चीनका कोरोना विज्ञ डाक्टर भन्छन्ः उच्च रक्तचाप भएकालाई मृत्युको जोखिम बढी हुन्छ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का विज्ञ डाक्टरहरुले उच्च रक्तचाप भएका मानिसलाई मृत्युको बढी जाखिम हुने बताएका छन् । चीनको वुहानमा कोरोनाको उपचारमा संलग्न डाक्टरहरुले कोरोना संक्रमित उच्च रक्तचाप हुने मानिसलाई मृत्युुकोजोखिम बढी हुने चीनियाँ सञ्चार माध्यमले जनाएका छन् । उनले उच्च रक्तचाप भएकाहरु बढी सोच्ने र तनाव लिने भएकोले पनि मृत्युको जोखिम बढ्ने बताएका छन् । चीनको वुहान प्रान्त स्थित युनियन मेडिकल कलेज अस्पतालका निर्देशक डु बिनले सो कूरा बताएका हुन् । उनले कोरोनाको जोखिम बढी वृद्धवृद्धा र उच्च रक्तचाप भएकाहरुलाई हुने भएकोले उनीहरुलाई बढी हेरचाह गर्ने गरेका बताएका छन् । ।

WHO भन्छः फेस माक्स प्रयोग नगर्नुस्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई रोक्नको लागि फेस मास्क प्रयोग उचित नभएको बताएको छ । संगठनले फेस माक्सले अन्य माक्स जस्तै काम नगर्ने हुनाले त्यो प्रयोग गर्नु उचित नभएको बताएको हो । डब्ल्यूएचओका स्वास्थ्य आपतकालिन कार्यकारी निर्देशक माइक रायनले फेस माक्स प्रयोग गर्नुुको कुनै फाइदा नभएको बताएका छन् । उनले फेस माक्सले मान्छेलाई फाइदा गरेको कूनै प्रमाण तथा उदाहरण नभएको बताएका हुन् । उनले उल्टै त्यो माक्स बढी दुरुपयोग भएको उनको भनाइ छ । संयुक्त राज्य अमेरिका रोग नियन्त्रण र रोकथाम केन्द्रहरूले त्यो माक्सले हावाबाट आउने साना कणहरू फिल्टर गर्न नसक्ने बताएका छन् । संक्रमित व्यक्तिले नजिकै हाच्छ्यु वा खोक्यो भने त्यसले सहयोग नगर्ने उनीहरुको तर्क छ ।

पाटन र वीर अस्पतालमा मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । पाटन र वीर अस्पतालमा हिजो मृत्यु भएका एक पुरुष र महिलाकाे कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । आईतबार पाटनमा एक पुरुष र वीरमा एक पुरुष र महिलाको मृत्यु भएको थियो । वीरको पुरुषको भने नतिजा आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ । उनीहरुलाई कोरोना लागेको शंकाको आधारमा उनीहरुको नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । पाटन अस्पतालका निर्देशक प्राडा विष्णु शर्माले पाटनमा मृत्यु भएको पुरुषको नतिजा नेगेटिभ आएको बताए । उनको मृत्यु मल्टी अर्गान फेलरको कारणले भएको उनले जानकारी दिए ।