नारी दिवस (लघुकथा)

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ नारा लेखिएको ब्यानर लेखिएको भव्य मञ्चमा कार्यक्रम सुरु भयाे । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री गणेश राई प्रमुख अतिथि भएर कार्यक्रम उद्घाटन गरे । उद्घाटनपछि  उनले भने- ‘अब सबै किसिमका विभेद अन्त्य हुनेछ ।’ कार्यक्रममा पछि बसेकाहरु बीच खासखुस सुरु भयाे । ‘महिला मन्त्री पनि पुरुष’- उजेलीले भनी । ‘भागबन्डा नमिलेर हाे । चेलिबेटी बेचबिखनका मुद्दामा जेल परेकाे छाेरा छुटाउन पनि उनलाई मन्त्री नभई नहुनेथ्याे, त्यही राेजे हाेला, मन्त्री भएको हप्ता दिनमै छाेराे छुट्याे’- मनमायाले थपी । गरगहनाले सजिएर गएका महिलाहरु सासू,नन्द,आमाजू, देवरानी,भाउजू यस्ताे र उस्ताे भनेर कुरा काट्न व्यस्त थिए । विदेशी भूमिमा पसिना बगाएर कमाएकाे सम्पतिसहित छाेराछाेरी बिचल्ली पारेर पाेइला हिडेकी श्रीमती पीडित सर्वेन्द्र न्याय खाेज्दै भाैतारिएकाे १५ दिन बित्याे । त्यति बेलै रेडियोमा समाचार बज्याे,’घाँसकाे भारीले थिचिएर शर्मिलाकाे ज्यान गयाे, उपचार अभावमा दुई सुत्केरीकाे निधन ।’ महिला अधिकारका चर्का भाषणमा ताली भने चर्कै बजिरहेको थियाे । समाचार लेख्न गएका पत्रकार याे सबै सुनेर अन्याेलपूर्ण मन लिएर फर्के । भाेलिपल्ट उनकाे समाचारकाे शीर्षक भने मन्त्रीकाे भाषण मै केन्द्रित थियाे । अर्का एक स्वतन्त्र लेखक पत्रकारले लेखे- ‘एकातिर भव्य नारी दिवस, अर्कातिर घाँसकाे भारीले थिचिएर नारी मर्न विवश’ उनकाे लेखमा सबै कुरा समेटिएको थियाे । दाङसिङ, नुवाकोट हाल: पाेखरा-१०

‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन

काठमाडाैं । द आर्ट अफ लिभिङले ‘पतञ्जलि योग सूत्र’ को नेपाली भाषामा अनुवादित पुस्तक विमोचन गरेकाे छ । संस्थाले गुरुदेव रवि शंकरले व्याख्या गरेकाे उक्त पुस्तककाे साेमबार विमाेचन गरेकाे हाे । उक्त व्याख्यामा आधारित अङ्ग्रेजी पुस्तक आर्ट अफ लिभिङका प्रशिक्षक सूर्य पराजुलीले नेपाली भाषामा अनुवाद गरेका हुन् । ‘पतञ्जली योग सूत्र’ महर्षि पतञ्जलिले मानव चेतनाको उच्चतम अवस्था हासिल गर्ने तरिकाको रूपमा उल्लेख गरेका संक्षिप्त सुत्रहरूको संकलन हो । यिनै सुत्रहरूको बारेमा रवि शंकरले ज्ञानबद्र्ध्ध व्याख्या गरेका थिए । यस पुस्तकमा योगको अनुशासन, समाधि, ईश्वर, क्रियायोग, दुःखका कारण र यसबाट मुक्तिका उपाय, अष्टाङ्ग–योग आदि विषयमा सरल व्याख्या गरिएको छ संस्थाले जानकारी दिएकाे छ । संस्थाले पूर्वीय दर्शन र संस्कृतिमा आधारित विभिन्न ज्ञान संप्रेषण गर्नका लागि समय–समयमा गुरुदेव रविशंकरबाट प्रदान भएका ज्ञानसम्बन्धी जीवनोपयोगी पुस्तक प्रकाशन गरी वितरण गर्दै आएको छ । विक्रम सम्वंत २०६० सालमा नेपालमा दर्ता भई सेवारत सामाजिक संस्था हो । यसले तनावमुक्त मन र हिंसामुक्त समाज भन्ने आफ्नो उद्धेश्य हासिल गर्न विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस संस्थाले तनाव व्यवस्थापन सम्बन्धि विभिन्न तालिमहरू सञ्चालनको साथै द्वन्द्वयुक्त क्षेत्रमा शान्ति कायम गर्ने लगायत भूकम्प तथा कोरोना संक्रमण जस्ता विपत्कालीन समयमा अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको छ।  

म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी !

हो ! ठिक सुन्नुभयो । बिल्कुलै ठिक । म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ । मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन् । मलाई यो समाज, परिवार र विद्यालयदेखि डर लाग्छ । यदि मेरो ग्रेड ‘ए प्लस’ भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ । मलाई मेरो परिवारले भन्नुहुन्छ, ‘हामीले यत्रो सुविधा देको छौं तँलाई । ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ ।’ मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ । जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो ‘हिरो’ कस्तो हो भनेर ! मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका ‘ए प्लस हिरोहरू’ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त ? हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस् ! जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त ! मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त ! यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु । मैले समाज र परिवारको कुरा त गरें । अब पालो आयो विद्यालयको मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट। हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा। अब भन्नुस् कुन राम्रो हो ? खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु । अहिले यो कुरा छोडौं । अब जाऊँ मेरो ग्रेडको विषयमा ! जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा । ‘कति ट्यालेन्ट छौ तिमी’ भन्नुहुन्छ। के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो तर मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ ? के अबको १० वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन ? हाँस्ने यो अर्थमा कि पढाइको ‘हिरो’को अर्थ र परिभाषा बुझाउन । आज म जस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ ? कोही छैन ! ‘तँ तेरो जिन्दगीमा के चाहन्छस्’ भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन । म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें । अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त ? (सामाजिक सञ्जालबाट)