अक्सिजन खरिदका लागि महाकाली अस्पताललाई साढे चार लाख सहयोग
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक समारोहबीच उक्त सहयोग रकम अस्पताललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसित आर्थिक अभाव रहेको खबरले सो सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए । अस्पतालका प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति नगरपालिकालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताएका छन् । यसअघि भीमदत्त नगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई समेत ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो । रासस
महासचिवमा हामी जित्दैछौं: डा. दिपेन्द्र पाण्डे
काठमाडौं। नेपाल चिकित्सक संघको चुनावमा महासचिवमा स्वतन्त्र रुपमा उभिएका डा. दिपेन्द्र पाण्डेले आफुहरुले जित्ने पक्का बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा आफ्नो ऐजेण्डाहरु प्रस्तुत गर्दै डा. दिपेन्द्र पाण्डेले उक्त कुरा बताएका हुन् । डा. पाण्डेले नेपाल चिकित्सक संघको आगामी माघमा हुन लागेको चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । डा. पाण्डे १० वर्ष देखि मेडिकल एक्टिभिस्टको रुपमा चिकित्सकहरुको हक अधिकारको लागि लड्दै आएका छन् । यस्तै उनी ३ वर्ष यता सरकारी चिकित्सक संघको नेतृत्व गर्दौ आएका छन् । उनी भन्छन्, ‘सरकारी र गैर सरकारी भन्नुपर्दा नि समग्रमा सबै चिकित्सकको ऐजेण्डालाई समग्रमा लिएर बढ्ने हो भने समस्याहरुको सुनुवाई र हल हने मैले बुझेको छु । ‘ डा. पाण्डेले उठाएका एजेण्डाहरु
सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् । यसम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।