गोविन्द केसीको अनसन विरुद्ध ४९ जना विद्यार्थीको आपत्ति

काठमाण्डौं असार २६ । डाक्टर गोविन्द केसीको अनसन र सिट कटौतिले आफुहरुको स्वदेशमा अध्ययन गन पाउने अधिकार हनन् भएको भन्दै विभिन्न कलेजमा आवद्ध मेडिकल क्षेत्रका विद्यार्थीहरुले गुनासो गरेका छन् । उनीहरुले केसीको यस्तो कदम प्रति मोर्चाबन्दी गर्ने भएका छन् । विगतमा उनको आन्दोलन सकारात्मक रहेको तर पछिल्ला दिनहरुमा सिट कटौति, छात्रबृद्धि पाउने विद्यार्थीमा कटौति र हजारौ विद्यार्थीलाई विदेश पठाउने रणनीति देखिएको भन्दै विद्यार्थीहरुले यसका विरुद्ध सबै विद्यार्थीहरुको मोर्चाबन्दी गरेर सरकारलाई दवाव दिने बताएका छन् । शनिवार साझ मेडिकल क्षेत्रमा आवद्ध बिभिन्न कलेजहरुका विद्यार्थीहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । विन्द केसीको पटक पटकको अनसनका कारण समग्र चिकित्सा क्षेत्रमा असर पुगेको उनीहरुको ठहर रहेको छ । मेडिकल शिक्षाको बर्तमान र भबिष्य बारे जानकारी गराउन गरीएको भेलाले केसीको अनसनले विद्यार्थी बाहिर जान बाध्य बनाएको उल्लेख गरे । विद्यार्थीहरुले आफ्नै देशमा बसेर अध्ययन गर्न पाउने आफुहरुको नैसर्गीक अधिकार प्रति केसीले लात हानेको आरोप लगाए । एमबीबीएस अध्ययनरत डा।खगेन्द्र झाले पटक पटकको अनसनले आफुहरु मारमा परेको बताए । उनले भने-विगतमा केसिको अनसनप्रति हामी एक भएर समर्थनमा लागेका थियौं तर जव उहाँको अनसनले माफियाको रुप लियो त्यसबाट हामी अत्यन्नै मर्माहित भएका छौं । हामीले शिक्षा र स्वास्थ्यको सुधार होला भन्ने सोचेर समर्थनमा लागेकै हो तर आज उहाँको अनसनले आमीले पढ्न पाउने अधिकारलाई समेत नेपालमा बन्देज लगाउन पुग्यो विद्यार्थीहरुको भनाई । भेलामा एमबिबिएस, एमडी लगायतमा अध्ययनरत ४९ जना विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुले केसी व्यत्ति भएको तर सरकारले अरुको कुरा र यथार्थ नबुझि सिट कटौति गर्दा आफुहरु र आउने विद्यार्थी पढ्न बाट बन्चित भएको स्पष्ट पारे । कलेज थप खुल्दा घाटा छ कि नाफा छ रु सिट कटौंति गर्दा नाफा छ कि घाटा रु यस विषयमा व्यापक छलफल भएको झाले बताए । जति कलेज खोलेपनि असर नपर्ने सिट जति बढाएपनि असर नपर्ने तर सरकारले क्वालीटिमा निग्रानी राख्नु पर्ने विद्यार्थीहरुको साझा धारणा आएको छ । आज अरवौ रुपैयाँ आम्रै कारणले विदेशीएको तथ्य सबैमाझ स्पष्ट पार्दै उनीहरुले व्यवस्थीत गरे विदेशी विद्यार्थीले नेपालमा आएर अध्ययन गर्दा आर्थीक क्षेत्र उकास्न सक्ने पनि बताए । उनीहरुले केहि दिनमै प्रधानमन्त्रीलाई सिट कर्टौतिको विरोध स्वरुप ज्ञापन पत्र बुझाउने भएका छन्

ललिपपमा भेटियो मेलाइक एशिड, बिक्रिमा प्रतिबन्ध लगाउन माग

काठमाडौं, २२ असार । एशियन बिस्कुटस एण्ड कन्फेक्सनरी प्रालिद्धारा उत्पादित गुडलाइफ ग्लोपप नामक ललीपपमा मानव स्वास्थ्यका लागि खतरानाक मेलाइक एशिड धातु फेला परेको छ । सो ललिपप खाएर खाएर बर्दिया जिल्लाको बर्दिया जिल्लाको सानोश्री ताराताल नगर पालिका वडा नं. ५ को एक स्कूलका ४ जना विद्यार्थीहरु बिरामी भएको थिए । त्यसका आधारमा राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको थियो । गुडलाइफ ग्लोपपको पाइप नलिमा रहेको मेलाइक एशिडले ललिपप उपभोग कर्ताको स्वास्थ्यमा गम्भिर असर गर्ने पुष्टि भएको हो । विभागले समेत अखाद्य घोषित गर्दै असार १ गतेदेखि सो ललिपप उत्पादनमा रोक लगाउँदै बजारमा रहेका ललिपप फिर्ता गर्न निर्देशन दिएको थियो । तर अझै पनि झापा, सुनसरी, मारंग, स्यांग्जा, कास्की, पर्वत, बागलुंग, म्याग्दी, बांके, बर्दियामा त्यस्ता ललिपप बिक्रिवितरण भैरहेको मञ्चले आरोप लगाएको छ । मञ्चले ललीपपमा प्रयोग हुने स्टिकमा खाद्य ऐन, २०२३ को मापदण्ड बिपरित अखाद्य वस्तुको प्रयोग भएको पाइएको भन्दै जेठ २३ को खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको बिश्लेषण प्रतिवेदन र त्यसै बिभागको यस मन्चलाई लेखिएको असार ९ गते पत्र लेख्दै ललिपपमा मेसाइक एशिड फेला परेको प्रतिवेदन तयार पारेको हो ।

मोरङमा झिँगा आतंक, गाउँले आन्दोलित

काठमाडौं, १९ असार । मोरङ जिल्लाको बेतौना गाउँमा झिँगा आतंकले गाउले त्रसित बनेका छन् । नजिकै रहेको कुखुरा फार्मका कारण झिँगा आतंक बढेपछि सो गाउँका जनता विगत एक हप्तादेखि आन्दोलन गरिरहेका छन् । सोराभाग गाबिसमा रहेको पोल्ट्री फार्मका कारण गाउँमा झिँगा बढेपछि गाउँले खाना खान समेत नसकिरहेको अनेरास्ववियुका सचिव वसिम आलमले जानकारी दिए । झिँगाले स्वास्थ्यमै असर गर्न थालेपछि पोल्ट्री फार्म घेर्न गएका गाउँलेहरुमाथी प्रहरीले केहिदिन अघि लाठी चार्ज गरेको थियो भने केहि गाउँले विरुद्ध मुद्धा समेत चलाएको छ । गाउँलेहरुले इन्दिरा उप्रेतीको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन् । हरियो झिँगाले सताएपछि गाउँलेहरुले झिँगा धपाउन स्प्रे गर्नु परेको तथा दुर्गन्धले स्वास्थ्यमै समस्या पारेको संघर्ष समिति संयोजक उप्रेतीले बताइन् । पोल्ट्री फार्मको आसपास चार चार किलोमिटरका एक हजार भन्दा बढि घरधुरी प्रभावित बनेको उनले बताइन् । आइतबार क्षेत्र नम्बर ४ का सांसद शिवकुमार भण्डल, एमाले मोरङका अध्यक्ष महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र जिल्ला प्रहरी प्रमुख संदिप भण्डारीले घट्नास्थलको निरिक्षण गरेका थिए । उनीहरुले पोल्ट्री फार्म हटाउन माग गरेका थिए भने प्रशासनले फार्म हटाउने आश्वासन दिएको थियो ।