काठमाडौं-तराई-मधेश द्रुतमार्गका लागि २२ अर्ब बजेट विनियोजन, २०८३मा सम्पन्न हुने

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । याे परियाेजना २०८३ मा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएकाे छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ ।  

तिनपिप्ले-रानीपौवा सडकखण्ड मर्मतलाई ५० करोड विनियोजन

काठमाडौं । सरकारले तिनपिप्ले रानीपौवा सडकखण्डको मर्मतलाई ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

वातावरणलाई असर नपर्ने गरी ढुङ्गा र गिट्टी निर्यात गरिने

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र गिट्टी निर्यातको आधार तयार पार्ने उल्लेख गरेका छन् । ढुङ्गा गिट्टी निर्यातको कुरा बहसमा आएपनि कार्यान्वयन हुन नसक्दा नेपालले विदेशी मुद्रा भित्र्याउने अवसरको प्रयोग गर्न सकेको छैन ।