नर्भिकमा डेङ्गू बिरामीहरुको चाप बढेका कारण छुट्टै वार्डको व्यवस्था

काठमाडौँ । हालै मुलुकमा महामारीकै रुप लिनथालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवम् उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । हाल नर्भिकमा १ दर्जन भन्दा बढी डेङ्गू ज्वरोका विरामीहरु उपचाररत रहेका छन् । विरामीको चाप बढ्दो क्रममा रहेका कारण त्यस्ताविरामीहरुकालागि छुट्टै क्लिनिकर छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेङ्गू हेल्प डेस्क र डेङ्गूका विरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापनएवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको छ । सहुलियतपूर्ण दर/रेटमा उपलब्ध हुने उक्त क्लिनिक/वार्डमा चिकित्सकहरु तथा नर्सिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।

सहकारीद्वारा सबै शेयर सदस्यको निःशुल्क उपचार

सुरुङगा । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक लाख ४३ हजार ८५१ शेयर सदस्य पुर्याएको छ । यो सँगै देशकै सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीका रुपमा स्थापित भएको लिमिटेडले जनाएको छ । झापाको विर्तामोड नगरपालिका– २ चारपानेमा मुख्य कार्यालय रहेको सहकारीले अहिले ६५ वटा सेवा केन्द्रमार्फत पूर्वका छ जिल्लामा सेवा प्रदान गर्दै आएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार सहकारीको संस्थागत पूँजी आठ प्रतिशतभन्दा माथि रहेको छ । आठ अर्ब ५६ करोड कूल पूँजी रहेको सहकारीको शेयर पूँजी मात्रै एक अर्ब २४ करोड रुपैयाँ रहेको सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । चार अर्ब ६१ करोड रुपैयाँ बचत रहेको सहकारीले छ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको बताइएको छ । एक अर्ब १५ करोड रुपैयाँ जगडा तथा अन्य कोषमा रहेको सहकारीमा बाह्य ऋण एक अर्ब ४४ करोड रुपैयाँ रहेको बताइएको छ । सहकारीले आर्थिक वर्ष २०७५/०७६ मा आयकरबापत एक करोड ५९ लाख ८३ हजार २ सय ८३ रुपैयाँ र अन्य विविध कर तीन करोड ६८ हजार ९६८ रुपैयाँ गरी चार करोड ६० लाख पाँच हजार २२५ रुपैयाँ कर तिरेको जनाएको छ । सहकारीले अहिले आफ्ना शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको खण्डमा निःशुल्क उपचार गर्दै आएको छ भने मधुमेह, ब्लडप्रेसर र थाइराइड जस्ता रोगीलाई जीवन बरदान कार्यक्रममा सहभागी गराई औषधिसमेत वितरण गर्दै आएको छ । विसं २०८० भित्र सबै शेयर सदस्यको निःशुल्क उपचार गर्ने लक्ष्य लिएको सहकारीले अहिले जीवन वरदान कार्यक्रम लागू गरेपछि धेरै शेयर सदस्यलाई राहत मिलेको सहकारीका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताएका छन् । उहाँले भने, “अहिले सहकारीका शेयर सदस्यलाई जटिल प्रकारको रोग लागेको पाइएपछि उसको उपचार निःशुल्क हुन्छ, तर, २०८० देखि जस्तोसुकै रोग लागे पनि शेयर सदस्यको निःशुल्क उपचार गर्ने तयारी गरिरहेका छौँ, यसका लागि विभिन्न अस्पतालसँग सहकार्य भइरहेको छ । ” रासस

चितवन मेडिकल कलेजले शुरु गर्यो निःशुल्क डेङ्गु परीक्षण

काठमाडौं । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसि) ले विपन्न गरिब बिरामीहरुको निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको छ । अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्देशक प्रोफेसर डा.दयाराम लम्साल र अस्पताल जनसम्पर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गु परीक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निःशुल्क डेङ्गु परीक्षण सुरु गरेको हो । दशैंभर डेङ्गुले महामारी रुपमा लिएको बेलामा स्थानीय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालको सामाजिक अभियान अन्तर्गत निःशुल्क डेङ्गु परीक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिश्चन्द्र न्यौपानले जानकारी दिएका छन् । नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न वर्गहरुलाई निःशुल्क डेङ्गु परीक्षण गराईने अस्पातलका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । अहिले डेङ्गु र ज्वरोको महामारी रहेकोले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्ने र कोही पनि बिरामी नछुटुन भनेर नै अहिलेलाई एक हजार जना गरिब तथा बिपन्न बर्गलाई नि?शुल्क डेङ्गु परीक्षण र परामर्श दिन लागेको लम्सालले  बताएका छन् । सरकारले बनाएको बिपन्न बर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । यस्तै विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मूल्याङकन गरेर यो सेवा प्रदान गरिने उनले बताएका हुन् । अहिले सबै अस्पातलहरु डेङ्गु र भाईरल ज्वरोको बिरामीहरुले भरिएका छन्, उपचारको लागि अस्पातलका बेडहरु भरिएका छन् तर अझै पनि कती गरीब तथा बिपन्न बर्गका मानिसहरुमा डेङ्गुको संक्रमण भए पनि अस्पातल आउन सकेका छैनन् । त्यसैले त्यस्ता वर्गलाई लक्षित गरेर यो कार्यक्रम शुरु गर्न लागिएको लम्सालले जानकारी दिए । अस्पातलहरु भरिएता पनि अझै धेरै बिरामी छुटेको आशंका रहेको उनले बताएका छन् । मनसुन र पोस्ट मनसुनमा पनि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिना सम्म यसको प्रकोप रहन सक्ने उनले बताउँदै सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिक सम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा. लम्सालले बताएका हुन् । अहिले दैनिक ४ सय देखी ५ सय बिरामीहरु अस्पातल आउने र ति मध्ये अधिकांशमा डेङ्गु संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।