परिवार नियोजन सन्तानको रहर पुगेकालाई मात्र लक्षित गरिदैन : कबिता अर्याल
कबिता अर्याल – कम्युनिटी नर्सिङ प्रशासक नेपालको जनसंख्या वृद्धिदरमा कमी आएपछि सरकारले परिवार नियोजन कार्यक्रमलाई त्यति महत्व दिएको छैन् । राष्ट्रिय परिवार नियोजन संघले आफनो तहबाट कार्यक्रम अघि बढाइरहेको छ । संघले परिवार नियोजनसंग सम्बन्धित जनचेतना बढाउन कार्यक्रम लिएर जाने तयारी समेत गरेको छ । संघको भावी योजनको विषयमा केन्द्रीत रहेर कम्युनिटी नर्सिङ प्रशासक कबिता अर्यालसँग गरिएको कुराकानी । यस वर्षको परिवार नियोजनका नारा के छन ? विगत ५ वर्षदेखी हामीले राष्ट्रिय परिवार नियोजन सेवा दिवस मनाईरहेका छौ । पछिल्लो ४ बर्षसम्म एउटै नाराका साथ परिवार नियोजनका कार्यक्रमहरु अगाडि बढिरहेको थियो । हामीले नेपालमा परिवार नियोजन सेवामा लामो समयदेखी काम गरेपनि यसको वकालत गर्न राष्ट्रिय परिवार नियोजन सेवा दिवस मनाउँदै आएको हो । सुरुवाती दिनको हाम्रो नारा ’व्यवस्थित परिवार स्वास्थ्य र बिकासको आधार’ रहेको थियो । परिवार नियोजन सेवाको फोकश किशोर र किशोरी नै हो । हामीले यसबर्ष किशोर र किशोरीको सहभागीतामा परिवार नियोजन सेवाको सुनिश्चितता’ भनेर कार्यक्रम ल्याएका छौ । यो कार्यक्रम हामीले संघीय स्तरमा मात्र नभएर स्थानीय तहमा पनि परिवार नियोजन सेवाको वकालत पुगोस भनेका छौं । परिवार नियोजनको विषयमा कति चेतना आएको छ ? परिवार नियोजनको सेवालाई व्याख्या गर्दा हिजोको दिनमा परिवार नियोजन भन्दा जनमानसको बुझाई बिहे गर्यो, बच्चा जन्मायो र सन्तानको रहर पुगिसकेपछि मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने भन्ने थियो । तर आज त्यसलाई हामीले परिवर्तन गरिरेहेका छौ । यसकारणले गर्दा परिवार नियोजन सन्तानको रहर पुगेकालाई मात्र लक्षित गरिदैन । यो एउटा किशोर÷किशोरीको समुहदेखी सन्तानको रहर पुगेको समुह सम्मलाई लक्षित गर्छ । परिवार नियोजन बिकासको पनि मुद्दा हो । यो मानव अधिकार पनि हो । हाम्रो संविधानले पनि महिलाको प्रजनन् स्वास्थ्य अधिकारको रुपमा व्याख्या गरिसकेको छ । परिवार नियोजनले के कस्ता सेवा दिदै आईरहेको छ ? हाम्रो अहिले प्रत्येक स्वास्थ्य संस्थाबाट पाँच वटा परिवार नियोजनका साधनहरु उपलब्ध छन् । यी अस्थायी साधनहरु हुन् । यसमा कन्डम, पिल्स, डिपो प्लोभेरा,ईम्प्लान्ट,आईयुसीडी पर्छन । परिवार नियोजन सेवालाई यहाँसम्म ल्याउनलाई धेरै समयदेखी सरकारको लगानी छ । यो एकदमै भरपर्दो लगानी हो । २०३० सम्म हामीले परिवार नियोजनलाई सबैको पहुँचमा पुर्याउने छौं । किशोर र किशोरीमा परिवार नियोजन साधनबारे चेतनाको स्तर कत्तिको पाउनुभयो ? किशोर र किशोरीको परिवार नियोजनको ज्ञान हेर्ने हो भने ९९.९ प्रतिशत देखिन्छ । तर अभ्यासमा केही कमी देखिन्छ । अभ्यासको ग्याप लगभग ४० प्रतिशतभन्दा कम छ । अहिले हाम्रो नियोजनको सेवाको स्थिति विश्लेषण गर्दा हामीसँग १०० जना महिलामा ७६ प्रतिशत महिलालाई मात्र परिवार नियोजन सेवाको आवश्यक हुन्छ । अहिलेको प्रयोग दर हेर्ने हो भने ५३ प्रतिशत मात्र रहेको छ । त्यसभित्र पनि ६९ प्रतिशत मात्रा उक्त साधनबाट सन्तुष्ट छन् । गाउँघरमा परिवार नियोजनको साधनको प्रयोग किन कम हुन्छ ? गाउँमा भौगोलिक विकटताले पनि सेवा दिन गार्हो भईरहेको छ । हाम्रो समाजमा सांस्कृतिक बाधाहरु छन् साथै हाम्रा जति पनि सामाजिक बाधाहरु छन् त्यो गाउँघरमा बढी देखिन्छ । त्यसकारण हामीलाई गाउँघरमा पनि सम्बोधन गर्नु गार्हो भईरहेको छ । गाउँघरमा परिवार नियोजनको साधन कम प्रयोग हुन्छ । हाम्रो समुदायमा छिट्टै बिहे गर्न चलन रहेको छ । सरकारले २० बर्ष उमेर तोके पनि अझै पनि धेरै किशोर र किशोरीहरु १६ देखि १७ को उमेरमा बिहे गर्छन् । नेपालको धेरै जस्तो समुदायमा बिहे गरेको १/२ बर्षमै बच्चा पाउनुपर्छ भन्ने मान्यता छ । बिहे गरेको १/२ बर्ष बच्चा नहुँदा समाजमा मानिसहरु कुरा काट्न थाल्दछन्। अझै पनि धेरै समुदायहरु छन् जहाँसम्म हाम्रो पहुँच पुग्न सकिरहेको छैन । यसले पनि परिवार नियोजनको बारेमा अनविज्ञ छन् । यदि अबको दिनमा हामीले त्यस्ता समुदायलाई छुन सक्यौँ भने पक्कै पनि परिवार नियोजनको ठुलो उपलब्धी हाँसिल गर्न सफल हुन्छौ। किशोर र किशोरीलाई ज्ञान मात्र नभएर अब व्यबहारमा उतार्नको लागि तपाईहरुको प्रयास के हुनेछ ? हामीहरुले सर्वप्रथम त किशोर र किशोरीलाई नै लक्षित गरेर कार्यक्रम शुरु गर्दैछौँ । हाम्रो समाजमा सेवा दिँदा पनि सेवा लिन आउने किशोर र किशोरी सबैले छक्क परेर हेर्ने गर्छन् । तर यो सेवा चाँही हामीले किशोर र किशोरीहरुलाई यो तिमीहरुको अधिकार हो भन्न बुझाउन कार्यक्रम लिएर जाने तरखरमा छौँ । यो संविधानले दिएको कुरा पनि हो र अबको दिनमा हामी यसैमा केन्द्रित भएर कार्यक्रमहरु ल्याउनेछौं । प्रत्येक स्वास्थ्य संस्थालाई किशोर र किशोरीमैत्री वातवरण बनाउन लागि परिरहेका छौँ । त्यस्तै, एउटै मोडलले मात्र उनीहरुमा पुग्न नसकिने हुनाले हामीले स्कुलमा पनि “एक विद्यालय,एक नर्स” को पोलिसीलाई कार्यान्वयन गर्न तिर लागिरहेका छौँ । विद्यालयमै स्वास्थ्यकर्मी भए पक्कै पनि किशोर किशोरीका समस्यालाई त्यहाँ परामर्श दिन सकिन्छ । सरकारको त्यसतर्फ पनि ध्यान आकर्षण भएको छ ।
परिवार नियोजनको लागि श्रीमान/श्रीमतीबिच मिलेमतो हुनु जरुरी
काठमाडौं। महिला तथा पुरुषको ईच्छा अनुसार कहिले, कति फरकमा, कति वटा बच्चा जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो। यसका लागि महिला तथा पुरुषले परिवार नियोजनको बिभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन्। परिवार नियोजनको लागि बिर्सिन नहुने कुराहरु – श्रीमान र श्रीमती बिच मिलेमतो हुनु पर्दछ। – आफ्नो परिवारको कती बच्चा जन्माउने भन्नेमा निर्णय गरिनु पर्दछ। – बच्चा कहिले जन्माउने भनेर सल्लाह गर्नु पर्दछ। – पहिलो र दोस्रो बच्चा बिच केही बर्ष जन्मा अन्तर राख्न्नेमा उचित निर्णय लिनुपर्दछ – परिवार नियोजनको स्थायी अस्थायी साधनहरु अपनाउने बारेमा सही निर्णय लिनुपर्दछ। परिवार नियोजन गरेपछी हुने फाईदाहरु – नचाहेको गर्व नबस्ने भएकोले समस्या आउँदैन। – श्रीमान/श्रीमती दुवै मिलेर आफ्नो जिन्दगीलाई सुखी बनाउन सक्दछन्न। – आमा स्वस्थ भएपछी जन्मने बच्चा पनि स्वस्थ हुन्छ। – बच्चा जन्मिएपछी आमाले आफ्नो स्वास्थ्यको स्याहार गर्ने मौका पाउने हुनाले शरीर स्वस्थ बनाउन पाउँछन्। – बाबुआमाले आफ्नो बच्चालाई चहिने जस्तै: खानेकुरा, लत्ताकपडा, शिक्षा-दिक्षा, राम्रो भबिस्य आदिको बारेमा ध्यान पुर्याउन पाउँछन्। – बच्चाले आफुलाई चाहिने समय निकल्न सक्दछन्। परिवार नियोजणका विधीहरु र त्यसबाट पुग्ने फाईदाहरु भिन्नाभिन्नै परिवारको भिन्नाभिन्नै आवश्यकता हुन्छ। हरेक परिवार नियोजनका बिभिन्न स्थायी अस्थायी साधनहरुमध्ये बाट आफ्नो लागि उपयुक्त एवं शाही एक साधन रोज्न सक्छन्। १. बन्ध्याकरण – स्ठायी तरिका २. तीन महिने सुई – ३ महिनासम्म प्रभावकारी ३. आई.यु.सि.डी – १२ बर्षसम्म प्रभावकारी – गर्भको चाहणा भएमा तुरुन्त झिक्न सकिने ४. ईम्प्लान्ट – ५ बर्ष प्रभावकारी ५. खाने गर्भणिरोढ चक्की(पिल्स) – दिनहुँ खाए प्रभावकारी हुने ६. कन्डम – प्रयोग गर्न सजिलो – सही तरिकाले प्रयोग गरे प्रभावकारी – एचआईभी र यौनसम्पर्कबाट हुने संक्रमण विरुद्द सुरक्षित राख्छ श्रोत – ओके परिवार स्वास्थ्य सेवा
क्यान्सरपीडित बालकलाई महालक्ष्मी विकासको सहयोग
काठमाडाैं । महालक्ष्मी विकास बैंकले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ का रक्त क्यान्सरपीडित बालकविश्वास कार्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिभिल अस्पतालमा उपचाररत ८ बर्षीय तीबालकलाई १० हजार रुपैयाँसहित फलफुल सामग्री प्रदान गरेको हो । बैंकका बानेश्वर शाखा प्रबन्धक सुजाता लामिछानेले सिभिल अस्पतालमा नै आएर क्यान्सर पीडित बालकका पिता जीवन कार्कीलाई आइतबार उक्त रकम हस्तान्तरण गरेकी हुन् । बैंकले वित्तीय कारोबारसँगै आफ्नो कार्यक्षेत्र आसपासका विद्यालय, अशक्त, विरामी, गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्ता खाले सहयोग गर्ने गरेको उनले बताइन् । रक्तक्यान्सर पीडित बालकलाई संस्थाकोतर्फबाट यस्तो सहयोग गर्न पाउँदा सन्तोष लागेको उनले जनाइन् । बैंकका सबै शाखाले हरेक वर्ष सामाजिकउत्तरदायित्वअन्तर्गत यस्ताखाले कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बैंकले जनाएको छ । पीडित बालकका पिता कार्कीले छोराको उपचारार्थ सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरे । छोराको उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सबैसँग सहयोगका लागि उनले अपील गरेका छन् ।