नेपाल मेडीसिटीमा थाइरोइड समस्या व्यवस्थापन वर्कसपको उद्घाटन
काठमाडौं। शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने वर्कसपको उद्घाटन भएको छ ।प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि उपचार पाउनसके थाइरोइड व्यवस्थापन सहज बन्न सक्ने धारणा राखेका छन्। पहिलोपटक प्रमुख अतिथि बन्न स्विकार गरेको बताउदै गिरीले थाइरोइड विशेषज्ञहरुबाट प्रभावित भएको बताए। सिग्मन फ्रडको साइकोलोजी फर एभरी डे अफ लाइफबाट साभार गर्दै वहाँले हरेक चिकित्सकले सहि परामर्श दिदै बिरामीलाई भयबाट टाढा राख्नुपर्ने बताए। देशभर तथा भारतबाट समेत गरि ४० सहभागी रहेको कार्यक्रम नेपाल मेडीसिटीको आयोजनामा भएको हो भने, पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल “डिन” को समेत सहयोग रहेको छ । नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ शत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा रहेको बताए। ४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्का केन्द्रित रहेको छ । त्यस्तै शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल हुनेछ । कार्यक्रमको समापन अघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीप्स्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन गरिनेछ । देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हासील गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्। उनले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। शनिबार सम्पन्न हुने कार्यक्रमले विभिन्न स्थानमा छरीएर रहेका चिकित्सकहरु मार्फत थाइरोइडको उपचार अझ उन्नत हुने अपेक्षा आयोजकको रहेको छ ।
धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन
काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो । अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब रु १२ करोड खर्च भएको छ । अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ । निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिए। सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाइएको बताए। सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिए। मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताए। ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उनले बताए। काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गरेका छन्। सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उनले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयले प्राधिकरणको विद्युत्गृहका रुपमा परिचित पनौतीमा रहेको विद्युत् केन्द्रलाई संरक्षण गर्दै अध्ययन केन्द्र बनाउन यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाका विषयमा अध्ययन गर्ने विद्यार्थीका लागिसमेत परियोजना महत्वपूर्ण अध्ययन सामग्री भएको बताए। उनले विश्वविद्यालय र अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा प्राधिकरणको प्रसारण प्रणालीमा समेत जोड्ने भन्ने कार्ययोजनाले विद्यार्थीलाई थप अध्ययन सामग्री बन्ने स्पष्ट पारेका छन्। केन्द्रले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सौर्य प्रणालीको जडानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै नवलपरासीमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि पनि केन्द्रले सहयोग उपलब्ध गराएको छ । रासस
‘भारतले मापदण्ड पुरा नभएको औषधी निर्यात गरिरहेको छ’, उपचार गराउँदा झनै राेगी बन्दै नेपाली
काठमाडौं। भारतबाट निर्यात हुने अाैषधिहरु मापदण्ड पूरा नहुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ । डब्लुएचअाेले केही दिनअघि प्रकाशित गरेकाे तथ्याङ्कका अनुसार भारत सबैभन्दा धेरै गुणस्तरहीन अाैषधि निर्यात गर्ने देश रहेकाे समेत उल्लेख गरेकाे छ । रिपाेर्टले भनेको छ, भारत विश्वकै सबैभन्दा ठूलाे अाैषधि निर्यातकर्ता हाे तर उसले निर्यात गर्ने कम्तिमा १० प्रतिशत अाैषधिले न्यूनतम अन्तराष्ट्रिय मापदण्ड समेत पूरा गरेकाे हुँदैन । त्यस्ताे अाैषधिहररु कति नक्कली हुन्छन् भने कतिकाे म्याद सिद्धिएको, बिग्रिएको, अावश्यकताभन्दा बढी वा कम मात्रा भएकाे र नक्कली प्याकेजिङ र लेबलिङ गरिएकाे समेत भएको पाइएकाे छ । विशेषगरी एन्टिबायोटिक्स, गर्भनिराेधक अाैषधि, खाेकी र दुखार्इसम्बन्धी अाैषधिमा अत्यधिक मात्रामा त्यस्ताे कैफियत भेटिएकाे समेत डब्लुएचअाेले जनाएकाे छ । त्यस्ता अाैषाधिहरु विशेषगरी मध्यम र कम अाय भएका मुलुकहरुमा निर्यात गर्छ । भारतले निर्यात गर्ने यस्ता नक्कलीहरुकाे औषधीको बजार हिस्सेदारी एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरुमा बढी पठाइने गरेकाे समेत रिपाेर्टमा उल्लेख छ । यी क्षाेत्रहरुमा भारतले कुल निर्यातकाे ३० प्रतिशत अाैषधि पठाउँछ। नक्कली र मापदण्ड पुरा नभएका भएका औषधिहरु कमजोर सरकार,कमजोर टेक्नोलोजीको र गुणस्तरीय औषधिको बारेमा अनविज्ञताका कारण अल्पविकसित र विकासाेन्मुख राष्ट्रहरूमा विक्री गर्न सजिलाे हुने भएकाेले त्यस्ताे देशमा पठाइने दाबी समेत गरेकाे छ । खोकीको लागि प्रयोग हुने भारतले पठाएकाे सिरप नामक अाैषधि खाएर पाराग्वे र पाकिस्तानमा हजाराैं मानिस बिरामी भएको तथ्य समेत रिपोर्टले प्रस्तुत गरेको छ। अनुसन्धान पछि उक्त सिरपमा प्रयोग भएको डक्स्रोम्रोथोरफन भारतबाट आयात भएको भनेर पत्ता लागेको थियो। त्यस्ताे अाैषधिमा प्रयाेग भएकाे मार्फिन अावश्यकताभन्दा पाँच गुणा बढी थियाे । अाैषधिकाे ढुवानी र भण्डारणका सन्दर्भमा समेत डब्लुएचअाेले भारतकाे रवैयामा असहमति जनाएकाे छ । अाैषधि अायात तथा निर्यात गर्दा समेत त्यसमा उपयुक्त प्रकाश र तापक्रम मिलाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताएकाे छ । त्यस्ता औषधीभण्डारण गर्ने डिलरहरु न त कानूनी रुपमा अनुमतिप्राप्त हुन्छन्, न त गुणस्तरीय । र, यसलाई रोक्न कुनै प्रकारको कानुन पनि छैन। उपचार गर्दा झन् राेगी बन्दै नेपाल नेपालले बार्षिक रुपमा बीसाैं अर्बकाे अाैषधि अायात गर्दै अाएकाे छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकाे तथ्याङ्क अनुसार चालु अार्थिक वर्षकाे पहिलाे चाैमासमा कुल १० अर्ब २८ कराेडकाे अाैषधि अायात गरेकाे छ, याे हिस्सा गत अार्थिक वर्षकाे साेही समयभन्दा १४ प्रतिशत बढी हो । अघिल्लाे अार्थिक वर्षमा कुल २७ अर्ब २८ कराेड बराबरकाे अाैषधि अायात भएकाे थियाे । नेपालमा अायात हुने अाैषधिकाे अधिकांश हिस्सा भारतकाे रहने गरेकाे छ । मध्य अाय भएकाे गरिब राष्ट्रमा पर्ने नेपाल विश्व स्वास्थ्य संगठनकाे रिपाेर्टअनुसार गुणस्तरहीन अाैषधि निर्यात हुने प्रमुख देशहरुमध्ये एक हो । अझ सामरिक रुपमा नजिक रहेकाे नेपालमा यस्ताे सम्भावना अत्यन्त बढी छ । नक्कली अाैषधिकाे प्रयाेगले तत्काल राेग निको हुने भए पनि दीर्घकालमा यसले ठूला र जटिल राेगकाे कारक बन्ने गरेकाे विज्ञहरु बताउँछन् ।