‘आखिर हुने भनेको एक्लै त हो’

पशुहरूले बासस्थान भेटेको, उनीले पति जलाएको यो पशुपतिले मलाई मेरो धरातल सम्झाएको हुन्छ । धेरै भएको थियोे महादेवले मेरो दर्शन नपाएको । धेरै भएको थियाै मैले मलाई भुलाएको ।आज पनि त उस्तै भिड छ सोचाइहरूको मगजमा तछाड-मछाड गरिरहेका छन् रहरहरू ओठमा ।। चुपचाप बसिरहेका छन बाध्यता आँखाको डिलमा । म सार्है मुडी छु । या भनु म निकै इमोस्नल । आज मेरो मुडमा-इमोसनमा पशुपति छाएको छ।अटेरी म बौद्वको गाडी चढेर गौशाला पुगिसके । कारण थाह छैन तर आँखाबाट यसै आँसु खसिरहेका रहेछन् । एउटै सिटमा बसेकी दिदिले अचम्मित भएर हेर्दाको थाह पाए मेरा आँखा रोइरहेका छन भनी ।। गौशालामा उत्रिए । लास जलाउने तिर सास तान्दै पुगे । सार्है गर्मी छ । घामले बदन तताइरहेका छन् ।।। शरीरले छहारी खोज्यो । म छहारीमुनिको फलैचामा बसे । वरपर हेर्दा म एक्लो थिइन । मेरो चारैतिर मान्छे थिए । कोही डेटिङ आएर प्रेमका संवाद गर्दै थिए । कोही परिवारसँग आएर ग्रुप फोटो खिच्दै थिए । कोही साथीसँग आएर टिकटक बनाउँदै थिए । कोही शिवजीको प्रसादमा लठ्ठ भएर फलैचामा पल्टिरहेकै थिए ।। त्यसैले म एक्लो थिइन । खासमा म एक्लो कहिल्यै थिइन । मसँग केही न केही, कोही न कोही त भइरहेकै हुन्छन ।। आज पनि मसँग प्रश्नहरू थिए, शंकाहरू थिए, डरहरू थिए, यादहरू थिए । सबै कुरा थिए । कल लगमा मिस पराजुली मलाई कता छौ भन्दै गाली गरिरहेकी छे । मेसेन्जरको अधिकारीले पनि मन पराउदिन म पशुपति गएको । मेसेज बक्सकी घिमिरे हुन्थी त मलाई ‘आस्था तिमी बुद्धि भएको मान्छे त हैन के’ भन्दै सिकाउथी धेरै राम्रा-राम्रा कुराहरू । यी भन्दा निकै महत्त्वपूर्ण छन मलाई मेरा फिलिङ्स, मेरा इमोसन्स, मेरा थट ।। बिहानदेखि चिया र मफिन बाहेक केही नपरेको मेरो पेटहरू अहिले निकै शान्त छन् । यी नै हुन राती हल्ला मच्चाउने ।। भोको पेटलाई गुरूङसेनी साथीले दिएको सालीमार ज्वलर्सको बोटलको पानी दिए ।। गर्मी असह्य भयो । लाइरहेको मरून कलरको आउटर खोलेर ब्यागमा राखे अनि चिहाउन थाले जलिरहेको लास भए तिर । भर्खरै एम्बुलेन्सबाट दुई लास निकालियो । लास श्रीमान्-श्रीमतीको रहेछ । लासको बच्चाहरू सानै थिए । अरू रोएको देखेर रूने खालका साना ।। किनियो फुलमाला, दियाबाती, धुप ।। तयार भैरहेको चिता माथि राखियो लास ।। लासलाई सजाइयो फुलमालाले । बालियो आगो । दिइयो दाग । जले ती बच्चाको बा-आमा ।। त्यो एक जोडी अब धुवाँ र खरानीमै सिमित भए ।। म हेरिरहे अनि सोच्दै आफैलाई सुनाएस् आखिर बा-आमाले पनि त छाड्ने रैछन’। यो माहोलबाट भाग्न मन लाग्यो अनि हिँडे बाटैबाटो ।। अलि उता पुगे । नि: शूल्क सौचालय लेखेको तिर फ्रेस हुन भनी गए । फ्रेस त त्यस्तै हो झन्डै त्याको फोहोरले भमिट भयो । ब्यागको पानी निकालेर मुख कुल्ला गरे अनि पसलमा सजाएको सामान हेर्दै । भाउ सोध्दै गेटै नीर पुगेर फेरि रूखमुनि बसे । मेरो दाँयातिर करिब २४-२५ का देखिने एक युवा र एक युवतीको भनाभन परिरहेको थियो।उनीहरू जोडी रहेछन ।। के कुरामा चित्त नबुझेर झगडा गर्दै थिए ।। मलाई कसैको चिओचर्चा गर्न त मन पर्दैन तर उनीहरूको कुरा सुन्दा यस्तो भेटियो” केटि- पहिल्यै जस्तो छैनौ तिमी फेरियौ रोहित! तिमीलाई मेरो वास्ता लाग्दैन, न समय दिन्छौ न मेरो कुरा नै मान्छौ । आइ थिन्क तिम्रो म मा इनट्रेस घटेको छ । केटा- के ? मानषी तिमी होसमा त छौ । म बिजी छु । सधै तिम्रो पछि लाग्न म तिम्रो पुच्छर होइन ।सधैंको किचकिच । लेट्स ब्रेकअप !!! यति भनेर केटिको हातमा एउटा डेरी मिल्क थमाएर केटा पार्किङ तिर लाग्यो र भेस्भाको एउटा स्कुटि लिएर केटिको आखै अघिबाट निस्कियो ।। केटि हातको डेरी मिल्क निचोर्दै सुकसुकाउन थाली ।। ब्यागबाट टिस्यु निकाल्दै आँसु पुस्दै,आसु बगाउन थाली ।। म साइडमा बसेर त्यो दिदी उमेरको केटिलाई हेरिरहे ।। केटिले मोबाइल निकाली र गनगनाउन थाली ।। सायद उ मोबाइलको फोटेज डिलिट गर्दै थिइ ।। करिब ३-४ बर्षको उनीहरूको सम्बन्धले तोडिन १ घण्टा पनि लागेन ।। त्यो माहोलबाट म फेरि भागे । रोड क्रस गरेर चक्रपथ परिक्रमा ‘महानगर यातायात’ चढे। झ्यालकै सिट पाएकाले मैले देखेको दुई घटनालाई जोडेर यति सोच्न भ्याए ।। पहिलो दृश्यमा ‘बा-आमा मरेर बच्चालाई छाडे’। दोस्रो दृश्यमा ‘प्रेमि प्रेमिकाले एकअर्कालाई स्वइच्छा छाडे’। अन्ततः एक्लै झ्यालको सिटमा बसेकी मैले चक्रपथ परिक्रमा भरि यति सोच्न भ्याए ‘बा-आमा मर्छन, प्रेमीहरूले छाड्छन्-आखिर हुने भनेको एक्लै रहेछ’ ।।।।

तिमी मलाई बिर्सिसक्यौ तर म बिर्सिनसकेन

हजारौं भिडमा तिमलाई मात्रै खोजिरहन्छ मेरो आखाले तर के गर्नु तिमीलाई पाउनसकेन सायद मेरो भाग्य खराब हुन सक्छ! राती सुत्दा तिमीसंग कुरा गरेर सुत्थे, बिहान उठ्दा तिम्रो अगाडि हुन्थे, बेलुका पनि तिम्रै नजिक हुन्थे तर तिमी मेरो भएनौ सायद मेरो भाग्य खराब थियो । राप र ताप सहेको कोईला हिरा बन्छ सहन नसक्नेहरूको नियति धुवाँमा परिणत हुने निश्चित छ । म अहिले पनि कहिले काँही भित्री मनबाट रून्छु र रूईदिन्छु तर के गर्नु तिमीले जति रूवाए नि तिमीसँग कुरा गरेको आद आईदिन्छ । बर्ष तिम्रै लागि संघर्ष गरे, हुन त दुईवर्ष मै सबले राम्रो भन्थे मलाई तर केही महिना पछि तिमीले मलाई छोडेर गयौ सायद मेरो भाग्य खराब हुन सक्छ । म तिमीलाई सधै आफ्नो जिन्दगी समझेर बसे तर तिमी मलाई केही समझेनौ । मैले तिमीलाई पाउनलाई धेरै संघर्ष गरे तर तिमी मेरो हुन सकेनौ सायद मेरो भाग्य खराब थियो। मैले तिमलाई पाउनलाई मेरो निन्द्रा हराईसकेको थियो तर तिमी मेरो भएनौ । म तिम्रो लागी मेरो घर, गाउँ, साथी सबै छोडे तर तिमी मेरो हुन्न सकेनौ । मैले जति माया दुनियाँमा कसैले कसैलाई गरेन । रोमियो र जुलियट, मदन र मुुना, नैना र रेशम भन्दा धेरै माया थियो तिमि प्रति मेरो तर तिमी मेरो भएनौ । जहाँ मैंले आफुले आफैलाई बिर्सिन्छु, त्यहाँ तिमीलाई सम्झिन्छु मेरो प्रिय जिन्दगी तिमी तर तिमी छोडेर गयौ । तिमीले मेरो इज्जतमा दाग लगाएको छौ तर जे होस हुन त चन्द्रमा पनि दाग थियो तर उनले यस्तो काम गरेको छ कि पुरा संसारको सामु अतिउत्तम बनेको छ । एउटा कुरा अवश्य छ भाग्य बदलन नसकुला तर मेहनत गरेर भविष्य बदलन सक्छु । रहर गुमाए, आफन्त गुमाए, घर गुमाए, म भित्रको अतिउतम मान्छे पनि गुमाए , तिम्रो लागि यो शहर आएर । म भित्र पनि कहानी थियो बर्षौ देखि लुकेको कहाँ जाउ कसलाई बताऊ तिमीले मलाई छोडेको । मेरे मस्तिष्कले जहिले नि सोचथ्यो मेरो संघर्षले तिमीलाई सजिलो पाउन सक्छु तर के गर्नु मेरो भाग्य खराब होला सायद तिमीलाई पाउन सकेन । दिनको उज्यालोमा घाम जस्तै म जहाँ पुगु त्यहीँ पछ्याउछन् । कहिलेकाँही बतासले रुख हल्लाएझै मुटुमा कम्पन लिएर आउछन् तर के गर्नु तिमी मेरो भएनौ । तिमीलाइ सँधै आफुभन्दा बढी माया गर्ने मान्छे तिम्रो साथी म नै थिए तर तिमी मेरो भएनौ । मेरै साथी तिमीलाई पाउनलाई असफलबाट सफल भए तर म सफलबाट असफल भए सायद तिमी मेरो भाग्यमा थिएनौ । मेरो सोना पाउने रहर थियो तर चाँदी पाए जे भएनी ठिकै छ । तिमी मेरो लागी प्रियभन्दा पनि प्राणप्रिय छौ तिमी बिर्सिसक्यौ तर म तिमीलाई बिर्सिन सकेन । जेहोस तिमीलाई पाउन पाँच वर्ष लागोस , सात बर्ष लागोस या जति बर्ष पनि लागोस म तिमीलाई पाएरै छोड्छु । तिमीलाइ सँधै आफैुभन्दा बढी माया गर्ने मान्छे तिम्रो साथी जयप्रकाश !

एउटा संचारगृहबाट प्रकाशित आर्टिकलको संगालो अर्को प्रकाशकले किताब बनाएर बेच्न पाइन्छ ?

काठमाडौं । जेठ ८ गते अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको ‘अतृप्त अवसर’ पुस्तक सार्वजनिक भयो । फाइन प्रिन्टले प्रकाशन गरेको सो पुस्तकको मूल्य हार्ड कभरको ५ सय ९८ रुपैयाँ थियो । काठमाडौंको बबरमहलमा रहेको कार्की व्याङ्क्वेटमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झा र लेखक डा. वाग्लेले सो पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्ने कार्यक्रमसँगै ‘समसामयिक अर्थ राजनीतिक विमर्श’ पनि गरिएको थियो । सो विमर्शको संचालन सेतोपाटी डटकमका प्रधान सम्पादक अमित ढकालले गरेका थिए । सो पुस्तकमा १९ वटा शीर्षकका लेख छन् । यस्तै, ६ वटा अन्तरवार्ता छन् । पुस्तक २६६ पृष्ठको छ । लेखहरु कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक, आर्थिक पत्रकारहरुको संस्था सेजनको स्मारिका, सेतोपाटी डटकम, बाह्रखरी डटकम, अनलाइनखबर डटकम, काठमाडौं प्रेस डटकम जस्ता संचारमाध्यममा पहिला नै प्रकाशन भएका र त्यहीबाट साभार गरिएको पुस्तकमै उल्लेख गरिएको छ । अन्तरवार्ताहरु पनि यस्तै गरी साभार गरिएका हुन् । तर, त्यस पुस्तकमा नयाँ केही पनि लेखिएको छैन । लेखक डा. वाग्लेले यसअघि नै सार्वजनिक संचारमाध्यममा लेखेका आर्टिकल साभार गरिएको छ । अन्तरवार्ता पनि विभिन्न संचारमाध्यममा प्रकाशित अन्तरवार्ताको संगालो मात्रै हो । ‘अतृप्त अवसर’मा लेखकले मात्रै होइन, भूमिका लेख्ने व्यक्तिले पनि एक शब्द समेत लेखेका छैनन् । पुस्तकमा भूमिका भनेर लेखिएको लेख नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाममा छ । तर, भूमिका गगन थापाले नेपाली काँग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘हाम्रो ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली’ नामक अर्थ राजनीतिक प्रस्तावको सम्पादित अंश राखिएको छ । पहिला प्रकाशन भएका आर्टिकलाई पुस्तकको रुपमा पुनः प्रकाशन गर्ने क्रम पछिल्लो समय बढ्दो मात्रामा छ । यसमा डा. वाग्ले पछिल्लो व्यक्तिका रुपमा जोडिन आइपुगेका मात्रै हुन् । पछिल्लो समय आएका धेरै पुस्तकहरु पहिला नै प्रकाशन भएका लेख रचनाहरुको संगालोको रुपमा आउन थालेका छन् । पहिला विभिन्न संचारमाध्यममा प्रकाशित आर्टिकलको संगालोलाई पुस्तकको रुपमा पुनः प्रकाशन गर्न पाइन्छ कि पाइदैन ? प्रकाशित आर्टिकलको कपिराइट लेखकसँग मात्रै हुन्छ कि सम्बन्धित संचारगृहसँग पनि हुन्छ ? हामीले यो प्रश्न नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका सूचना अधिकारी लालबहादुर बस्नेतसँग सोधेका थियौं । बस्नेतले संचार माध्यममा प्रकाशित लेख रचनाको अधिकार लेखक र सम्बन्धित संचारगृहसँग हुने बताए । ‘लेखकसँग नैतिक अधिकार हुन्छ, संचार माध्यमले पैसा तिरेर कुनै विषयमा आर्टिकल लेखाएको छ भने त्यही आर्टिकल फेरि पुस्तकको रुपमा प्रकाशन गर्न पहिला लेख प्रकाशित गर्ने संचारगृहको अनुमति पनि आवश्यक हुन सक्छ तर, यसमा लेखक र लेख रचना प्रकाशित गर्ने संचारगृहबीच भएको सम्झौता नै मुख्य हुन्छ,’ बस्नेतले विकासन्युजसँग भने । यस्ता विषयमा कार्यालयमा अहिलेसम्म कुनै विवाद नआएको र आएमा अदालतसम्म पुग्न सक्ने उनले बताए । यो विषयमा हामीले ३ जना सम्पादकहरुसँग पनि कुरा गरेका थियौं । हामीसँग कुरा गरेका तीनै जना सम्पादकले यो विषय लेखकको नैतिकता र इमान्दारितासँग बढी सम्बन्धित हुने बताए । ‘यस्ता विषय विवादको रुपमा अदालत प्रवेश गरेका छैनन्, गरे भने एक प्रकारले कानूनी निरुपण होला, संचारगृहले दिएको सामान्य पैसाको भरमा आफ्नो रचना फेरि आर्थिक प्रयोजनको लागि प्रयोग गर्न सर्जकले पाउने कि नपाउने भन्ने एउटा विषय भयो, संचारगृह र सर्जक सहमत भएपछि मात्रै पुस्तक प्रकाशन गर्ने परिपाटीमा गयौं भने समस्या हुँदैन होला,’ एक सम्पादकले भने । अर्का एक सम्पादक भने उपभोक्तामाथि अन्याय भएको बताउँछन् । ‘मैले लामो समय काम गरेको संचारगृहमा हजारभन्दा बढी आर्टिकल लेखेको छु होला, ती सबै आर्टिकल संकलन गरेर पुस्तक निकाल्न पाउने कि नपाउने ? आजकै एउटा कार्यक्रम गएर पुस्तक किनेर ल्याएका साथीहरु रिसाउँदै थिए, चर्चित व्यक्तिले चर्चित मिडियामा लेखेको लेख चासो हुनेले पढेकै हुन्छन्, त्यस्ता लेख मात्रै संकलन गरेर पुस्तकको रुपमा विक्री गर्दा उपभोक्ता ठगिएको भनेर साथीहरु भनिरहेका छन्,’ ती सम्पादकले भने । अर्का एक सम्पादक भने यो विषयमा बहस जरुरी भएको बताउँछन् । ‘आर्टिकल संकलन गरेर पुस्तकको रुपमा बजारमा ल्याउने विषय कति जायज हो भनेर त्यति विमर्श भएको छैन, यो विषयमा राम्रै बहस गर्नुपर्ने आवश्यकता देखिएको छ,’ ती सम्पादकले भने ।