कोरोना अपडेट: विश्वभर १४ हजार ७ सयको मृत्यु, २ लाख २६ हजार संक्रमित

काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म १४ हजार ७ सय ४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । २ लाख २६ हजार ३ सय १२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् । हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण ५ हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १ सय ३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ७ हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६ सय ८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६ सय ८५ जना सङक्रमित रहेका छन् । सात हजार ९ सय १३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७ सय ७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७ सय ६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५ सय ७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४ सय ५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १ सय ७८ उपचारपछि निको भएर घर फर्किएका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६ सय ७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २ सय ९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ११ व्यक्तिको मृत्यु भएको छ । ८ हजार ९ सय ६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार ३ हजार १ सय ६६ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । ७ हजार ७ सय २४ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३१ जना भने उपचारपछि घर फर्किएका छन् । बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २ सय ८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६ सय ८३ सङ्क्रमित भएका छन् । यसैबीच १ सय ३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २ सय ४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । ३ हजार ६ सय १९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४ सय १ सङ्क्रमित भएका छन् । यसैबीच ३ सय ४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट ७ व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । रासस/एएफपी

‘क्यू आर ६५२’ नम्बरको फ्लाइटका २ सय ५ जना यात्रुलाई काेराेना परीक्षण गर्ने कि ?

काठमाडौं । चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अहिले झन ठूलाे त्रास फैलिएकाे छ । नेपालमा अहले सम्म एक जनामा पनि काेराेना देखिएन भन्ने हल्ला चलिरहेका बेला उनमा काेराेना पाेजेटिभ देखिएपछि त्रसित बनेका हुन् । अहिले मानिसहरू त्याे घटनालाइ लिएर विभिन्न किसिमका टिकाटिप्पणी गर्न थालेका छन् । कतिले उनकाे घरपरिवारलाई पनि चेकजाँच गर्न  भनिरहेका छन् भने कतिपय त उनीसँगै हवाइमा आएका सबैलाई चेकजाँच गर्नु पर्ने आवाज उठाइरहेको छन् । सोमबार कतार एयरवेजबाट नेपाल आएकी ती विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएका अन्य यात्रुले पनि परीक्षण गनुपर्ने धारणा नागरिकले मात्र हाेइनन् विज्ञहरूले पनि  राखेका छन् । अहिले मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी ती युवतीमा संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको जनाइएकाे छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलाेचन पाैड्यालका उनुसार उनी कतारको दोहाबाट क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले ती सबैकाे काेराेना परीक्षण गर्नु पर्ने बताए । यसका लागि सरकारले गृहकार्य थालेकाे उनकाे भनाइ छ । उनले साे फ्लाइटमा आएका सबैले सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे । तर,उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । अहिले विभिन्न ठाउँबाट ती २ सय ५ जना यात्रुहरुलाई सम्पर्कमा ल्याई क्वारेन्टाइनमा राख्नु पर्ने आवाज उठिरहेको हो । उनीहरूलाई  क्वारेन्टाइनमा राखी काेराेना परीक्षण गर्नु पर्ने धारणा अहिल सर्वत्र छ ।

क्वारेन्टाइनमा राखिएका ५ सय जना पर्खाल नाघेर भागेपछि…

काठमाडाैं ।नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् । दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८ सय जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो। धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा रहेका छन् । सबै जसो युवाहरु फरार भएका छन् । अहिले क्वारेन्टाइनमा महिला, बालबालिकालगायत वृद्धबृद्दा छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।