कुनै लक्षण नदेखाएको डाक्टरबाट एक महिलामा कोरोना संक्रमण
काठमाडौं । चीनमा कोरोना लागेर पनि कुनै लक्षण नदेखाएको एक व्यक्तिबाट एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चीनको हेनान प्रदेशको एक महिलामा कुनै लक्षण नदेखाएको व्यक्तिबाट कोरोना संक्रमण भएको पुष्टि भएका हो । एक लाईब्ररीमा सरसफाईको काम गर्न ५९ वर्षिय उक्त महिला उनले मार्च २१ मा एक अस्पतालमा कार्यरत उनको साथीसँग बसेर खाना खाएपछि गत मंगलबार उनमा कोरोनाको लक्षण देखिएको थियो । स्वास्थ्यकर्मीहरु शारिरक स्वास्थ्य जाँच्ने क्रममा डाक्टर जाङलाई कोरोना भएको पुष्टि भएको थियो । यद्यापी उनले कोरोनाके कनै लक्षण नदेखाएको चीनको अनलाईन पत्रिका ग्लोबल टाईम्सले जनाएको छ । यस्तै डाक्टरको सहकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरुले अर्का एक सहकर्मीसँग बसेर खाना खाएका थिए । तेस्रो सहकमी कोरोनाको उच्च जोखिम भएको अवस्थामा वुहान गएको ग्लोबल टाईम्सले उल्लेख गरेकाे छ ।
कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार
जेनेभा । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३ जनाको मृत्यु भएको छ । केही दिनयता यहाँ ज्यान गुमाउनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिएको छ । इटालीमा हालसम्म ९२ हजारभन्दा बढी नागरिकमा कोभिड–१९ को संक्रमण देखिइसकेको छ । त्यसैगरी स्पेनमा ज्यान गुमाउने नागरिकको संख्या ५ हजार ९ सय ८२ जना पुगेको छ । स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछिको दोस्रो हो । यता संयुक्तराज्य अमेरिकामा विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख २३ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार २ सय २९ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ भने त्यहाँ ८१ हजार ४ सय ३९ जना सङ्क्रमित रहेका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण २ हजार ५ सय १७ जनाको मृत्यु भएको छ । हाल ३५ हजार ४ सय ८ जना सङ्क्रमित रहेका छन् । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ४ सय ५५ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ५८ हजार भन्दा बढी मानिस सङक्रमित रहेका छन् । फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ३१४ जनाको मृत्यु भएको छ । बेलायतमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार १९ जनाको ज्यान गएको छ । यहाँका १७ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । युरोपेली अन्य मुलुकहरुमा पनि कोरोनाभाइरसको संक्रमण बढ्दै जानुका साथै मृतकको संख्या पनि बढेको छ । आवतजावत र अत्यावश्यक बाहेक अरु बेला नागरिकलाई घरबाहिर निस्कन हतोत्साहित गरेको भए पनि भूसको आगोजसरी कोरोना भाइरसले युरोपेली मुलुकहरुलाई आक्रान्त बनाएको छ । कोरोनाभाइरस सङ्क्रमणका कारण नेदरल्यान्ड्समा ६ सय ३९, बेल्जियममा ४ सय ३१, स्वीट्जरल्यान्डमा २ सय ६४, टर्कीमा १ सय ८, स्वीडेनमा १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमणका कारण १ सय ५२ जनाको मृत्यु भएको छ । यसैगरी यस सङ्क्रमणबाट अष्ट्रिया, नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी
आवश्यक चिकित्सा सामाग्री नेपाल आइपुग्यो, देशैभर वितरण गरिने
काठमाडौं । ज्याक मा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ । नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रीसीट लिएको छ र देशभर वितरण गर्नेछ । यो वितरण ज्याक मा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन् । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा भा लिए जसमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो । यस पहलको समर्थन गर्न चीनकी राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थित थियो । ‘हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत र्पुयाउँछ। हामी विश्व समुदायलाई सहयोग र्पुयाउन सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं।’- ज्याकमा फाउन्डेसन यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याक मा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन्। साथै, अधिक पहल र दानहरू आउँदो दिन र हप्ताहरूमा घोषणा हुन सक्नेछन्।