लघुकथाः डाकु भाइ र कोभित भाइ

हिजो एकैदिन डाकु भाइ जेल र कोभित भाइ कोरोना मुक्त भएछन् । अब दुबै समाजमा स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने भए ।आखिर दुबैले पाएको मुक्ति समान थियो । डाकु भाइ गाउँलेलाई जताउन चाहन्थ्यो कि ऊ थुनिने बित्तिकै कति चाँडो थुनामुक्त भयो । उस्को कत्रो पहुँच र पावर छ । ताकि आईन्दा गाउँलेहरु उस्को सानोतिनो कुकर्मलाई उजुरी गर्न हिम्मत नगरुन् । त्यसैले ऊ बिना माक्स पुरै अनुहार देखाउँदै ठूलो-ठूलो स्वरमा गाउँलेको हालचाल सोध्दै शानसँग हिड्यो । उसलाई हालचाल बताउन नहिच्किचाएका गाउँलेहरुले कोभित भाइकाे घरतिर संकेत गर्दै-“त्यो अपराधीको तिर चाहिँ नजानु है” -भन्न पनि भ्याए । उता कोभित भाइलाई पनि गाउँलेहरुलाई ‘कोभिड’, त्यसका लक्षण, बच्न अपनाउनुपर्ने सवधानी र ‘काेभिड’ भैहालेमा गर्नुपर्ने स्वास्थ्यको हेरचाहको बारेमा जानकारी गराउन मन थियो । त्यसैले ऊ मुखमा माक्स, हातमा पन्जा लगाएर आफैं सजग भई ‘सामजिक दूरी’ कायम गर्दै गाउँ निस्कियो । उस्ले भेटिएकाहरुलाई सानो स्वरमा सोध्यो, ” सन्चै हुनुहुन्छ हजुर ?” उ सचेत थियो, ठूलो स्वरमा बोल्दाभन्दा सानो स्वरमा बोल्दा आफूभित्र भएका जुनसुकै जीवाणुहरु अरुलाई सर्न पाउँदैन भनेर । त्यसैले सावधानी अपनाएको थियो उस्ले । तर ती भेटिने हजूरहरुले उसलाई अपराधी झै ठानेर तर्किए अनि झर्किदै भने- “अबको सन्चोको के ग्यारेन्टी ? तिमी गाउँ पस्यौं, कतिलाई विसन्चो पार्ने हौ !” कोभित भाइ अचम्मित भयो । उता ज्ञान विज्ञान र चिकित्साशास्त्रले खालो सार्न नसकेपछि कोभित भाइहरु जस्तैका प्लाज्माले सिकिस्त बिरामी फिराउन सफल भएकाे समाचार तिनै झर्कने हजुरहरुको मोबाइलमा बजिरहेको थियो । यस्तो बेला जतिबढी कोभित भाइहरु संक्रमण मुक्त भए त्यति नै अरु बढी संक्रमितको ज्यान बचाउन सक्ने एन्टिबडी देशमा उपलब्ध हुँदै थियो । मृत्युसँग लडेर, मृत्यु परास्त पार्न सक्ने क्षमता लिएर आएका उनीहरुलाई राज्यले सुरक्षा र समाजले सम्मान गर्नु पर्ने कि अपराधीलाई झैं दुर्व्यवहार ? आज उनीहरूलाई तिरष्कार गर्नेहरूलाई भोलि बाँच्न उनीहरूकै एन्टिबडीले बचाउने दिन नआउला भन्न सकिन्छ र ?

तिम्रो कला साधनाको गुन तिर्न सकौं, राष्ट्रकवि ।।

मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।। तिम्रो कला साधनाको गुुन तिर्न सकौँ जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।। ३. आधा गौरी आधा माधव भइ तिमी जियौ जाने बेला सुुन्दर कृति ऋतम्भरा दियौ ।। शास्त्रीयता स्वच्छन्दता वाद दुुबै मिलाई काव्य जगत् उर्वर पार्ने तिमी रत्न थियौ ।। ४. देवकोटा लेखनाथ समको एकाकार तिमी काव्यशक्ति देख्दा देवकै उपहार तिमी ।। आदर्श र अनुुकरणीय व्यक्तित्व हौ सरल सरस जिन्दगीको एउटै सार तिमी ।। ५. पिइरहूूँ लाग्ने साँच्चै तिम्रो काव्य धारा वियोगमा रोइरहेछन् नेपाली जन सारा ।। गाउँछ गीत नेपालीको ज्योति चम्काएर साहित्य आकाशका तिमी थियौ धुुव्र तारा ।। नुवाकोट, हालः पोखरा–११

दुुई गजलः तीजको रमझम+सम्झिएर

लेखक १. तीजको रमझम तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बैनी ।। निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि अश्रुधारा थामिदैनन् रुमाल त्यै ले धुन्छु बैनी ।। देह छैन तर तिम्रो आत्मा साथ सधैँ फोटो हेर्दै सपनिमा तिम्रो स्वर सुन्छु बैनी ।। सगैँ खाए खेलेको पल कति रमाइलो हुन्थ्यो बेहोसीमा मर्छु भन्दै विद्युत् रेखा छुन्छु बैनी ।। तिहारको रमझम सप्तरङ्गी टीका फूल सम्झि निधार छाम्दै मखमली माला उन्छु बैनी ।। २. सम्झिएर सम्झिएर विगत दर खाएपछि आँसु बग्छ ।। तीजको लहर लहरिदै आएपछि आँसु बग्छ लुकाएर राख्छु भन्छु आँसु आँखा भित्र भित्रै गाउँका दिदी बैन्ले तीज गीत गाएछि आँसु बग्छ ।। खुसी लुट्यो आशा टुट्यो पापी रैछ दैव सबले रातो सिन्दुर पोते लाएपछि आँसु बग्छ ।। पापिनीको बात,एक्लो रात,घात पाएँ सबै बैँसमै अन्धकारले जीवन छाएपछि आँसु बग्छ ।। कति सुन्दर जीवन जीउने सपना संगालेथेँ सहाराहीन भई दुःख पाएपछि आँसु बग्छ ।। नुुवाकोट, तारकेश्वर गापा १