भक्तपुरको तलेजुमा जमरा राखी दशैँ शुरु
काठमाडौं। भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । नेपालकै मूल तलेजुमा वैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दशैँघरमा जमरा राखिएको हो । राजा हरिसिंहदेव र देवलदेवीले नेपाल संवत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा शुरु भएको जोशीले बताए। घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ । तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बली दिई कालरात्री गरी जात्रा मनाउने गरिन्छ । तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराई जात्रा मनाउने परम्परा रहेको छ । तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्पराअनुसार मूलनाइके जोशीले खड्ग बोकेर अन्य व्यक्तिहरूले तलेजुलाई विधिवत रूपमा दशैँघर पु¥याएर विजयादशमीको दिनसम्म तलेजुलाई दशैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको छ । विजयादशमीको दिन भने तलेजुलाई विजययात्रा गरी दशैँघरबाट मूलघरमा भित्र्याइने परम्परा रहेको मूलनाइके जोशीले बताए । रासस
आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना
काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।
पहुँच युक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत
चन्द्रागिरि । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिलाबाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेका छन् । काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमानिर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघले पहिलोपटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्यतीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको बताइन् । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेकविक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचनानिर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।