काठमाडौं । रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । आइतबार काठमाडौंको बागेश्वरीस्थित रिकन्डिसन सेन्टरबाट स्कुटर चोरी गरी फरार रहेका २१ वर्षीय आकाश तामाङ पक्राउ परेका हुन् ।
प्रहरीले वृत्त गौशालामा प्राप्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार तिलगंगाबाट तामाङलाई पक्राउ गरेको हो ।
तामाङको साथबाट प्र०३-०२-०११ प २८४६ नम्बरको एप्रिला कम्पनीको स्कुटर र बा प्र-०२-०४३५ ८५४२ नम्बरको होन्डा कम्पनीको डियो स्कुटर सहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।