घर कस्तो बनाउने ? निर्माण सामाग्री के प्रयोग गर्ने ?
कृष्णभक्त दुवाल कृष्णभक्त दुवाल इन्जिनियर हुन् । उनी विगत १० वर्षदेखि खोप इन्जिनियरिङ कलेजमा पढाउँछन् पनि । उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट नविकरणीय उर्जा विषयमा सन् २००९ मा एमई गरेका छन् । उनको अगुवाईमा इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले घर निर्माणको नयाँ सामाग्री उत्पादन तथा बजारीकरण गर्दै आएको छ । सो कम्पनीको उनी प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक छन् । आफै इन्जिनियर, आफै मास्टर, अनि निर्माण सामाग्रीको उद्यमी पनि । त्यसैले आधुनिक र गुणस्तरी निर्माणमा जोड दिन्छन् । ‘घर बनाउँदा सुरक्षीत हुनुपर्छ, वातावरण मैत्री निर्माण सामाग्रीको प्रयोगमा हुनुपर्छ । नविकरणीय र किफायति उर्जाको प्रयोग हुनुपर्छ’ उनको सुझाव छ । उनको परिवारले ३३ वर्ष पहिलेदेखि इटाभट्टा व्यवसाय गर्दै आएको छ र अहिले पनि इटा भट्टा चलाउँछन् । आफ्नो परिवारले चलाएको इटाभट्टले प्रदुशण गरेकोले त्यसको विकल्पमा अन्य निर्माण सामाग्री उत्पादनतिर आफू लागेको उनी बताउँछन् । कस्तो घर बनाउने ? उनी पटक पटक विदेश विदेश जान्छन् । कस्तो घर बनाउनु पर्छ ? कस्तो निर्माण सामाग्री नेपालको लागि उपयुक्त हुन्छ ? उनको दिमागमा जहिले पनि रहन्छ । धेरै देशमा धेरै प्रकारको घर देखेका छन् उनले । उनी भन्छन्–जापानमा भूकम्पीय सुरक्षालाई बढी प्राथमिकता दिइन्छ । भूकम्पले नलड्ने सानो र हलुका घर बनाउन जोड दिईन्छ । घर लड्यो भने पनि मान्छे सुरक्षीत रहने किमिमले हलुका निर्माण सामाग्रीको प्रयोगमा जापानीहरुले जोड दिन्छन्’ दुवाल भन्छन्–‘गर्मी वातावरण भएका देशमा घर भित्र तातो हावा छिर्न नदिने उपाय अपनाईन्छ, चिसो वातावरण हुने देशमा घर भित्र कसरी न्यानो बातावरण बन्छ भनेर सोही अनुसार निर्माण सामाग्री प्रयोग गरिन्छ ।’ नेपालका कस्तो निर्माण सामाग्री प्रयोग गर्ने त ? दुवाल भन्छन्–‘नेपालीको पहिलो प्राथमिकता चोर पस्न नसक्ने बलियो घर बनाउनु हो । २०७२ सालको भूकम्प पछि भूकम्पीय सुरक्षालाई पनि नेपालीहरुले प्राथमिकतामा राखेका छन् ।’ उनका अनुसार नेपालीलाई घर भित्र सर्प छिर्ने डर पनि हुन्छ । जंगली जनावर छिर्ने डर पनि हुन्छ । चोर पस्ने डर पनि हुन्छ । जाडो र गर्मीबाट बच्ने घर पनि चाहिन्छ । घर कसरी बनाउने ? प्राकृतिक स्रोत साधान कम प्रयोग गरि निर्माण सामाग्री निर्माणमा विश्वले जोड दिएको छ । तर एशियामा अझै पनि परम्परागत (कन्भेन्सनल) निर्माण सामाग्रीको प्रयोग गरिन्छ । नयाँ घर वातावरण मैत्री, कम उर्जा खपत हुने, बलियो र निर्माण लागत कम हुने घर बनाउनु बुद्धिमानी हुने उनी बताउँछन् । यस्तो घर बनाउन मद्दत पुग्ने गरी आफ्नो कम्पनीले ‘गोर्खा इको प्याजन’ ब्राण्डको निमार्ण समाग्री उत्पादन गरिरहेको उनले बताए । गोर्खा इको प्यानलका सामाग्रीहरु बातावरण मैत्री, घर बनाउन छिटो हुने, सस्तो हुने र ७० वर्षसम्मको ग्यारेन्ट हुने उनी बताउँछन् । प्रदूषण न्युनीकरणका लागि थर्माेकोलबाट बनेको इको प्यालन उचित निर्माण समाग्री भएको उनी बताउँछन् । यसको जडान मजबुद हुन्छ र यो वातावरणमैत्री छ । यसमा सजिलै विद्युतयी उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिन्छ । सस्तो र छिटो गोर्खा इको प्यानल निर्माण सामाग्री प्रयोगले गाह्रो बनाउँदा ईटाले भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पर्ने उनी बताउँछन् । यसको प्रयोगबाट साना घर ७ लाख रुपैयाँसम्ममा बन्ने र २२/२५ लाख रुपैयाँ लगानीमा ठूला घर निर्माण हुने उनी बताउँछन् । भवनको संरचना लगायत विभिन्न भाग कारखानामा पहिले नै बनाएर निर्माणस्थलमा लगेर जडान गरिने भएकोले यसको प्रयोगबाट छिटो निर्माण सम्पन्न हुन्छ, किनकि यो चाँंडो जडान गर्न सकिन्छ । कम्पनीले दुई इन्चदेखि नौ इन्च मोटाइसम्मको इको प्यानल उत्पादन गर्दै आएको छ । चौडाई दुईफिट र लम्वाई साढे सात फिटको इको प्यानल जडानमा छिटोछरिटो र मजबुद रहेको कम्पनीको दावी छ । कम्पनीले स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामाग्रीको उत्पादन गरिरहेको छ । इको प्यानल स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्स निर्माणमा पनि प्रयोग हुँंदै आएको छ । कम्पनीका अनुसार गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो । यो परम्परागत निर्माण सामाग्री भन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउण्ड इन्स्युलेशन, वाटर प्रुफ तथा फायर प्रुफ रहेको छ । यसका उत्पादन हलुका रहेकाले यो भूकम्प प्रतिरोधी समेत छ । इन्टरनेशल ग्रीन डेभलपर्स नेपाल प्रालिले बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि गोरखा इको प्यानल उत्पादन गर्दै आएको छ । यसले प्रयोग गरेको प्रविधि बहराईनको हो । वहराइनमा विकास भएको प्रविधिमा आधारित यस उद्योगले सुरुमा ५० प्रतिशत बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्माण थालेको थियो । पछि कम्पनीले पुल्चोक इन्जिनियरिंग क्याम्पससँंगको सहरिसर्चमा नेपाली कच्चा पदार्थको प्रयोग वृद्धि गर्न कम्पनी सफल भएको छ । हाल १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग हुने गरेको कम्पनीले जनाएको छ । नयाँ प्रविधि, नयाँ प्रयोग विश्वका विभिन्न मुलुकमा दशकौंदेखि प्रयोग हुँदै आएको यस्तो प्रविधि नेपाल भित्रिएको भने धेरै भएको छैन । नयाँ प्रविधि भएकोले नेपाली समाजमा यसको प्रयोग र बजार विस्तार चूनौति पूर्णछ । आरसीसी घर बनाउँदै आएका नेपालीलाई नयाँ प्रविधि सिकाउँदै जानु पर्ने देखिएको छ । ‘गोर्खा इको प्यानलको पहिलो ग्राहक विदेशमा काम गरेर फर्केका नेपाली हुन् । घर बनाउँदा उनीहरुको पहिलो रोजाई इको प्यानल हुने गरेको छ’ दुवाल भन्छन्–‘छोराछोरी विदेशमा छन् र नेपालमा नयाँ घर बनाउनु छ भनेर उनीहरुले आफ्नो घरको अविभावकलाई इको प्यालन प्रयोग गर्न भन्छन् । छोराछोरीको सुझाव मानेर नयाँ प्रविधि र नयाँ निर्माण सामाग्रीको प्रयोग गर्ने संस्कार विकास हु्ँदै गएको छ ।’ पछिल्लो समय कर्पोरेट आउसहरुमा यसको प्रयोग बढेको छ । ललितपुर बालकुमारीको वेस्टर टावर, कलंकीको नेसनल विजनेस ट्रेड सेन्टर, बानेश्वरको श्रीकृष्ण टावर, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, निर्वाचन आयोग, ख्वपः कलेज, लगायतमा गोरखा इको प्यानलको प्रयोग गरेको छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिप्रदी ट्रेडिङ, नर्भिक इन्टरनेशनल हस्पिटल, नोवल एकेडेमी, नेपाली सेना, मेट्रो काठमाडौं हस्पिटल लगायतले गार्खा इको प्यानलका निर्माण समाग्री प्रयोग गरि नयाँ भवन बनाउने तथा पुराना भवनहरु पार्टेशन गर्ने काम गर्दै आएको उनले बताए । गुणस्तरी प्रिफ्याव वा इको प्यानल पनि धेरै प्रकारका हुन्छन् । नेपालीमा प्रिफ्याव भनेपछि त्यसबाट बन्ने संरचना अस्थायी, सस्तो अनि कमसल मात्रै हुन्छन् भन्ने भ्रम छ । जुन सरासर गलत हो । गुणस्तरीय प्रिफ्याबबाट पनि स्थायी एवं टिकाउ संरचनाहरु निर्माण गर्न सकिन्छ । फ्याक्टीमा पहिले बन्ने गुणस्तरीय प्रिफ्याबबाट गगनचुम्बी भबनहरु, स्थायी घरहरु, विद्यालय, अफिस, हस्पिटल आदि इत्यादि सजिलै र छिटोछरितो निर्माण गर्न सकिन्छ । यो भ्रमलाई चिर्दै गोरखा इको प्यानलको प्रयोग देशको विभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको छ । दुवालका अनुसार कम्पनीको उत्पादनको माग पनि बढ्दो छ । कम्पनीले आईएसओ ९००१ः २०१५ चिन्ह प्राप्त गरेको गरिसकेको छ । भूकम्पीय सुरक्षा इटाको सट्टा प्रिफ्यावका वालहरु लगाउने हो भने भूकम्पीय दृष्टिकोणले जोखिम कम हुने इन्जियर दुवाल बताउँछन् । किनकि इटा भन्दा यो हलुका छ । कम भार परेर भूकम्पीय दृष्टिकोणले यो कम जोखिमपूर्ण हुने भएको हो । त्यति मात्रै होइन, यसको प्रयोगले घरको निर्माण लागत पनि हुन जान्छ । बजार विस्तार भक्तपुरमा कारखाना रहेको यसको उत्पादन देशैभरि ठाउँंठाउँंमा रहेको डिलर्समार्फत उपलव्ध छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका बाहिरका विराटनगर, इटहरी, हेटौडा, चितवन, पोखरा, दाङ्ग, धनगढीमा यसका डिलर्सहरु रहेका छन् । भक्तापुरमा उत्पादित यी निर्माण सामाग्री पूर्वमा झापादेखि पश्चिममा नेपालगञ्गजम्म बिक्री हुन्छ । यसरी निर्माण सामाग्री ढुवानी गर्दा २/३ प्रतिशत महँगो हुने गरेको उनले बताए ।
ट्वाइलेटमा बसेर मोबाइल चलाउनु स्वास्थ्यका लागि हानिकारक
आजभोली मोबाइल मानिसको जिन्दगीको अहम् हिस्सा भइसक्यो । मानिसलाई मोबाइलबिना एक मिनेट पनि रहन गाह्रो पर्छ । यतीमात्र होइन धेरैजसो शौचालयमा पनि मोबाइल लिएर जानेगर्छन् । मोबाइल फोन डायरी मात्र नभई अब दैनिक पत्रिका जस्तो भइसकेको छ । एक समय यस्तो पनि थियो जब मान्छे पत्रिका वा म्यागजिन लिएर ट्वाइलेट जानेगर्दथे । अब ती मानिसहरु मोबाइल लिएर ट्वाइलेट जानेगरेका छन् । तर के तपाईंलाई थाहा छ ? जब तपाईंले ट्वाइलेटमा मोबाइल लानुहुन्छ भने तपाईंको मोबाइलमा ब्याक्टेरिया जस्तो खतरनाक किटाणु टासिन्छन् । ट्वाइलेटबाट निस्केपछि तपाईंले हात धुनुहुन्छ होला । तर तपाईंले मोबाइल त धुन मिल्दैन । तपाईं फेरि मोबाइल चलाउनुहुन्छ । तपाईंका हातमा किटाणु बस्छन् र तपाईंले हात धोएको बेकार हुन्छ । सार्वजनिक शौचालयमा यस्तो स्थिती झन् भयानक हुन्छ । अफिस, कुनै होटल वा रेष्टुरेन्टको सार्वजानिक ट्वाइलेटमा मोबाइलको प्रयोग गर्दा विभिन्न खतरनाक ब्याक्टेरिया पनि सम्पर्कमा आउछन् । मोबाइलमा ब्याक्टेरियाको जोखिम बढी नै हुन्छ । मोबाइलको प्रयोग गर्दा तात्छ । जसले गर्दा ब्याक्टेरियालाई जिवित राख्न र हुर्किनका लागि तातो वातावरण उपयुक्त हुन्छ। यही मोबाइल हामी खाना खाँदा पनि प्रयोग गर्छौं । यही बेलामा हातमा लागेको तेलपनि मोबाइलमा लाग्छ । यसले पनि ब्याक्टेरियालाई बढ्नमा मद्दत पुर्याउछ । पुरानो चलन अनुसार ट्वाइलेटमा मोबाइल फोन लानुको साटो अखबार वा म्यागजिन लानु बुद्धिमानी हुन्छ । वा ट्वाइलेटमा खाली हात जानु नै सबैभन्दा उत्तम तरिका हुन्छ। केही समय दिमागलाई खाली राख्नु पनि पर्छ ।
परम्परागत तीज, जाँडसहितको दिवा भोज र कट्टु डान्स
तीज एक सांस्कृतिक पर्व हो । हिन्दु धर्मालम्वि नारीहरुको महान पर्व तीज नेपाल लगायत विश्व भर जहाँ जहाँ हिन्दु छन् त्यस क्षेत्रमा मनाईने गरिदै आएको ईतिहास छ । बिशेष गरेर तीज पर्व हिन्दु नेपाली महिलाहरुको एक छुट्टै बिशेष पर्व हो । यो पर्वमा महिलाहरु वर्षौंदेखि टाढिएका दिदी–बहिनी, आमा, भाउजु तथा अन्य आफन्तहरुसंग भेटघाट गर्ने र आफ्ना शुख–दुख साटासाट गर्ने गर्छन । यो पर्व हिमालय पर्वतपुत्री भगवान पार्वतीको पालादेखि नै मनाउदै आईएको विस्वास रहेको छ । पार्वतीले भगवान शिव पति पाउ“ भनि निराहार व्रत गरेको र त्यसै व्रतको प्रभावले गर्दा उनले महादेवलाई पतिको रुपमा पाएको बिस्वास गरी अबिबाहिताले असल पति प्राप्ति होस भनि तथा विवाहहिता महिलाले पतिको दीर्घायु एवं उत्तर उत्तर प्रगतिको कामना गरी व्रत बस्ने प्रचलन रहिआएको छ । आपसमा दिदी बहिनीहरु जमघट भई नाचगान गरी दुखलाई भुलेर शुख साट्ने पर्वका रुपमा तीज मनाउने गरिन्छ । नेपाल कृषि प्रधान मुलुक भएकाले बर्खाभरी खेतीपातीमा व्यस्त रहेका दिदी बहिनिहरु तीज पर्वलाई थकाई मेटाउने पर्वका रुपमा पनि लिने गर्दछन् । तर पछिल्लो पुस्ताका दिदी बहिनीहरुले भने यस पर्वको महत्व बिपरित हुनेगरी यस पर्वलाई मनाई रहेकाछन् । तीजको मर्मलाई वास्तै नगरि गरिने अनेक किसिमका गतिबिधिले तीज पर्वको महत्व घट्दो क्रममा रहेको छ । तीज भनेको बिशेषगरी एक सांस्कृतिक पर्व हो । यस पर्वमा आपसमा दिदी बहिनीहरुले आफ्नो दुःख तथा बेदना, पराई घरको भोगाई, सासु तथा नन्द आमाजुहरुको ब्यबहार अनि माईती घर जन्मदिने आमा बुबा तथा दाजुभाई दिदी बहिनीलाई सम्झिएर गीत मार्फत ब्यक्त गर्दथे । तर हाल त्यो प्रचलनमा गिरावट आई तीज पर्व नुन बिनाको तरकारी जस्तै बनेको आभास हुने गरेको छ । तीजको अर्को महत्वपूर्ण पक्ष भनेको दर खाने हो । दर भनेको तीजको व्रतको अघिल्लो रात माईती घरमा गएका चेलिबेटिहरुले आमाले पकाएको विभिन्न प्रकारका मिस्ठान्न भोजन, घिउ, खिर आदि खानुलाई दर खाने भनिन्छ । उक्त खानेकुराहरु मध्यरातमा उठेर खाने प्रचलन रहेको छ ताकि त्यो दरको आडले भोलिपल्टको व्रतमा पानी पनि नखाई दिनभर नाचगान रमाईलो गर्न सकुँ । तर हाल दर खाने प्रचलन परिवर्तन गरेर एक, दुई महिना पहिल्यैबाट दर खाने चलन चलेको छ । यस्तो बिकृतिले भोली तीज भन्नेपनि पर्व थियो रे भन्ने दिन नआउला भन्ने ठाउँ छैन । तीजको मर्म तथा महत्वलाई वास्तै नगरि विकृति दिन प्रतिदिन बढिरहेको कुराले सबैको मनमा तरगं पैदा गरेको छ । त्यतिमात्र हैन तीज भनेको नाचगानको पर्व पनि हो । सासुले गरेको व्यबहार कर्मघरको दुःख र नारीको बेदनालाई उजागर गरेर गीत गाउने तथा नाच्ने प्रचलन छ । रातो सारी तीजको बिशेष पहिरन हो । रातो सारीमा सजिएकी एक नारी पक्कैपनि राम्री नदेखिने त कुरै हुँदैन । तीजको लागि श्रीमतीलाई रातो सारी र गरगहना किनिदिन पुरुषले पर्देशमा समेत गएर कमाएर आफ्नी संगीनिलाई खुशी बनाउने गरिन्छ । त्यसरी ज्यादै रमाईलो यो पर्व हाल आएर खस्किदै गइरहेको छ । तीज गीतको नाममा परिवारसंग चेलिबेटिहरुसंग समेत संगै बसेर हेर्न नसकिने भिडियो निर्माण गर्ने महिनौ अगाडीबाटै कमाईको लाीि युट्युबमा हाल्ने परम्पराले यस पर्वको खिल्लि उडाईरहेको छ । तीजको गीत भनेको सभ्य भाषा सबैले बुझ्ने खालको र नारीको पिर मर्का र बेदनामा रचिएको हुनु पर्ने हो । दुई चार जना भाईरसहरु धनको दम्बमा आफुलाई आम नारीको प्रतिनिधि मानि आम नेपाली नारीहरुको मनमा चोट पु¥याई रहेका छन् । तीजका गीत तीजको कुनै मर्मबिनै बजारमा आउनाले तीज पर्वको भविश्य कमजोर बन्दै गएको छ । यसतर्फ राज्यले ध्यान दिन सकिरहेको छैन । कट्टु लगाएर नाचेको गीतलाई तीज गीत भनेर बजारमा ल्याउने चलनले गर्दा तीजको गरिमा दिन प्रतिदिन घटिरहेको आभाष हुन्छ । तीजलाई कमाईको भाँडो सम्झिने कलाकारहरु कुन समाजमा के को लागि म जिउँदै छु सचेत भएर सोचुन, र तीजलाई तीजकै रुपमा मनाउन पाईयोस । दिउँसै जाँड खाएर दर भन्दै हल्लिएर हिड्ने नारीले पनि सोचोस भावी पुस्तालाई हामीले हाम्रो संस्कृति र परम्पराबारे जानकारी गराई उनीहरुलाई सभ्य बनाउनु पर्छ भनेर । र एक दिन हाम्री आमाले मनाए जस्तै तीज होस चेलिबेटिहरुलाई सर्दैव सम्मान गर्न पाईयोस समाजका शिक्षित र बुझेका भनेकाहरुले सोचुन । यो बर्षको तीजले सम्पुर्ण नारी जगतको कल्याण होस चाँडै सतबुद्धि प्राप्त होस सबैमा । त्यसो हुन सकेमात्र नारीलाई लक्ष्मीको रुपमा सम्मान गर्न सकिन्छ । बेलकोठगढी ९, नुवाकोट ।