महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको निरीक्षण गर्दै बालेन (फोटोफिचर)
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले सुरु गरेको ‘शिक्षामा सिप’ कार्यक्रमको विद्यालय पुगेर निरीक्षण गरेका छन् । शुक्रबार मेयर बालेनले महानगरभित्रका सामुदायिक विद्यालयहरूमा पुगेर हरेक शुक्रबार हुने उक्त कार्यक्रमको निरीक्षण गरेका हुन् । बालेनले दरबार हाई स्कुल र पध्मोदय माध्यमिक विद्यालयमा निरीक्षणको लागि पुगेका थिए । ‘हामीले विद्यालयका शिक्षकहरूसँग स्रोतसाधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौं, यो निरीक्षणले विद्यार्थी र शिक्षकहरूसँग थप नजिक भएको महसुस भएको छ,’ उनले भने । मेयर बालेनले ‘शिक्षामा सिप’ कार्यक्रम आफ्नो घोषणा पत्रमा समेटेका थिए । महानगरले पुस्तकविहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरूले व्यवहारिक र जीवनोपयोगी सीप प्राप्त गर्न सक्ने बालेन बताउँछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य रहेको उनले बताए ।
तिलोत्तमाका कृषकलाई अनुदानमा औजार वितरण
तिलोत्तमा । तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार पशुपन्छी वितरण गरिएको छ । नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । नगरपालिका भित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख बराबरको साना कृषी औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुक राजु कुँवर मगरले बताए । सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनौन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय युवाहरुको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताए । सो कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल , राम प्रसाद खनाल, पशु शाखाका डाक्टर उर्जा देवकोटा, प्राबिधिकहरु महेश गौतम , गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं महानगर भित्र विज्ञापन सामग्री बाँड्ने ६१ जनालाई कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो । पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि काबराही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । ‘महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्नरनराख्न सूचना जारी गरेका छौं, र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जान्छौं,’ उनले भने । प्रमुख पाण्डेले महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताए ।