माइग्रेन राेग, भ्रम र निराकरणका उपाय

काठमाडौं। पहिला पहिले माईग्रेनलाई भ्यास्कुलर रोग भनिन्थियो । तर, अहिले यसलाई न्युरोलोजिकल रोग भनेर भन्ने गरिन्छ। माइग्रेन एक प्रकारको टाउको दुखाइ हो, जुन निकै कडा हुने गर्दछ। यसको कारणले टाउको दुखेमा कम गर्न गाह्रो पर्छ । यो अवस्थामा रोकी रोकी टाउको दुख्ने र दुई घन्टादेखि कैयौँ दिनसम्म पनि दुखिरहने पनि हुनसक्छ । यो एक न्युरोलोजिकल समस्या हो । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ । मस्तिष्क रसायनमा हुने असन्तुलन नै माइग्रेनको प्रमुख कारण हो तर सबै टाउको दुख्नेलाई माईग्रेन पनि भनिदैन। यसको टाउको दुक्ने तरिका बेग्लै प्रकारको हुनेगर्छ जस्तै एक तर्फ मात्र टाउको दुख्ने। दुखाई धेरै जसो समय टाउकोको अगाडि भागबाट सुरु भएर बिस्तारै पछाडी तर्फ प्रस्थान गर्दछ। यदी टाउको दुख्न सुरु भएको केही समयमै औषधी खाएमा दुखाई कम हुनसक्छ । यदी त्यही समयमा औषधी खाईएन भने ७२ घण्टा सम्म पनि टाउको दुख्न सक्छ। यो बिशेष गरी युवाहरु माझ देखिन्छ। कसैलाई घाममा बस्दा टाउको दुख्छ भने कोही मान्छेलाई एकदम नराम्रो गन्ध वा सुगन्धले पनि टाउको दुख्न थाल्छ । यसलाई माइग्रेनको ट्रीगर भनिन्छ। माइग्रेनको ट्रिगर भन्नाले यस्ता चिजहरु हुन् जसले माईग्रेनलाई निम्त्याउन मद्त गर्दछ। यिनलाई अउरा पनि भनिन्छ। कुनै मान्छेलाई द्र्श्यबाट समस्या हुनसक्छ जस्तै उज्यालोमा हेर्दा घामको किरणहरु छरिएको देख्ने,समस्या हुने देखिन्छ। कुनै मानिसलाई अउरा गन्धबाट आउने गर्दछ। पेट्रोल, नेलपालिस, केहीको गन्ध आउने बित्तिकै टाउको दुख्ने, वाकवाकी आउँला जस्तो हुने गर्दछ। माईग्रेन हुनु आँफैमा एउटा मेडिकल कन्डिसन हो। यो वंसानुगत पनि हुनेगर्छ। यदी परिवारको कुनै सदस्यलाई माइग्रेन छ भने उसलाई पनि माईग्रेन हुने ८० प्रतिशत सम्भावना हुनेगर्छ। यो धेरै जसो महिलामा बढी देखिने गर्दछ। हर्मोनल चेन्जको कारणले गर्दा पनि महिलामा यो बढी देखिएको हो। एक अध्ययन अनुसार विश्वका करिब १८ प्रतिशत महिला तथा ६ प्रतिशत पुरुष माइग्रेनबाट पीडित रहेका छन। खानेकुराले पनि माइग्रेन निम्त्याउ छ पक्कै पनि खानेकुराले माईग्रेनलाई निम्ताउने मद्त गर्दछ। यसको मतलब खाने कुराले गर्दा माइग्रेन हुने होईन। खानेकुराले गर्दा विरामीलाई माईग्रेनबाट हुने पीडा निम्ताउनु हो। मानिसलाई माइग्रेनको बिरामी भएको अवस्थामा हुने गर्दछ। केही खानेकुरा त्यस्ता हुन्छन् जसले टाउको दुख्न मद्त गराउँदछ। त्यसका लागि बिरामीले एउटा हेडेक डायरी बनाउन जरुरी छ। किनभने बिभिन्न मानिसलाई बिभिन्न खानेकुराले माइग्रेन निम्ताउन मद्त गर्दछ। हेडेक डायिरीमा आफुलाई कती बेला टाउको दुख्न सुरु भयो, कुन समयदेखी कुन समयसम्म टाउको दुख्यो, यो भन्दा अगाडि मैले के खाए,के गरिरहेको थिए, मलाई उज्यालोले पो असर गर्‍यो कि, आवाजले पो टाउको दुख्यो कि भन्ने सबैकुरा टिप्न जरुरी छ। यसरी डायरी बनाउँदा आफुलाई के के कुराले असर गरिरहेको देखिन्छ र त्यसलाई ध्यान दिने हो भने पक्कै पनि हामीले आफुलाई माईग्रेनबाट हुने दुखाईबाट टाढा राख्नसक्छौ। कसैलाई दही खायो भने समस्या देखिन सक्छ । दही नै नखानु यसले माइग्रेन हुन्छ भन्नु होईन। कसैलाई बोतलको अचारले हुनसक्छ, कसैलाई कडा कफीले हुनसक्छ। हरेक मानिसलाई बिभिन्न कारणले गर्दा माईग्रेनबाट हुने दुखाई निम्ताउन थप मद्त गर्नेहुन्छ । त्यसैले आफुलाई के खानेकुरा, के तरिकाले असर गर्छ भन्ने पत्ता लगाउन जरुरी छ। माइग्रेन सम्बन्धी भ्रम यस्ता छन माइग्रेन सम्बन्धी मानिसहरुमा धेरै किसिमको भ्रम हुने गरेको छ। सबैभन्दा पहिला उनिहरुलाई यो त निकै नहुने रोग हो र यो लागेपछी कहिले पनि निको हुँदैन, अब सधैंभर यसरी नै बाँच्न पर्छ भन्ने धारणा रहेको हुन्छ। यो एकदमै गलत धराण हो।माइग्रेन मानसिक रोग हो र ? यो भयो भने मानिस पागल हुन्छ भन्नु मानिसहरुमा भएको अर्को भ्रम हो। त्यस माइग्रेनको औषधी खानुहुदैन यसको साईड एफेक्ट धेरै हुन्छ भनेर उनिहरु आफुलाई कोठामा टाउको बाँधेर एकदम थुनथान पारेर बसिदिन्छन्। त्यो सबैभन्दा ठुलो भ्रम हो। त्यसरी समय बर्बाद गरेर हुँदै हुँदैन। बाँच्न चाँही १०० बर्ष बाँच्ने तर हरेक महिनाको ३÷४ दिन आफुलाई त्यसरी थुनेर राख्ने भने त जीवन जिउनुको कुनै अर्थ नै हुँदैन। जब बाँचिन्छ तब रमाएर बाँच्न सक्नुपर्छ त्यसका लागि औषधी खान जरुरी छ किनभने औषधीले त्यसलाई ठीक हुन मद्त गर्दछ। माईग्रेन सम्बन्धी मानिसहरुमा भएको भ्रम मेटाउनुपर्छ मानिसहरुमा माईग्रेन सम्बन्धी भ्रम हटाउन सबैभन्दा पहिला हाम्रो शिक्षा प्रणाली नै बदल्न जरुरी छ। धेरै अगाडी देखीको हाम्रो शिक्षा प्रणालीमा चाँही रेप्रोडक्टिभ र सेक्सुअल हेल्थको बिषयमा पढाई हुन्छ तर मेन्टल हेल्थको बारेमा पढाई हुँदैन मानौ कि मेम्टल हेल्थ महत्वपुर्ण छैन। यो मान्छेले पछी गएर बच्चा जन्माउनु पर्छ भनेर रेप्रोडुक्टीभ हेल्थको बारेमा पढाईइन्छ तर पछि गएर व्यक्तिले आफ्नो मेन्टालिटीलाई स्थिर राखेर काम गर्नुपर्छ, समस्या परेको खण्डमा आफुलाई सम्हाल्न पर्छ र पछी गएर समाजलाई योगदान गर्नुपर्छ भन्ने सोच राख्दैनन। मेन्टल हेल्थको बारेमा बुझेको मानिसले अरुलाई बुझ्न सक्छ र चाहिएको खण्डमा त्यस ब्यक्तीलाई मद्दत पनि गर्नसक्छ। एउटा मानिस स्वस्थ हुनलाई उसको मेन्टल हेल्थ ठिक हुन एकदम जरुरी छ। मेन्टल हेल्थ ठिक भएको अवस्थामा मात्र मानिसले आनन्दको साथ काम गर्नसक्छ। त्यसैले यदी मानिसहरुमा भएको भ्रम मेटाउने हो भने सबैभन्दा पहिला मानिसहरुलाई मेन्टल हेल्थ सम्बन्धी शिक्षा दिन जरुरी छ। माइग्रेन हुनुको कारण महिलामा शरीरमा हुने मेजर हर्मोनल परिवर्तनका कारण माइग्रेन हुने गर्छ । गर्भावस्था, मिन्सुरेसन, रजोनिवृत्ति हुने समय महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छ । जुन टाउको दुखाइको कारण पनि बन्न सक्छ । एक अध्ययनअनुसार माइग्रेनबाट पुरुषको तुलनामा महिला बढी प्रभावित हुन्छन् ।तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ रिलिज गर्छ, जसले टाउको दुखाउने माइग्रेन पनि पैदा गर्छ । अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ । कफिको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । कडा हल्ला, माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ । धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ । माइग्रेनको लक्षण टाउकोको नसा धड्किरहेको आभास हुन्छ । टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ । जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ। यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् । माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ । माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । शरीरमा थकान महसुस त हुन्छ तर निद्रा भने पर्दैन । माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ । माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् । माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् । यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ । माईग्रेन पूर्ण रुपमा निको हुन सक्छ समयमा औषधी खाई, आफुलाई के के कुराले असर गर्छ त्यो पत्ता लगाउन सक्यो भने पक्कै पनि माइग्रेन पूर्ण रुपमा निको हुनसक्छ।  ट्रिगरको पहिचान र त्यसको त्याग, उचित औषधिको सेवन, उचित जीवनशैली तथा व्यायाम , माइन्ड बडी मेडिसिन जस्तैः बायोफिड ब्याक तथा योग, सप्लिमेन्ट्स जस्तैः रिबोफ्लोविन तथा म्याग्निसियम, एक्युपन्चर तथा एक्युप्रेसर,  रोग ठीक पार्ने उद्देश्यका साथ आफ्नो हरेचाह गर्ने हो भने माईग्रेन निको भएर जान्छ। यो पूर्ण रुपमा निको हुँदैन भन्नु भ्रम मात्र हो। (मनोवैज्ञानिक डा. नम्रता प्रधानसँगको अन्तर्वातामा आधारित )

एक्लै भएको अवस्थामा हार्टअट्याकबाट बच्ने उपाय जानीराखौँ

काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनै पनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ। त्यसैले यो भएको अवस्थामा के गर्ने भनेर सबैलाई जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भएको खण्डमा यो यसलाई सजिलै जित्न सकिन्छ । डाक्टर नआउनजेल सम्म के गर्ने? यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुँन्छु जस्तो लाग्यो भने, त्यस बखत तपाईसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ । तर धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्नुभन्दा पहिले लामो श्वास लिनुहोस् र लामो समयसम्म खोक्नुहोस्। आफ्नो फोक्सोमा जमेको थुक, खकार बाहिर फाल्न चाहे जसरी खोक्नुहोस्। प्रत्येक २ सेकेण्डमा नबिराई श्वास लिनुहोस्। यो प्रक्रिया डाक्टर नआए सम्म वा मुटुको धड्कन नरमल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईको मुटु र रगत संचारको गतिमा नियमितता ल्याउन मद्धत पुर्याउँछ । डाक्टर नआइपुगुनजेलसम्मका लागि यो एकदमै भरपर्दो उपाय हो जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भए सम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरु सम्म पुर्याउनुहोस् । तपाईको सानो सहयोगले धेरैको ज्यान बचाउन सक्छ । मुटुरोग बिशेषज्ञहरु ग्यारेनटीका साथ भन्छन्, “यदि एक जनाले यो उपाय दश जना सम्म पुर्याएको खण्डमा, कमसेकम एक जनाको ज्यान बचाउन सकिन्छ ।

नर्भिकले रोटरीका सदस्यलाई सस्ताेमा स्वास्थ्य सेवा उपलब्ध गराउने

काठमाडौं। रोटरी इन्टरनेशनलले डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवंम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन नर्भिक इन्टरनेशनल हस्पिटलबीच सहमति गरेको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्तामणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले सोमबार सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमति अनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाम मूलकर उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ । ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठक हुँदै गर्दा उक्त सहमतिमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमतिपत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए ।