्याट मिनाहा’को प्रकरण स्वतस् भ्रष्टाचारको आरोपपत्रमा समावेश हुने क्रममा छ । विभिन्न निर्माणमा सरकार र सेवा पाउनेले तिरेको भ्याट रकम लिएर राज्यकोषमा दाखिला नगर्ने व्यवसायीलाई आयोग पदाधिकारीले मिनाहा गरिदिएका हुन् । यसरी सर्वसाधारणले तिरेको रकम सरकारी ढुकुटिमा नभइ व्यवसायीको खातामा गएको छ । महालेखा परिक्षकको कार्यालयका उच्च अधिकारीले त्यतिबेला भनेका थिए, ‘राजस्व प्रशासनमा यस्तो अराजकता कल्पनासम्म गर्न सकिदैन ।’ उपभोक्ताबाट व्यापारीहरुले उठाइसकेको भ्याट शर्मा सहितका अधिकारीहरुपले छुट दिएर ‘कर निर्धारणमा अनियमितता गरेको’ विषयमा छानविनमा परेका हुन् । गतवर्ष महालेखा परिक्षकको कार्यालयले आयोगको प्रतिवेदन माग्दा आन्तरिक राजस्व विभाग सहित अर्थ मन्त्रालयले समेत असहयोग गरेको थियो । तत्कालिन महालेखापरिक्षक भानुप्रसाद आचार्यले समेत आयोगको प्रतिवेदन पाउनुपर्ने भनी अडान लिएपनि प्रतिवेदन पाउन सकेनन् । यसपटक सार्वजनिक लेखा समितीमा महालेखाका अधिकारीहरुले आपत्ति जनाएपछि सरकारले लेखापरिक्षणको अन्तिम अवधिमा आएर प्रतिवेदन उपलब्ध गराएको थियो । स्रोतका अनुसार, कर फस्यौंटको कामकारवाहीका क्रममा आयोगका पदाधिकारीहरु बारम्बार भारतको दिल्ली लगायतको शहरमा पुगेर ‘डिल’ गरेको सूचना अख्तियारसम्म पुगेको छ । कर फस्यौंटका क्रममा आयोगका पदाधिकारीहरु र सचिवालयका केही उच्च पदस्थहरुका लागि व्यवसायीहरुले गाडी र बासस्थानको जोहो गरिदिएका थिए । अख्तियारका तत्कालिन प्रमुख लोकमानसिं कार्कीको कार्यकालमा यी गतिविधी भइरहदा महानिर्देशक शर्मा हरेक साता कार्किको कार्यकक्षमा पुग्ने गर्थे । सरकारलाई ४० करोड १४ लाख रुपैंया कर तिर्नुपर्ने कम्पनीलाई शर्मा सहितका पदाधिकारीहरुले १४ लाख रुपैंया निर्धारण गरी ४० करोड रुपैंया मिनाहा गरिदिएका थिए । पोखराको एक होटललाई करिव साढे १८ करोड रुपैंयाको कर असुलीमा ९० प्रतिशत मिनाहा भएको थियो । ९ वटा करदाताबाट असुल भएको ७ करोड ८२ लाख रुपैंया फिर्ता दिनुपरेको थियो । एउटा चिया कम्पनीले नै साढे २ करोड रुपैंयाभन्दा बढी फिर्ता लगेको थियो । हरेक पटक मन्त्री फेरिएपनि चार वर्षदेखि शर्मा लगातार आन्तरिक राजस्व विभागको महानिर्देशक थिए । कान्तिपुरमा समाचार प्रकाशित भएपछि संसदको सार्वजनिक लेखा समितीले गत बैशाख १४ गते शर्मा सहित आयोगका तत्कालिन संयोजक महत र सदस्य ढकाललाई डाकेको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक तथा आयोगका तत्कालिन सदस्य सचिव चुडामणी शर्माले आफ्नै मातहतको कर प्रशासन प्रणालीको आलोचना गरी व्यवसायीहरु ठिक ठाउमा रहेको तर्क गरेका थिए । ‘कर प्रशासनबाट बेमनासिव कर निर्धारण भएको छ, कतिपय व्यवसायीहरु २५ प्रतिशत धरौटी समेत राख्न नसकेका कारण पुनरवलोकनमा जान सक्दैनन’ शर्माले भनेका थिए, ‘मर्न भन्दा बहुलाउन निको भन्ने अवस्थामा पुगेका व्यवसायीहरुको वास्तविक मर्का बुझ्न खोजिएको हो ।’ उनले आफूहरुले गरेको कामकारवाहीलाई अग्रगमनको पाइला भन्दै त्यसलाई प्रतिगमन नठान्न सांसदहरुलाई सुझाव दिएका थिए । गम्भिर अनियमितताको विषय उठाएपनि लेखा समितीले एक महिनाको अवधिमा कर फस्यौंटबारे कुनै कामकारवाही अघि बढाएको छैन । पृष्ठभूमि पनि विवादास्पद निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रुपमा परिचित चुडामणी शर्मा आफै भने अत्यन्त विवादास्पद पात्र हुन् । सुनसरीको प्रमुख जिल्ला अधिकारी हुदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतो गरेका कारण विवादमा परेका शर्मा त्यसपछि ललितपुरमा सरुवा भए । त्यहा हुदा उनले गैरकानूनी रुपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने विवादास्पद र अनियमित निर्णय गरेका थिए । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रुपमा समेत उनको कार्यकाल विवादमुक्त हुन सकेन । राजनीतिक पहुच र प्रभावका आधारमा एकपछि अर्को आकर्षक पदमा पुग्ने शर्मा काठमाडौंपछि सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने । त्यहाँ रहँदा अधिकृत शम्भु चालिसे १० लाख रुपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडिएको थियो । शर्माबाट परिचालित चालिसेले पछि भने नाटकीयरुपमा घुस प्रकरणमा आफूमात्रै संलग्न रहेको बयान दिई महानिर्देशक शर्मालाई घटनामा तानिनबाट जोगाए । ‘त्यही घटनापछि उनी अख्तियार प्रमुख लोकमानको प्रियपात्र बन्न सफल भए’ अख्तियारस्रोतले भन्यो । आन्तरिक राजस्व विभागको महानिर्देशक भइसकेपछि शर्मा जोसुकै मन्त्री आएपछि त्यही रहन सफल भए । गतवर्ष अर्थमन्त्रीमा कृष्णबहादुर महरा नियुक्त भएपछि शर्मालाई सरुवा गर्ने प्रयास लोकमानको हस्तक्षेपका कारण असफल भएको अख्तियारस्रोत बताउछ । सचिवमा बढुवा हुने तरखरमा रहेका चुडामणीले केही महिनाअघि आन्तरिक राजस्व विभागमै सचिवको दरबन्दी सिर्जना गरी त्यही आफू रहने योजना समेत बनाएका थिए । तर त्यो सफल हुन सकेन । उनले करिब ३३ अर्ब रुपैयाँ पुजीगत लाभकर छली गरेको दुरसंचार कम्पनी एनसेललाई उन्मुक्ति दिन पनि मुख्य भुमिका निर्वाह गरेका थिए । उनले कर लाग्नेरनलाग्ने बिषयमा प्रष्ट धारणा नदिएर अप्रत्यक्ष रुपमा छलीमा सहयोग पुग्ने काममा सहयोग पुऱ्याएका थिए । तत्कालीन अख्यितार प्रमुख लोकमान सिंह कार्कीका कारण भ्रष्टाचार र अनियमितताको आरोपबाट उन्मुक्ती पाएका शर्मामाथि पछिल्लो समय भने अख्तियारले गैरकानूनी सम्पत्ति आर्जन, एन्सेल कर प्रकरण, कर फस्यौंट लगायतका विषयमा अनुसन्धान गरिरहेको छ । गैरकानूनी सम्पत्तिआर्जनको विषयमा छानविन हुदा शर्माले आफ्नो विवरण बुझाउन आनाकानी गरेका थिए । तर पछि छानविन हुदा उनको अस्वभाविक आर्जन नभेटिएपनि कतिपय आम्दानी शंकास्पद थियो । ‘लोकसेवामा उमेद्वारी दिने विद्यार्थीको संख्याभन्दा बढी लोकसेवाको गाईड बिकेको भनेर विवरण देखाएका थिए’ अख्तियार स्रोतले भन्यो, ‘उनीमाथि गैरकानूनी सम्पत्ति आर्जनको उजुरीमाथि छुट्टै छानविन जारी छ । कान्तिपुर दैनिकबाट ।
सामुदायिक विधालयमा भन्दा निजीमा भन्डै १५ प्रतिशत बढी महिला शिक्षक
काठमाडौँ । आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत ९निजी० विद्यालयमा पुरुषको तुलनामा करिब १५ प्रतिशत महिला शिक्षक बढी कार्यरत छन् । सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा महिला शिक्षकको सङ्ख्यामा वृद्धि हुनसकेको छैन । कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ । अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण ९२०७३÷७४० का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र महिला शिक्षक रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत महिला शिक्षक छन् । हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन् । सो सर्वेक्षणका अनुसार सामुदायिकतर्फ निजी स्रोतसमेत गरी महिला शिक्षकको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन् । निजी विद्यालयतर्फ महिला शिक्षकको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन् । सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह ९९—१२० मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन् । हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ । यस्तै १५ देखि २४ वर्ष उमेर समूहको साक्षरता दर ८८ दशमलव ६ प्रतिशत रहेको छ । रासस
अपांगता भएकाहरुको सेवा गर्न पाउँदा आत्मा सन्तुष्ठि मिल्छ
चोयाल रिन्पुचे काठमाडौको बौद्धमा १९८५ मा मार्च ४ मा जन्मेका हुन् । सानैदेखि सहयोग गर्ने भावना भएका उनले नेपाल, भारत, र अन्य देशहरुमा अनाथालय र अपांगहरुको क्षेत्रमा काम गर्दै आएका छन् । अपांगहरुको क्षेत्रमा कार्यरत संस्था बिआइएका चोयाल रिन्पुचेसँगको कुराकानी । बिआइए भनेको के हो ? बिआइए भनेको एक सामाजिक गैह्र सरकारी संस्था हो । यसले अपागंता भएका मानिसहरु वा हक अधिकारबाट बञ्चित भएका मानिसहरुको क्षेत्रमा काम गर्दै आएको छ । किन अपागंता भएका मानिसहरुको क्षेत्रमा काम गर्ने सोँच आयो ? हुन त नेपालमा जता पनि जसलाई पनि सहयोग चाहिएको छ । तर विशेषगरी केमा सहयोगको खाँचो छ भनेर रिसर्च गर्दा अन्य मानिस भन्दा अपागंता भएका मानिसहरुले रोजगारी नपाउने , घरपरिवारको सहयोग नपाएको थु्रपै उदारणहरु भेटेँ । अपाँगहरुले केहि गर्न सक्दैनन् भन्ने समाजको विद्यमान धारणाहरु पनि भेटेँ । विभिन्न ठाउँमा तालिमहरु लिएर दर्जनौ सर्टिफिकेट बोकेर बस्नेहरु पनि देखेँ तर उनीहरुले दिर्घकालीन रुपमा रोजगारी नपाएको समस्या देखेँ । कसैले सामानहरु बनाए पनि बजारसम्म लगेर बेच्न सक्ने स्थिति रहेनछ । त्यसैले मलाई अपाँगहरुको क्षेत्रमा सहयोग गर्न मन लाग्यो । चोग्याल रिन्पोचे- सञ्चालक, बिआइए कसरी सहयोग गरिरहनु भएको छ ? बिआइए भनेको उनीहरुको हक हितको लागि स्थापना भएको संगठन हो । जसले अपागँता भएका मानिसहरुलाई एउटै छातामुनि सिप सिकाउने र दिर्घकालिन रुपमा रोजगारी समेत दिने गर्छ । उनीहरुले बनाएको सामानहरुलाइ बजार ब्यवस्थापन गरिदिने र त्यो पैसा उनीहरुकै हक हितको लागि प्रयोग गर्ने गछौ । बजार व्यवस्थापन कसरी गरीरहनु भएको छ ? यहाँ विभिन्न किसिमका सामानहरु बनीरहेको प्रत्यक्ष देख्न सकिन्छ । थान्का, व्याग, अगरबत्ती देखि लिएर ह्याण्डिक्र्याफ्ट्टका विभिन्न आइटमहरु बनाउने सिकाउने र बनाउदै गरेको देख्न सकिन्छ । कहिले मानिसहरु संस्थामा हेर्ने आउँछन् । त्यहि क्रममा कति मानिसहरुले उनीहरुले बनाएको सामानहरु किनेर लैजान्छन् । कहिलैकाहि हामीले बजारमा अर्डर आएपछि त्यहाँ लैजाने काम पनि गर्छाै । अनि विदेशमा मैले पढाएका विद्यार्थीहरु नेपालमा घुम्न आउँदा उनीहरु पनि यहाँ हेर्न आउने र सामानहरु पनि किनेर लैजाने गर्छन । यसरी उनीहरुले बनाएको सामानहरुको बजार व्यवस्थापन गरेको छौ । यो सस्था कुन कुन जिल्लामा सञ्चालनमा छ ? अहिले काठमाडौमा केन्द्रित छ । जहाँ ११० जनाले सिपका साथै रोजगारी पाइरहनुभएको छ । तर यहाँ आएका मानिसहरु सुदरपश्चिमदेखि पुर्व सम्मका छन् । विभिन्न मानिसहरुले सम्पर्क गरेपछि हामीहरुले उनीहरुलाइ यहाँ ल्याएको हो । विकट जिल्लाका मानिसहरुलाई यस्तो सस्थामा आउन त गाह्रो होला नी ? त्यसैलाई मध्यनजर राख्दै हामी अब चाँडै नै यसलाई सबै अञ्चलमा पुर्याउने योजना बनाइरहेका छौ । जसले गर्दा अपागंता भएका मानिसहरुले आफ्नै ठाउँमा बसेर रोजगारी पाउन सकुन र खुसी साथ बाच्न सकुन । संस्था चलाउन लगानी कसरी व्यवस्थापन गरिहनुभएको छ ? मैले अहिलेसम्म कोही कसैबाट केहि रकम लिएको छैन । सहयोगी मन भएपछि जे पनि सकिँदो रहेछ । सुरुमा मैले आफ्नै घरमा संस्था चलाएँ । अहिले त धेरै जना हुनुभयो । त्यसैले छुट्टै घरको आवश्यकता पर्यो । विशेषगरी म विदेशमा टिचिङ गर्छु । टिचिङको क्रममा अमेरिका, चाइना, भुटान लगायतका देशमा गइरहन्छु । मैले टिचिङ गर्दा उनीहरु मेरो टिचिङ सिक्न टिकट किनेर आउँछन् । कसैले १० डलर , कसैले २० डलर दिन्छन् । त्यस्तै हाल अपांगहरुले बनाएका सामानहरुबाट आएको पैसाले २० प्रतिशत कभर गरीरहेको छ । के सधैभरी यसरी चलाउन सकिन्छ त ? मेरो इच्छा भनेको विस्तारै अपांगहरुलाई नै यो संस्था चलाउन लगाउने छ । भर्खर उनीहरु काम गर्दै छन् । सिक्दै छन् । विस्तारै उनीहरुले नै यसलाई सेल्फ सस्टेनेबल बनाउन भन्ने छ । मलाइ विश्वास छ भविष्यमा उनीहरुले नै यो संस्था चलाउने छन् । अपांगता भएकाहरुलाइ बस्ने पनि सुविधा छ कि ? बस्ने पनि सुविधा छ । जसको आधा शरीर चल्दैन । यहाँ कोही आफन्त छैन । त्यस्ता मानिसहरुको लागि हामीले खाने बस्ने लगायतका सुविधा पनि दिएका छौ । उनीहरुको सरसफाइ देखि लिएर सबै हेर्ने मान्छे रोखेका छौ । त्यस्तो भए त महिनामा लाखौ खर्च लाग्छ होला नी ? पक्कै लाग्छ । प्रत्येक महिनामा सबै खर्च गरेर १५ लाख हुन्छ । कहिले काहि खर्च व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर मलाई आशा छ एकदिन मेरो मेहेनत खेर जाने छैन । मैले जसको लागि यो सब गरिरहेको छु उनीहरुले नै संस्थालाई नेपालभरी सञ्चालन गर्नेछन् ।