स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो 

स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो हिमचुलिको काखमा निदाउन मन लाग्यो हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो हरेकको भित्री मनमा, उत्साह भर्न मन लाग्यो निदाएका छैनन् मेरा यी, सपना अझै देख्दैछु चारैतिर उमङ्ग अनि, सौहार्द हेर्न मन लाग्यो मिलनका गीत सँगै, बासुरी बजाउन मन लाग्यो कल्कलाउदा छन् रहर मेरो, प्रीतको धुनमा रम्दै सङ्गीतको तालमा ताल मिलाई नाच्न मन लाग्यो हृदयदेखि सबैलाई फेरी स्वागत गर्न मन लाग्यो अतृप्त छन् चाहना मेरो, अझै मुस्कुराउन पाउँ जताततै सबैतिर खुशियाली भर्न नि भर्न पाउ परेवाको पखेटामा, शान्तिको बिउ नि छर्न पाउ कलिला ती पाइलाहरु, लम्किदैछ देख्दैछु बुद्धका देशमा, उपदेश होइन मित्रता गर्न आउँदैछु त्यसैले तँ मुटु खोली हास्न मन लाग्यो एक्लै होइन एकजुट होउ, बाटो आफै बन्दै जान्छ पाइला पाइला अघि बढौं कसिङ्गर नि हराउँछ शान्ति दीप प्रज्बलन गर्न, धेरै मन लाग्यो हृदयदेखि सबैलाई स्वागत गर्न मन लाग्यो

टिकटक प्रयोगकर्तालाई अफरः उत्कृष्ट भिडियो बनाउनुहोस्, नगद पुरस्कार जित्नुहोस्

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक-टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्जको आयोजना गरेको हो । सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितिय तथा तृतिय उत्कृष्ट भिडियोले क्रमश १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । साथै, छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाईल टप अप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरी सक्नु पर्नेछ जसकाे नतिजा असोज २० गते प्रकाशन गरिनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

बालदिवसको नाममा कोकोहोलो गर्दै नगर (कविता)

२९ भाद्र आज फेरि मनाइदैछ बाल दिवस लाखौँ बालबालिका जिउदै मर्न छन् यहाँ विवश बाल दिवसको नाममा बन्ने लाखौँका भर्पाइ अनि बिल हुन्छन् के यो वर्ष किनकी कोरोनाले तारे होटल सब छन् सिल । खोलाको किनारमा बाबु आमा संगै गिट्टी कुट्ने इटा भट्टामा आफु भन्दा गहौ भारी बोकी कुद्ने गल्ली गल्लीमा फोहरसंग भेटिने बालअधिकार सबै गरिबीमै रेटिने । निशुल्क शिक्षा संविधानको धारामै सिमित हुँदा स्कुल छोड्न बाध्य छन् बालबालिका कापी र कलम नहुँदा सिकुटे शरीर छ पौष्टिक आहार कुन चरिको नाम हो मन्त्रालय पनि छ रे त्यसको खै के काम हो । ट्याम्पो अनि ट्याक्सीमा झुण्डिएर दिनभरी सम्झिन्छ विद्यालय अनि भविष्य घरीघरी बाल विकास, बचाउ संरक्षण र सहभागिता बाल अधिकार संरक्षणमा खै कस्को छ संवेदनशिलता । विकास छैन सबैतिर तिरस्कारमा बालबालिका परिवारमै सुरक्षित छैनन् नेपालमा बालबालिका बाल सहभागिता समाजमा विरलै स्वीकारिन्छ माउ भन्दा चल्ला बाठा भनेर हकारिन्छ । पर्दैन हाम्रा नाममा सेमिनार अनि गोष्ठी गर्न वर्षको एकदिन शुभकामनाले पत्रिका भर्न सक्छौ भने संवैधानिक व्यवस्था कार्यान्वयन गर नत्र बाल दिवसको नाममा वर्षको १ दिन कोकोहोलो गर्दै नगर । कोहलपुर बाँके