अब पत्रकार विरामी भएमा अस्पतालले २० प्रतिशत छुट दिने
काठमाडौं । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिएका छन् । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवा लगायतमा छुट दिने निर्णय भएको हो । राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेको बताएका छन्र । अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसी बाहेकका सेवामा शत प्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । अस्पताल आउने बिरामीलाई वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान थालेका आयोजकले बताएको छ । रासस
दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन् : पाल्पा जिल्ला अस्पताल
काठमाडौं । पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दी अनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन । विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ । डेन्टल सर्जनसहित १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमै नियमित बसेर सेवा दिने एकजना पनि विशेषज्ञ डाक्टर नहुने गरेको स्थानीयवासीको दुःखेसो छ । दुईजना मेडिकल अधिकृत र एकजना डेन्टल सर्जनको भरमा अस्पताल चलेको छ । अस्पतालमा नवौँ र दशौँ तहका विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । विशेषज्ञ तहका डाक्टर अस्पतालमा नहँुदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका छन्र । डाक्टर देखिन आउँछन्, एक–दुई महिना बित्न नपाउँदै अन्यत्र जाने गरेका छन्र । बिरामीलाई सेवा दिन भन्दा पनि सकेसम्म सुगम स्थानमा बसेर जागीर टिकाउने प्रवृत्ति डाक्टरहरूमा देखिएको छ । अस्पतालमा ५९ मध्ये हाल ३२ जना कर्मचारी मात्रै कार्यरत छन् । भौगोलिक विकटताका हिसाबले रामपुर अझै पनि सुविधा सम्पन्न शहरका रुपमा स्थापित हुन सकेकोे छैन । माथिल्लो तहका डाक्टरले ग्रामीण भेगमा बसेर जनतालाई सेवा दिन चाहँदैनन् । अस्पतालमा दरबन्दी भए पनि सुविधा उपभोग गर्न नपाएको विरामीहरूको गुनासो रहेको छ । अस्पतालमा भिडियो एक्सरे मेशिन प्रयोग गर्ने विशेषज्ञ नहुँदा बिरामी निजी मेडिकलमा पुगेर महङ्गो शुल्कमा सेवा लिन बाध्य छन् । जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा विशेषज्ञ डाक्टरकै अभावमा आएका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनता सेवा लिन अस्पतालमा नै पुग्नु पर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनु पर्ने बाध्यता पूर्वी पाल्पावासीमा रहेको छ । दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवा लिन उनीहरु जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडौँ लगायतका विभिन्न अस्पताल पुगिरहेका छन् । आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् । शहरी क्षेत्रको सेवा सुविधासँग तुलना गर्दै यहाँ आएका डाक्टर एक–दुई महिनापछि अन्यत्र जाने गरेको अस्पतालको भनाई रहेको छ । यहाँ स्थानीय स्तरकै डाक्टर नहुँदा पनि अस्पतालमा नियमित विशेषज्ञ डाक्टर टिक्न नसकेको धेरैको ठम्याइ छ । कोही अध्ययन बिदा देखाएर, कोही भौगोलिक विकटताको बहाना गरेर त कोही शहरी क्षेत्रका अस्पतालमा कार्यरत डाक्टरको सेवा सुविधासँग तुलना गर्दै अन्यत्र जाने गरेका छन् ।अस्पतालमा दिनहुँ बिरामीको चाप बद्दै जाँदा दैनिक दुई सय पचास जना जति बिरामी उपचारका लागि आउने गरेका छन् । बीमाका कारण पनि दिनहुँ बिरामी सङ्ख्या बढ्ने तथा स्थानीय निकायले अस्पतालको सेवा प्रवाहमा चासो नदिँदा पनि अस्पतालमा नियमित डाक्टर नबस्दाँ समस्या उत्पन्न भएको छ । डाक्टरहरू साँझ बिहान निजी मेडिकलमा सेवा दिन पाउने गरी आफूलाई पायक पर्ने स्थानमा सरुवा हुने प्रवृत्ति पनि समस्याको कारण रहेको सरोकारवाला बताउँछन् । हाल पन्ध्र शय्याको क्षमतामा सञ्चालित यस अस्पतालबाट घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शय्याको सुविधा सम्पन्न भवन बनाउने काम धमाधम भइरहेको छ । अस्पताल स्तरोन्नति भइरहेकै अवस्थामा पनि दरबन्दी अनुसारका डाक्टर नबसेका कारण भोलिका दिनमा पनि यहाँ नियमित रुपमा विशेषज्ञ डाक्टर बस्छन् र सेवा दिन्छन् भन्ने कुरामा आमनागरिक ढुक्क बन्न नसकेको स्थानियको गुनासो रहेको छ । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई सेवा दिँदै आएको यस अस्पताल २०६७ सालमा पन्ध्र शय्यामा स्तरोन्नति भएको थियो । विसं २०७० मा पचास श्ययामा स्तरोन्नति गर्ने घोषणा गरिए पनि अहिलेसम्म पनि पन्ध्र शय्या मै सीमित रहेको छ । नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सञ्चालन हुने दाबी अस्पतालले गरेको छ ।रासस
ज्योति विकास बैंक र स्टार हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ । यस सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट सिओओडा सन्देश जि.सिले गरेका छन् । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने भएको छ ।