पिट्सबर्ग विश्वविद्यालयलको दाबि : सफल परिक्षण भयो कोराना विरुदको खोप

काठमाडौं । अमेरिकाको पेनसेलभेनिया राज्यको पिट्सबर्ग विश्वविद्यालयले कोरोना भाइरस विरुदको खोप परीक्षणमा सफल भएको जनाएको छ । यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले खोप सफल परिक्षण भएको बताएका हुन । पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने रिपोर्टमा प्रस्तुत गरेका छ । पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरहरुमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन ।  विश्वविद्यालयले आफ्नो शोधपत्रमा खोपको सफल परिक्षण भएको सार्वजनिक गरेका छन् । मिडभिल ट्रीबुन डटकमको सहयोगमा

सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने

काठमाडौं । भारतीय सीमामा रहेका नेपालीले तत्काल नेपाल आउन नपाउने भएका छन् ।काेराेना भाइरस (काेभिड १९)  सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले साे निर्णय गरेकाे हाे । अब  उनीहरूले १४ दिन भारतमै क्वारेन्टाइनमा बसिसकेपछि मात्र नेपाल आउनु पर्ने भएकाे छ । नेपाल आउनका लागि भारतकाे धार्चुला, रुपैडिहा गाैरिफन्टालगायतका नाकामा अलपत्र रहेका नेपालीलाई सरकारले १४ दिन भारतमा नै क्वारेन्टाइनमा बसिसकेपछि मात्र स्वदेश भित्रिने दिने बताइएको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ र  सञ्चार तथा सूचना प्रविधि मन्त्री डा . युवराज खतिवडाले तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको बताए । ‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं,  १४ दिन क्वारेन्टाइन्मा बसेपछि मात्र नेपाल आउन दिनेछाैं,’ उनले भने ।

विभिन्न बहानामा उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ: मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताए । उनले एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको उल्लेख गरे । “ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु”, पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ । उनले देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीले निर्वाह गर्नुभएको भूमिका अन्त्यन्तै प्रशंसनीय र उदाहरणीय रहेको भन्दै जोखिमका बाबजुत पनि सङ्क्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गरेका छन् । “यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाले मानवीय मूल्य र मान्यताविपरीत विशेष प्रकृतिका बिरामीबाहेकको अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिइ फर्काइएको र उनीहरुले उपचार नै नपाइ तड्पिनु परेको भन्ने हृदयविदारक खबरले अत्यन्तै दुःखी तुल्याएको छ, ती अस्पतालका संवेदनाहीन, मानवता विरोधी तथा २१औँ शताब्दीको मानव समाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गरेका हुन् । उनले त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दै आफ्ना सेवालाई विगतमा जस्तै निरन्तरता दिनसमेत आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्रका अस्पतालको छानविन गर्ने र दोषी देखिए कारवाही गरिनेसमेत जानकारी गराउँन सो सन्देशमा आग्रह गरेका छन् । अस्पताललाई केवल नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्नु जरुरी रहेको सन्देशमा उल्लेख छ । “यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक छ”, मुख्यमन्त्री पौडेलले भने । रासस